घरी ओरालो झर्थे । उ पनि त्यसै गर्थी । कस्तो घिनलाग्दो केटो भन्नुहोला - कती पटक त गुजुमुज्ज भएर पलाउने अटेरी काम न काजका रौँहरु फडानी गरेर मैदान साफ राख्थ्यौँ एक अर्काको । मैले का छुदाँ उस्लाई कस्तो हुन्छ, के गर्दा लल्याक्लुलुक हुन्छे, का म्वाइ खादाँ कस्तो आवाज आउँछ सबैमा पोख्त भइसकेको थिएँ । उस्लाई पनि था थियो मेरो कम्जोरी, घरी घरी मुन्तिर जान्थी । कहिले म सुरु गर्थेँ त कहिले उस्ले सन्केत गर्थी । दुई दिन माइत गइभने साह्रै छट्पटी हुन्थियो । एक ताका त हामी रातै भर निला चलचित्र हेर्थ्यौँ । कहिले त दिउँसो पनि । ति चलचित्रमा देखासिखी गर्न खोज्यो, के मिल्दैन के मिल्दैन हुन्थ्यो अनी फेरी आफ्नै 'कट' ठीक छ भयो र व्यस्त भयो । घरमा दुईजना मात्रै हुने भएकोले हामीलाई कसैले देख्ला कि भन्ने डर थिएन । देखे पनि हामी त बुढाबुढी हौँ के को लाज । फेरी आफ्नै घरको गोपनियतामा त हुन्थियो नि यो सब । अर्काको घरको गोपनियता भङग गर्न कोही आँउछ भने त्यो त चोर हो । चोरसँग म किन डराउने । जो चोर हो, उ स्वयं कती डराएको हुन्छ । कोही मान्छे आए भने पनि खबर गरेर आउँथे कि त कम्पाउण्डको मेन ढोकाको घन्टी बजाउथे । हामी जोइपोइलाई के को डर । फेरी पनि भन्छु - के हामी चोर हो र ?
कस्तो 'सेक्स एडिक', 'खरिएको बोको', 'हन्टर' आदी आदी रै'छ यो जस्तो लायो होला यो पढ्ने हरुलाई । तर यहाँहरुलाई यो कुरा अवगत गराउँ कि संभोग नगर्दाको पलहरु पनि त्यतिकै रोमान्चित हुन्थे हाम्रा । 'असल पत्नी' मा हुने पर्ने सम्पूर्ण गुण देख्थे म बिनितामा । बोलीचाली, सिलस्वभाव, दाइत्व, पूजापाठ, बर्त सबैको हेक्का रख्थीन । मेरो बारेमा पनि उन्को यस्तै राय थियो । पतीपत्नी बिच कुनै गोपनियता थिएन - हुनु त त्यस्तै पर्ने होइन र ?
जे होस त्यो बर्ष मिलिक्कै बित्यो ।