Posted by: Geology Tiger September 27, 2011
बाबुरम आतंकवादी को प्रोग्राम ओर्गनैज गर्ने अतन्क्वादी हरु को थिए ? कृपया पत्त लगै दिनु होला ।
Login in to Rate this Post:     1       ?         Liked by

कथा नेपाली भेडाहरुको


त्यसो त नेपाल संसारकै सुन्दर मुलुक, प्राकृतिक सम्पदाले धनी, सगरमाथाको देश अनि बुद्धको जन्मभूमि !

तर माल पाएर चाल नपाए पछि कसैको केही लाग्दैन । केही मान्छे भन्नै लायकका व्यक्तिहरु पनि नजन्मेका होइनन् तर अधिकांश नेपालीहरु शरीर मान्छेको भए पनि दिमाग भेडाकै लिएर जन्मे । अनि यी भेडाहरुको बथानमा ब्वाँसाहरुले भेडाको रुप धारण गरेर निर्धक्कले भेडाहरु माथि शासन चलाए, अघाउन्जेल रगत चुसे ।

सोच्ने शैली लगभग एउटै एउटै भए पनि विभिन्न आधारहरुमा यिनीहरुलाई दुई प्रकारमा बाँड्न सकिन्छ । पहिलो प्रकारको भेडाहरुमध्ये अधिकांश दुर्गम भेगमा बस्छन् र केही ठूला भनिने शहरहरुमा पनि बस्छन् । यिनीहरु मध्ये अधिकांश अशिक्षित छन् त केही अर्धशिक्षित छन् । वास्तवमै भन्ने हो भने यिनीहरुलाई दुई छाक मिठो खान र एक सरो राम्रो लगाउन पनि सधैं धौ धौ पर्छ । यिनीहरुको बिशेष गुण के हो भने जसले जे भने पनि यिनीहरु सजिलै पत्याउछन् । त्यसैले भेडाको छाला ओढेका ब्वाँसाहरुले यिनीहरुलाई सजिलै फकाउँछन् र फसाउँछन् । ब्वाँसाहरु यी भेडाहरु माथि शासन गर्न आ-आफू मा मारामार गर्छन् र पालै पालो यिनीहरुको रगत चुस्छन्, भेडाहरु उल्टै आफ्नो रगत चुस्ने ब्वाँसाहरुको जयगान गाएर बस्छन् । एउटा ब्वाँसो श्रीपेच लगाएर 'लौ है भेडा हो म नै हुँँ तिमीहरुको उद्दार गर्ने' भन्दै निस्केछ, भेडाहरु सबै 'सरकार सरकार' भन्दै उसैको पछि लागे । अलि पर रहेका तारावाला र हसिँया हथौठावाला ब्वाँसाहरुलाई यो श्रीपेचवाला ब्वाँसो एक्लै सबै भेडाको रगत चुसिरहेको सह्य भइरहेको थिएन । त्यसैले उनिहरु मिलेर भेडाहरुलाई उक्साएछन् 'हेर यो श्रीपेचवालाले त तिमीहरुको रगत चुस्ने मात्र हो, तिमीहरुको उद्दार गर्ने त हामी मात्र हौ ।'

भेडाहरुले यिनीहरुको कुरा पनि पत्त्याए । त्यसपछि मस्ती गर्ने पालो तारावाला र हसिँयावालाहरुको आएछ । कैयौ दिन भोकै बसेका यी ब्वाँसाहरुले पेट टुनुक्क हुन्जेल भेडाहरुको रगत पिए । यता भेडाहरु पनि दिन प्रतिदिन खान नपाएर स्याप्प परे । अलि टाढा बसेर यो सबै हेरेकै र लामो समय देखि भोका रहेका अर्का थरी हसिँया र हथौडावाला ब्वाँसाहरुले ठाने 'हेर भाइ मौका यही हो, अहिले यिनीहरुलाई जे भन्यो त्यही मान्छन्' । उनीहरुले भेडाहरुलाई उक्साए 'हेत्तेरी यसरी पनि तिमीहरुको दिन आउँछ त? यसको लागि त युद्द गर्नुपर्छ ।' भेडाहरुले यो पनि पत्याए । त्यसपछि भेडाहरु एक आपासमै मारामार गर्न थाले । ब्वाँसोहरुले यो सब हेरेर रमाइलो माने । हुन त तिनीहरुले सुरुमै रगतको होली खेलिसकेका थिए तर पनि भेडाहरु आँफैले ती ब्वाँसाहरुलाई आफ्नो रगत चुस्ने अधिकार दिए पछि त झन् हाँसी हाँसी चुसे । अझै पनि ठूला ब्वाँसाहरुमा कसले भेडाहरुको रगत चुस्न पाउने भन्ने लडाईं जारी नै छ । तर यसै बिचमा अन्य विभिन्न प्रकारका छोटे ब्वाँसाहरु रंगमंचमा देखा परे । यी ब्वाँसाहरुको तरिका भने पहिलेका ब्वाँसाहरुको तुलनामा केही फरक देखियो । यिनीहरुले पुरै भेडाको बथान भन्दा पनि सा-सानो समूहलाई कब्जा गर्ने रणनिती अपनाए र सफल पनि भए । एउटा ब्वाँसोले एउटा समूहमा गएर भन्यो 'हामी त अर्कै जातका भेडाहरु हौ, हामी अरुसँग मिलेर बस्नु हुँदैन, हामीलाई छुट्टै राज्य चाहिन्छ र अरु थरी भेडाहरुलाई यहाँबाट भगाउनुपर्छ ।' भेडाहरुले 'हो हो' भन्दै हो-होला मच्चाए । एउटाले ब्वाँसोले ' ए हामी छुट्टै भाषा बोल्ने भेडाहरु हौ, हाम्रो ठाउँमा अरु भाषा बोल्ने भेडालाई किन बस्न दिने?' भनेर उक्सायो । भेडाहरु सबैले सही थापे । अनि नेपाली भेडाहरु बिच-बिचमै मारामार हुने स्थिती आयो । यो देखेर छोटे ब्वाँसाहरु दङ भए 'अब छानी छानी भेडाहरु खान पाइने भयो ।'

