Posted by: neerman August 19, 2011
मिस नेपाल अमेरिकामा विवाद, अध्यक्ष गौरी मल्लको राजीनामा
Login in to Rate this Post:     1       ?         Liked by
बाल्टिमोर,अमेरिका ,अगष्ट १८ । आगामी शनिवार हुन लागिरहेको मिस नेपाल युएसए २०११ को आयोजक समितिभित्रको विवादका कारण अध्यक्ष एवं अभिनेत्री गौरी मल्लले राजीनामा दिएकी छिन् । सम्पूर्ण तयारीको अन्तिम चरणमा आएर आयोजक समितिकी अध्यक्ष मल्लले राजीनामा दिएपछि प्रतियोगिता नै नहुने पो हो कि भन्ने अन्यौल उत्पन्न भएको छ । प्रतियोगिताका लागि हाल अमेरिकाका विभिन्न राज्यबाट छानिएका २७ जना युवतीहरु बन्द प्रशिक्षण लिईरहेका छन् । प्रतियोगितको अन्तिम क्षणमा आएर आयोजक समितिकी अध्यक्षको नै राजीनामा आएपछि सहभागी युवतीहरु समेत अन्यौलमा परेका छन् ।
आफ्नो राजीनामा सार्वजनिक गरेपछि बिहीवार राती ग्लोब नेपाल डट कम प्रतिनिधिसँग कुरा गर्दै मल्लले व्यवस्थापन पक्षसँग चित्त नबुझेकोले राजीनामा दिएको बताइन् । आफूलाई चित्त नबुझेका कुराहरु सुधारका लागि शुरुदेखि नै व्यवस्थापन पक्षसँग आवाज उठाउँदै आएपनि अन्तिम घडीसम्म पनि सुनुवाई नभएपछि आफूले राजीनामा दिएको उनको भनाई थियो ।

visit : globenepal dot com
Read Full Discussion Thread for this article