Posted by: Deep September 28, 2011
----For Creative Writers----
Login in to Rate this Post:     9       ?         Liked by
हुन त सूर्यका किरण झै तेज, ब्यापक अनि उर्जामा रचनात्मक लेखकहरुको माझमा बत्ति लिएर आउने आँट गरे मैले -- तै पनि बाली हालेँ बत्ती अब सूर्य नमनमा यहीँ राखेर जान्छु --



धनुष झै घातक उस्का ती अधर
ताँदो चढाउँदा झैं उस्का ती नजर

हो की होईन झै बाण मुस्कान ती उस्का
निशानामा परे है मेरा यी धडकन उस्का

उठ्दै गरेका ती परेली निम्तामा हो की
उदाउँदो जुन पनि उस्कै जिम्मामा हो की

यथार्थमा धर्ती झै, भावमा अनि आकास झैं
रहरको जिन्दगीमा मेरो उ केवल क्षितिज झैं
Read Full Discussion Thread for this article