Posted by: KishorLimbu October 1, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     2       ?         Liked by

@पोलिनादिदी, तपाई ले मकालेकान्छा को धागो मा गर्नु भएको प्रितिक्रिया पढे पछि थाहा  भयो माओबादीको  बन्दुक भन्दा  तपाइको कलमको धरै शक्तिशालि छ भनेर  |  १ गोलीले,१ पटकमा १ जनालाई मात्र लाग्छ तर  पोलिनादिदीको प्रहारले एकै चोटी सयौ जनालाई लागिरहेको छ |  आतंकबादी र देशद्रोहीहरुको हात बाट देशलाई बचौना खबरदारी गरिरहनु होला |

@Tmobile जी,  हचुवा को भरमा १०,००० मधेसीहरु लाई नेपाली सेनाको मापदण्ड नुपुर्याई  भर्ना गर्नु हुन्न भन्ने मेरो आसय हो जुन कुरामा तपाई पनि सहमत हुनु भयो, धेरै राम्रो | मैले समग्र नेपाली सेना को बारेमा लेखेको भएपनि तपाइले मलाई जातियता मा ल्याएर मुछ्नु भयो | खैर केहि छैन ! " nalapani" जी ले उल्लेख गरिसक्नु भएको छ कि सुरुवातमा क्षत्रि र ठकुरी बाहेक मगर,गुरुङ राई र लिम्बु हरुलाई "martial  Race " भनेर बर्गिकरण गरिएको थियो र ति समुदाय का हरुलाई मात्रै बिर्तिश गोर्खा आर्मी मा लियिन्थियो - बफादारिता, निडरता र बीरता लाई  नै उनीहरुलाई पर्थ्मिकता दिएको हुनुपर्छ | सुरुवात मा क्षत्रिहरुको ठुलो संख्या भएपनि उनीहरुको सहभागिता लाई कम गरियो | त्यसको दुइ कारण हरु छन् (१) क्षत्रि हरुले  गाई को मासु नखाने भएको हुनाले  (2) सम्भावित बिद्रोह मगर,गुरुङ राई र लिम्बु हरु बाट हुन सक्ने भएको ले त्यसबाट रोक्न लाई पनि ति समुदाय हरु लाई ब्रिटिश गोर्खा मा पठाएका हुन् | अहिले सबै जात का युवा हरु भर्ना हुन् पाउछन् तर २५० जनाको लागि बर्सेनि हजारौ युवा हरुले प्रतिस्पर्धा गर्ने भएको हुनाले मगर,गुरुङ राई र लिम्बु समुदाय का युवा हरुले पडन  छोडेर  कोहि " YCL" बनेका छन् त कोहि अरब मलेशिया तिर लागेका छन् | वास्तविकता लाई केलाउने हो भने थोरै ब्रिटिश आर्मी को विकल्पका लागि हामीले धेरै गुमाई रहेका छौ |

@"nalapani" जी, मैले दिनु पर्ने धेरै प्रतिउत्तर तपाई ले दिनु भयो, तपाइलाई  मुरी-मुरी  धन्यवाद ! अर्को कुरो इन्डियन गोर्खा आर्मी मा नै पनि त मधेशी मुलका हरुलाई भर्ना लिदैनन  | मधेसी हरुको  इच्छा नभएर हो कि  विश्वसनीयता नभएर पो हो कि ?  तपाइले भने जस्तै नेपाली सेना मा योग्यता पुरा गरेका र आफ्नो स्वेछा मा भर्ना लियिनु पर्छ तर  माओबादी र मधेशी मोर्चाको  कार्यकर्ता हरु भर्ति गर्ने अखडा बनाउनु हुदैन  र नेपाली सेना को निस्पक्ष छबि धमिल्यौनु हुदैन |
Read Full Discussion Thread for this article