Posted by: neerman August 25, 2011
बाल्टिमोरमा मारिए भुटानी शरणार्थी
Login in to Rate this Post:     0       ?        
बाल्टिमोर,अमेरिका ,अगष्ट २५ । अज्ञात व्यक्तिले गोली प्रहार गरी यहाँ एक भुटानी मूलका नेपाली भाषीको हत्या गरेको छ । गोली प्रहारबाट अर्का एक भुटानी नागरिक गम्भीर घाईते भएका छन् । मंगलवार राती करीब ९.४० बजेतिर नकावधारी काला वर्णको एक व्यक्तिले यी नेपाली भाषी शरणार्थीलाई उनीहरुको अपार्टमेन्ट नजिकै गोली प्रहार गरेको थियो । बाल्टिमोरको उत्तरपूर्वी क्षेत्रस्थित भुटानी शरणार्थीहरुको बसोवास रहेको पार्कसाईड गार्डेन अपार्टमेन्ट नजिकै भएको गोली प्रहारमा मारिने व्यक्ति विगबहादुर गुरुङ भएको बाल्टिमोर प्रहरीले जनाएको छ । २० वर्षीय यी किशोर दुई महिना अघि जुन २९ मा मात्र शरणार्थीको रुपमा अमेरिका आएका थिए । छातीमा गोली लागेका विगबहादुरलाई अस्पताल पुर्याए लगत्तै चिकित्सिकले मृत घोषित गरेका थिए । घटनामा गोली लागि गम्भीर घाइते भएका १७ वर्षीय अर्का किशोर विकास गुरुङको हाल जोन हप्किन्स बे भ्यू अस्पतालमा उपचार भईरहेको छ । पारिवारिक सदस्यहरुका अनुसार हाल विकास खतरामुक्त रहेका छन् ।

 for more, visit globenepal dot com
Read Full Discussion Thread for this article