Posted by: busenitz September 28, 2011
दशै आए के गये के !!
Login in to Rate this Post:     6       ?         Liked by
 दशैं

हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

–लेखनाथ पौड्याल

दशै नमनाएको पनि ५ बर्ष भएछ। अब दशै पनि एउटा कथा जस्तो भयो। ५ बर्ष अगाडि दशै मनाउदा घरमा हजुरआमा हुनुहुन्थ्यो दिदी बहिनी सबै  थिए अब हजुरआमाले पनि संसार छोडेर जानु भयो अनी दिदी बहिनी बिहे गरेर आफ्नो घर तिर लगे। घरमा बिचरा आमाबुवा मात्र हुनुहुन्छ। आमाले हिजो फोन गर्नु भयो अनी सुक्क सुक्क गर्दै भन्नु भयो "ल बाबु यो पाली को दशैमा पनि टिका लाउन नपाईने भयो। अब कहिले आउछस दशैमा घर?" आमालाई केही भन्नै सकिन। मनमनै भने "आफुले भनेको जस्तो हुने भये त अहिले आउथे तर के गर्ने हुँदैन। अझै कतीवटा दशै छुत्ने हो केही थाहा छैन।" 


 

Read Full Discussion Thread for this article