Posted by: Geology Tiger September 27, 2011
बाबुरम आतंकवादी को प्रोग्राम ओर्गनैज गर्ने अतन्क्वादी हरु को थिए ? कृपया पत्त लगै दिनु होला ।
Login in to Rate this Post:     0       ?        
हा हा टाइमर ब्रो तिमीले जति लेखे पनि भेडाहरुको दिमागमा यो कुरा छिर्न सक्दैन । त्यसैले धेरै दु:ख नगर मित्र ..

लाग्छ अहिले यि धागोहरुमा जवाफ फर्काउनेहरु मध्य म मात्र तिम्रो कुरा बुझ्नसक्छु अथवा म मात्र आफ्नो गल्ती मान्न तयार छु । ए बाबा आफ्नो गल्ती पनि स्विकार गरौ न हो....

एक चोटि हाम्रो विद्वान नो क्वीरे मित्रले बडो चिन्ता र चासोको साथ साझाको एउटा धागो मार्फत आफ्नो प्रश्न राखेका थिए "हैन यि माओवादीले अझै पनि किन चुनाव जितिरहेका छन्, हँ?" मेरो छोटो उत्तर थियो "मित्र यहाँ भोट हाल्न नगएर!" ए पौलिना दिदी के तपाईं साँच्चिकै माओवादीले सजाँय पाएको हेर्न चाहनुहुन्छ अथवा माओवादीको नाममा हल्लाखल्ला मच्चाएर केही फाईदा लिन चाहनुहुन्छ? यदी केही फाईदा लिन चाहनुहुन्छ भने त काइदा यही हो, साझामा लेख्यो, ब्लग लेख्यो, ईमेल लेख्यो, कालो झन्डा देखायो, गोष्ठी सोष्ठी गर्‍यो, पक्कै पनि तपाईंलाई केही न केही फाईदा हुन्छ । यदी साँच्चै माओवादीलाई सँजाय दिलाउन चाहनुहुन्छ भने बाटो लामो छ, धेरै दु:ख गर्नुपर्छ, नेपाल फर्कनुपर्छ, त्यहाँ टाइमरले के लेखेको छ एक चोटि राम्ररी पढ्नुस् । अनि के तपाईं आफ्नो गल्ति मान्न तयार हुनुहुन्छ? यत्तिकै गाली गर्न सजिलो हुन्छ दिदी तर साँच्चै नै केही गर्ने हो भने बाटो लामो छ !

अनि जसले जे जे भने पनि माओवादी देखि राजावादी कांग्रेस देखि एमालेसम्म सबै चोरै चोर हुन् कसैले आफ्नो घोषित सेना बनाएर देश र जनतालाई लुटे कसैले नेता र गुण्डा लगाएर लुटे । हत्यारा सबै नै छन् लुटेरा सबै नै हुन् । त्यसैले एउटाको विकल्प अर्को हुनसक्दैन । म त अब आउने २० बर्षसम्म पनि नेपालको भविष्य देख्दिन । अनि पौलिना दिदी जस्ता मान्छेहरु साझामै हल्ला गरेर बस्ने हो भने त अझ ५० बर्ष सम्म पनि यस्तै रहन बेर छैन । बिरबलले खिचडीमा लगाएको आगो जस्तो लगाएर त कहिले केही पनि पाक्दैन । अगेनामै गएर मुढा झोस्नुनस् न केही हुन्छ कि त? बरु नाजले नै केही गर्छ कि आफ्नो लिबर्टरिअन पार्टीमार्फत... 
Read Full Discussion Thread for this article