Posted by: Jangali Maanab September 11, 2011
Some Sexy News ! ! ! पढ्ने होइन त ?
Login in to Rate this Post:     0       ?        
 
कण्डम लगाएर सम्भोग गर्दा पर्याप्त यौन सन्तुष्टि नपाएको गुनासो धेरैले गर्छन् ।


यद्यपि यौन सन्तुष्टि भरपूर दिने भन्दै धेरै ब्राण्डका कण्डम नआएका होइनन् तरपनि साधन प्रयोग नगरी गरेको यौनसम्पर्क जस्तो सन्तुष्टि कहाँ हुन्थ्यो र ? तर के गर्नु यौन सन्तुष्टि नपाउादा नपाउादै पनि सुरक्षाको दृष्टिकोणले कण्डमको प्रयोग गर्न धेरै यौनजोडि बाध्य छन् ।

यदि यौन सुरक्षा पनि हुने र सन्तुष्टि पनि दिने खालको कण्डम भए कति राम्रो हुन्थ्यो होला भन्ने चाहना सायद धेरैको छ । त्यहीँ चाहनालाई पूरा गर्न सन्तुष्टि र सुरक्षा दुबै प्रदान गर्ने कण्डमको विकाश गरिएको छ ।

बेलायतको एक कम्पनीले भरपूर यौन सन्तुष्टि , आनन्द तथा सुरक्षा प्रदान गर्ने कण्डमको विकाश गरेको छ । उक्त उपयोगी भियाग्रा कण्डमले यौन सन्तुष्टि प्रदान गर्ने मात्र होइन पुरुषको यौन क्षमतामा पनि वृद्धि गर्ने र लामो समयसम्म पुरुषको लिंगलाई उत्तेजित गराइराख्ने बताइएको छ । सी एस डी ५०० नाम दिइएको उक्त भियग्रा कण्डम अबको एक वर्षभित्र बजारमा ल्याइने कम्पनीले जनाएको छ ।

कण्डमभित्र यस्तो प्रकारको जेल राखिएको छ जसले लिंगका रक्तनलीहरुमा प्रभाव पारी लिंगलाई लामो समयसम्म दह्रो र उत्तेजित पार्न सघाउ पुराउँछ । साथै यो कण्डममा हुने जेलले लिंगमुण्डलाई उत्तेजित बनाएर चरमोत्कर्षमा पुग्न मद्धत गर्ने बताइएको छ  ।

हेरौँ यो भियग्रा कण्डमले बजारमा कस्तो प्रभाव पार्ने हो ?

(Source: OnlineKhabar)

 

Read Full Discussion Thread for this article