अर्का थरी भेडाहरु भने अलि बाठाटाठा देखिन्छन्, कोइ अलिकति धनीमानी पनि हुन्छन् । देशविदेश घुमेका र अलिकति राजनीतिको भाषा बोल्ने जान्ने पनि हुन्छन् । यिनीहरुमध्ये केही त नेपालमा पनि बसोबास गर्छन् तर धेरै विदेशको कुनाकाप्चामा पुगेका छन् । यिनीहरु आफूलाई भयंकर जान्नेसुन्ने ठान्छन् । गजबको कुरा के छ भने यिनीहरु सबैको आँखामा एउटा बिशेष प्रकारको झिलिमिली चस्मा चढेको हुन्छ, फरक फरक डिजाइन र कलरको, केही श्रीपेच भएको, केही हसिया र हथौडा भएको र केही तारैतारा भएको । त्यो चस्मा लगाए पछि ती बिभिन्न प्रकारको ब्वाँसाहरुमध्ये एक थरीलाई चाँही यिनीहरु भगवानको अवतार नै देख्छन् र पूजै गरुँला झै गर्छन् भने आफ्नो भगवान ब्वाँसा बाहेक अरु सबलाई चाँही खुंखार हत्यारा देख्छन् । अनि आफ्नो भगवानको बिषयमा केही पनि नराम्रो सुन्न चाहनन्न्, सधैं त्यसैको गुणगान गाइरहन्छन् ।

खै कहाँबाट पाउछन् अथवा ल्याउछन् तर यस्तो चस्मा नेपालमा हुनेले पनि लगाउँछन् अनि बिदेशमा बस्नेहरुले पनि । हिजो आज त यी भेडाहरुले छोटे ब्वाँसाहरुको चस्मा पनि लगाउन थालेका छन् । यी दोस्रो थरीको भेडाहरु मध्ये पनि विदेशमा गएर बस्ने भेडाहरु धेरै नै देशभक्त हुन्छन् किनकी यिनीहरु देशको बारेमा र पहिलो थरीको भेडाको बारेमा असाध्यै धेरै कुरा गर्छन् । कुरा मार्फत भयंकर चासो र चिन्ता व्यक्त गर्छन् । हरेक अनलाइनका फोरुमहरुमा देशको बारेमा चिन्ता गरिरहेका भेटिन्छन् यी भेडाहरु । नेपालको बारेमा रट लगाएर भेडा भेडा बिच गजबको नेपालीपन पनि देखाउछन्, तर आफ्नो भगवानको बिषयमा कसैले केही भन्यो कि आफू-आफूमा मारामार गर्छन् । यस्तैमा एक हूल दोस्रो थरीका भेडाहरु देशको र पहिलो थरीको भेडाहरुको बारेमा व्यापक चिन्ता गरिरहेको देखेर एक जनाले सोचेछ 'यिनीहरु त देशको लागि धेरै नै चिन्तित रहेछन् अनि उसले भनेछ 'नेपालमै गएर ती पहिलो थरिको भेडालाई सम्झाउन सके तिनीहरु हरेक ब्वाँसाहरुको गुलियो कुरा सुनेर पछि पछि दौडिदैन थिए कि?' यो सुनेर एउटा भेडा आगो भयो र करायो 'ओइ तँ किन बढी जान्ने? तैले हामीलाई अर्ती दिनलाई के तैले हामीले जे देखेका छौ त्यो देख्न सक्छस्? के तैले हामीले जस्तै चस्मा चढाएको छस् ? बड तैले हामीलाई नेपाल जाने देखिस कि क्या हो? हामी कोही पनि नेपाल जादैनौ । तर पनि हामी एकदम देशभक्त छौ, हामी नेपालमा भएका ती भेडाहरुको बारेमा हामी एकदम चिन्तित छौ किनकी हामी तिनीहरुको बारेमा खूब कुरा गर्छौ र कुरा गरिरहनेछौ ।'

जय भेडबुद्दी!  
Read Full Discussion Thread for this article