Posted by: amricane August 29, 2011
बाबुराम भट्टराई मुलुकका ३५ औँ प्रधानमन्त्री निर्वाचित
Login in to Rate this Post:     0       ?        
नवनिर्वाचित प्रधानमन्त्रीको शपथ आज
डा. बाबुराम भट्टराई ले मधेसी सँग गरेको मधेसी जनता लाई सेना मा प्रबेश गराउने कुरा हचुवा को भर मा हैन , नयाँ भर्ना गर्दै योग्यलाई मात्र सहभागी गराउने सर्त भएको हो। 
"मधेसी मोर्चाले उठाउँदै आएको सेनामा सामूहिक प्रवेश विषय भने आरक्षण प्रक्रियाबाटै सुरु गर्ने सहमति भएको छ। 'सेनामा अलग इकाइका रूपमा मधेसी समुदायको पहिचान स्थापित गर्दै १० हजारको संख्याबाट भर्ना माग गरिएको सन्दर्भमा हाल निश्चित संख्याको समावेशीकरण प्रक्रिया तत्काल थालिनेछ।"
(Source :Nagariknews.com)
र जहाँ सम्म मलाई लाग्छ माओवादी ले अब सेना चलाउने आट गर्दैन , एक चोटि गर्दा प्रधान मन्त्री बाट हात नै धुन पर्‍यो अब फेरि के आट गर्लान !
आफू अर्थ मन्त्री हुँदा डा. भट्टराई ले गरेको काम हेर्दा लाग्छ पक्कै उनले केही गर्चन्। अब गर्न दिने नदिने सब कुरा कांग्रेस र एमाले को हात् मा छ । उनिहरु ले पहिले जस्तै भिभिन्न नचैने मुद्दा उठयेर भाजो हल्न सक्छन ।
हेर्दै जाऔ अब के हुन्च , हामी जनता ले भनेर हुने केही हैन , उनिहरु को काम सम्सद मा सत्ता मा नाङो नाच नाच्नु हो , हाम्रो काम हेरेर बस्नु मात्र हो ! 
..............................
"भट्टराईले आफ्ना लागि नेपालमै बनेको हुलास कम्पनीको मुस्ताङ गाडी व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।"
(Source :Nagariknews.com)
..............................
Last edited: 29-Aug-11 12:37 AM
Read Full Discussion Thread for this article