Posted by: Janawar August 31, 2011
Hilarious news: Baburam in "The Beast" Mustang or मुस्तांग ???
Login in to Rate this Post:     0       ?        
See towards the end of this news story: 

Baburam Bhattarai is riding on "THE BEAST, US presidential car" LOL


www.nayapatrika.com/the-view/11989-%E0%A4%85%E0%A4%AB%E0%A4%BF%E0%A4%B8%E0%A4%BF%E0%A4%AF%E0%A4%B2-%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A5%87%E0%A4%9F-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%83-%E0%A4%AE%E0%A5%81%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%99.html

 अहिले नेपालका प्रधानमन्त्रीले प्रयोग गर्न लागेको आधिकारिक मुस्ताङ गाडीलाई अमेरिकामा द विस्ट पनि भनेर बुझिन्छ । फोर्ड मुस्ताङ मोटर कम्पनीले बनाएको नर्थ अमेरिकाको फोर्ड फाल्कन को कम्प्याक्ट श्रेणीलाई नै मुस्ताङ भनी १७ अपि्रल १९६४ देखि सार्वजनिक गरिएको हो । यो कुनै समयको मोडल ए का रूपमा सबैभन्दा बढी सफल गाडी हो । अहिले यस मोटरको पाँचौँ जेनेरेसन चलिरहेको छ । सन् १९६४, १९७४, १९७९, २००४ र फेरि २००५ मा सहित गरी यो मुस्ताङ विश्वमा पाँचौँ जेनेरेसनमा हिँडिरहेको हो, तर नेपालमा नितान्त रूपमा नयाँ ढंगले मोडिफाइड म्यानुफ्याक्चर हुँदा यसलाई छैटौँ जेनेरेसन माने पनि हुन्छ । यसको पहिलो पुस्ताको फाल्कोन अहिले पनि अस्ट्रेलियामा चलिरहेको छ । दोस्रो विश्वयुद्धमा पीर ५१ मुस्ताङ भन्ने फाइटर प्लेन एकदमै चर्चित थियो लडाकाहरूबीच । त्यसपछि जोहन नाजिरले त्यही शब्दलाई भजाए । त्यतिवेला युद्धमा प्रयोग गरिने घोडाहरूलाई पनि सम्मानपूर्वक त्यही मुस्ताङ नामले बोलाइने हुनाले पनि यो एकदमै पि्रय नाम बन्यो । सन् १९६० मा जे पान्क डोबेईले पनि आफ्नो पुस्तक द मुस्ताङसमा यो प्रसंग उल्लेख गरेका छन् । सायद घोडाहरूको स्थान हाम्रो मुस्ताङ पनि भएकाले त्यसको सम्बन्ध पनि यतातिर गाँसिन्छ कि त्यो खोजको विषय हो, तर अहिलेको मुस्ताङको समेत आशा डा. भट्टराईको मुस्ताङ गाडी बन्नसक्छ । जर्मनीमा मुस्ताङ नामबाट बिक्री हुन गाह्रो भएपछि टी ५ भनेर पनि मुस्ताङ बेचिएको थियो । तर, अरूतिर यो नाम पि्रय थियो । पि|m रोमिङ हर्स अर्थात स्वतन्त्र रूपमा जताततै घुम्ने घोडालाई पनि स्पेनिसहरूले अमेरिकनहरूले मुस्ताङ भन्छन् । अमेरिकी कंग्रेसले १९७१ मा नै मुस्ताङ अमेरिकीहरूको जीवन र राष्ट्रको विविधता, समृद्धि र भावनालाई बचाई राख्न योगदान पुर्‍याउने एउटा जीवन्त प्रतीक हो भनेर मान्यता दिएको छ । त्यसको सुरक्षाका लागि कंग्रेसले प्रस्ताव पारित गरेर कानुन १९७१ मा ल्याएपछि २०१० मा भएको गणनामा मुस्ताङ (घोडा)को संख्या ३३,७०० रहेको तथ्य सार्वजनिक भएको थियो । जे होस् युद्धमा साथ दिने, जनताको भारी बोक्ने र तेज गतिमा यात्रा तय गर्ने इमानदार साथीको प्रतीक नै मुस्ताङ हो । प्रधानमन्त्री डा. भट्टराईले राज्यसँगै निक्कै जोरजुलुम गरेर मुस्ताङ चढ्नुभयो । यो नेपालको अफिसियल स्टेट कार बन्न सक्यो भने डा. भट्टराईको ठूलो गुन हुनेछ । तर, मुस्ताङ अर्थात् युद्धक घोडाजस्तो कसैको लगामले एकहोरो नजानुपर्ने बाटोतिर हिँडायो भने चाहिँ हामीलाई त्यो बाटोले कता पुर्‍याउला, उहाँले अझै बढी सोच्नुपर्छ । जे होस् डा. भट्टराईलाई साधुवाद छ ।
Read Full Discussion Thread for this article