Posted by: Geology Tiger September 30, 2011
बाबुरम आतंकवादी को प्रोग्राम ओर्गनैज गर्ने अतन्क्वादी हरु को थिए ? कृपया पत्त लगै दिनु होला ।
Login in to Rate this Post:     0       ?        
पौलिना दिदी,

अरुले चाँही माओवादी भए पनि नभए पनि जे होस् नेपालको प्रधानमन्त्री हो किन अमेरिका आएकै बेला पारेर किन बाबुराम भट्टराईलाई कालो झन्डा देखाउनु? बरु यसलाई त नेपालमा नै नेपाली जनताको विश्वास लिएर उखेल्नुपर्छ, हेगमा उभ्याउनु पर्छ भन्दैमा त्यो आतंककारीको समर्थक हुने तर तपाईंले चाँही This is absolutely true, King was far more Nepali than any other leaders who have had or have. These people are fighting for their chairs by selling their own mother land. King G just left with pride and dignity and with a smile भन्दा पनि तपाईं निष्पक्ष हुने, यो कस्तो अचम्म! तपाइलाई बिर्सनुभयो सत्ता छोड्नु अगाडि ज्ञानेन्द्रले कति तिकडम अपनाएका थिए । तपाईं एउटा सच्चा राष्ट्रभक्त हुनुहुन्छ भने यो ज्ञानेन्द्रको मिठो मुस्कानको जालो आफ्नो आँखाबाट हटाइहल्नुस्, मिठो मुस्कानभित्र के कति पूरा हुननसकेका षड्यन्त्रहरु लुकेका थिए वा थिएनन् भन्ने कुरा तपाईंलाई के थाहा मलाई के थाहा? तपाईं आँफैले भन्नु भएको होइन 'The truth is Not for all. It's only for those who seek it' त्यसो भए के तपाईंले उनको मुस्कान पछाडि नियतको बारेमा व्यापक अनुसन्धान गर्नुभएको थियो । हैन भने ठोकुवा कसरी गर्न सक्नुहुन्छ । माओवादीले धेरै निर्दोष नेपालीको रगत बगाएका छन् भन्ने कुरा तपाईंले भने जस्तै truth नै हो । तर जनतालाई ठग्ने कुरा र भारतको पाउ मल्ने कुरामा कोही भन्दा कोही कम छैन सबै उस्तै हुन् । अब तपाईंले गरेको तर्कलाई अहिले भर्खरै truth भन्ने अवस्था आइसकेको छैन । बिहानतिर एउटा लाठ साबले आफ्नो भनाइ अनुकुल बनाउन आँफैले घुसाएको जर्ज बर्नड शाको अभिव्यक्तिले आँफैलाई उल्टो असर गरेपछि बचाउ गर्दै भनेका थिए 'त्यो त तिनिहरुको कामले नै हो कि होइन भन्ने प्रमाणित गर्छ' । हो त्यसैले भट्टराईले देश बेच्यो भन्ने कुरालाई truth मा परिणत गर्न तपाईंले पनि केही दिन कुर्नै पर्छ । कि तपाईंले जे बोल्यो त्यो नै truth हो?

तपाइ मलाई आतंककारीको समर्थन गर्‍यो अवश्य नै गाली गर्नुहुनेछ भन्ने कुरामा मलाई अलिकति पनि शंका छैन तर मैले न भट्टराईसँग देश बनाउने सामर्थ्य देखेको छु न त दृढ इच्छाशक्ति । कोही कोहीलाई त लाग्छ देश र जनताको हित चिताउनेले कुनै न कुनै राजनैतिक दलको भाडाको टट्टु बन्नुपर्छ, अनि मात्र स्पष्ट दिशानिर्देश भएको व्यक्तिमा ठहरिन्छ अनि मात्र देश र जनताको लागि केही गरेको ठहरिन्छ । तर सबैले ति ब्वाँसाहरुको स्तुतिगान गरिरहनुपर्छ भन्ने केही छैन । मैले देखेको देश बनाउने एक मात्र उपाय भनेको यी ब्वाँसाहरुबाट नेपाली जनताको उन्मुक्ती । त्यो तवमात्र संभव छ जव नेपाली जनता शिक्षित हुन्छ र यो हुन्छ १० बर्षमा नभए २० बर्षमा ! ल मैले माने तपाईंलाई ज्ञानबहादुर कुनै कारणबश मनपर्‍यो होला, राजाले नै देश बचाउँछन् भन्ने लाग्यो होला तर के तपाईं एउटा सँच्चा नेपाली भएर ज्ञानेले गरेको सयौं नराम्रो काम मध्ये यो चाँही ज्ञानेले देशको अहित गर्ने काम गर्‍यो भन्न सक्नुहुन्छ? हैन देशभक्तिको दुहाइ दिने मान्छेले किन एउटा पार्टी, मान्छे वा समुहसँग टाँसिन पर्‍यो भन्या? राम्रो काम जल्ले गरे पनि राम्रो भने भयो नराम्रो कामलाई नराम्रो भने भयो? आखिर परजिवी त होइन होला ।  

Read Full Discussion Thread for this article