Posted by: sajhabusaima September 10, 2011
(कहिलेकाहीँ त मलाई आफू नेपाली भएकोमा पनि लाज लाग्छ।)एक MA गरेर फूतपाथमा काम गर्ने आम नेपाली सँगका कुरा!!!
Login in to Rate this Post:     0       ?        
 एम ए भनेको त्यस्तो कुनै सागरमाथा तोडेर समुन्द्र मा परिणत गरिदा दिइने उपहार होइन फेरि  कि एम ए गर्दै मा भोक लाग्दैन र अनि के एम ए गर्दै मा सिरमा  सिंग पलाउने पक्कै होइन होला। जुन मानिसलाई हेर्यो त्यहि सरकार ले गर्दे हुन्थ्यो, बिदेशि निकाए ले गर्दे हुन्थ्यो वा अरुकसैले मेरो लागि गर्दे हुन्थ्यो भन्ने छ त आखिर हामिले केहिले गर्ने हाम्रै लागि। हरेक कुरा को दोष सजिलै हामि नेता हरुलाइ दिन्छौ, उनिहरुको आचारण मा औला ठडाउछौ तर आफ्नो टोलमा टोलमा बन्न लागेको हेल्थपोस्ट, बाटो वा सडकको लागि कोहि चन्दा माग्न आयो भने रित्तो हात फर्काइन्छ। हामि आफै लाई हेरौन एक पटक कति सेलफिस छौ हामि हरेक कुरा मा। 

जादा जाँदै अन्तमा साथि जो फुटपाथको बिजनेस गरिरहनु भएकको छ र तपाईको समचार साझा सम्म आईपुगेको छ त्यसलाई लाई ठुलो बनाएर अरु एम ए पास हरुलाइ जागिर दिने सोच्नुहोस, तपाई को निरन्तर प्रयास, तपाईकोले हासिल गर्नु भएको ज्ञान र बिश्र्वासले अवस्य तपाइलाई सहिमान्छे बनाउने छ। तपाईले सोच्नु  वा भन्नु भएको कुरा कुन हद मा गलत छ भने तपाईले पढनु भएको शिक्षा कामै नलाग्ने होइन, सिर्फ तपाई हामि इनोभेटिभ हुन नसकेको मात्र हो।

Read Full Discussion Thread for this article