Posted by: jethobatho September 27, 2011
----For Creative Writers----
Login in to Rate this Post:     5       ?         Liked by
I got awestruck reading through the lines in this thread...couldn't stop myself let flow my feelings..please accept...

उकुसमुकुस 

यो पाली नी दशैंमा निधार खाली हुने भो
घर गाउँले सम्झेर फेरि यो मन रुने भो 
अर्को साल त हे आमै नेपाल फर्की आउछु है
भन्छु म यो जैले नी पुरा हुने कैले खै
 
सुखमय जिन्दगी साधनयुक्त जीवन
आफन्त बिनाको सुख के लाई भनु म 
जति नै भयेनी के नपुग्या जस्तो हो 
जन्मभूमी फर्कने आँट कैले आउने त्यो 
 
भनेकी थिन आमाले बिदा हुने बेलामा
अरु जस्तो हैन है फर्की येतै आउनु नी
कस्तो इन्द्रजाल हो निक्लनु नी गाह्रो भो 
अद्कियेको हाड यो ओक्लनु न निल्नु भो
 
जे सुकै होस् ए गाँठे 
त्यो एकदिन ल्याउछु म  
झितीझाम्रो बोकेर 
आफ्नै गाउँ धाउछु म 
यो बिरानो देशमा 
आफ्नो आफ्नो हुन्न याँ
एकै छाक खाएर  
स्वर्ग छुन्छु म त्याँ



Read Full Discussion Thread for this article