Posted by: nepcha1 August 29, 2011
Login in to Rate this Post:
0
?

छड्के
ऊर्जा मन्त्रीको कमाल!
मन्त्री त गोकर्ण बिष्ट जस्तो पो हुनुपर्छ, नामका लागि कामलाई छापामा छ्याप्छ्याप्ती पार्न सक्ने! उनले पानी पारेरै भए पनि लोडसेडिङ कम बनाएरै छाडे। आफूले चाहेका व्यक्तिलाई नै प्राधिकरणमा कार्यकारी निर्देशक बनाए पनि कुनै माइकालालले नगरेको खुल्ला प्रतिस्पर्धा गराए। मन्त्रीबाट खुस्किएपछि स्वतः छुस् हुने प्राधिकरणको अध्यक्ष पद पनि एकसाता अगाडि नै सचिवलाई छाडिदिए। विद्युत्मा बढी लामोहात गरिरहेका ठूला होटल र उद्योगमा आँखा नपारे पनि २०/२५ वाटको बिजुली तान्ने सिंहदरबार छेउछाउका सरकारी कार्यालयका लाइन काट्ने आँट गरे।
यी कामहरू गरेर छापामा छाउनुअघि मन्त्री महोदयले राम्रो समाचार लेख्ने पत्रकारका लागि रु.१ लाख नगदनारायणको थैली झुन्ड्याइदिएका रहेछन्। नभन्दै, बिष्टका चमत्कारहरू भदौको भुईंकुहिरो झै सघन रूपले छायो पनि, नेपालमा उपलब्ध सञ्चारमाध्यमहरूमा। तर, बिष्टले कुर्सीमा आफ्नो मिति झिरिप हुने बेला आएपछि मन्त्रालयको कौसीमा झुन्ड्याएका थैली थपक्क झिकेर मन्त्रीको बयानमा एकै दिनमा दुई-दुई थान समाचार लेख्ने पत्रकारहरूलाई हुरुक्क पारिदिएका छन्।
सदा
http://himalkhabar.com/news.php?id=4363