Posted by: jwaaii August 16, 2011
for those who talk of hopeless depression (read only if u r ready)
Login in to Rate this Post:     0       ?        

At times in sajha there appears threads when it's talked about frustations, depressions, and many life suffering as impacts of isssues such as immigration, relationships, career etc. Hope this reading will heal those who seek to install hope in their being.  

ध्यानमा डुबुल्की


आत्मिक शान्ति र व्यक्तित्व विकासको खोजीमा नवपुस्ता



सर्लाहीका अर्जुन ठाकुर, २०, 'प्लस टु' अध्ययनका लागि काठमाडौँ आएपछि यहाँको वातावरण र जीवनशैलीमा घुलमिल हुन सकेनन्। उनले निकै तनावको अनुभूति गरे। मधेसबाट पहिलोपटक काठमाडौँ आएका ठाकुर अरूसँग बोल्न पनि धक मान्थे। कतिसम्म भने कलेज पढ्न थालेपछि पनि उनी आफ्ना सहपाठीलाई दाइ भन्थे, संकोच अनि डरका कारण। राम्रो 'करअिर' बनाएर आफ्नो सुन्दर संसारलाई रंगीन चँदुवाले टाँग्ने आकांक्षा पूरा नहुने देखेपछि उनी निराशाको कुवामा डुबेजस्तै भए।

तर, जब ध्यान साधनाका बारेमा जानकारी भयो, मनमा कुनै द्विविधा नराखी उनी ध्यानकेन्द्र पुगे। ध्यानको चास्नीमा डुबेपछि उनले आफूमा परविर्तनको अनुभूति गरे। एकाग्रता मात्र बढेन, आत्मविश्वास पनि उत्तिकै बढेको अनुभव भयो उनलाई। कसैसँग बोल्न धक मान्ने बानी हराएर गयो। निराशातिर गइसकेको उनको जीवन मात्र एक साताको ध्यान साधनाले एकाएक मोडियो। यसपछि त उनले ध्यानमा आफूलाई समर्पित मात्र गरेनन्, आफ्नै जोडबलले काठमाडौँमै रहेका आफ्ना दाजुभाउजू र साथीलाई पनि ध्यान साधनामा लाग्न पे्ररति गरे।

ठाकुर एउटा प्रतिनिधि पात्र मात्र हुन्। उनीजस्तै नवयुवाको ठूलो जमात ध्यान साधनामा आवृत्त हुने प्रवृत्तिको विकास हुँदैछ। राजधानी र देशका प्रमुख सहरमा खोलिएका ध्यानकेन्द्रहरूमा साधना गररिहेकामध्ये ठूलो हिस्सा युवाकै छ। त्यसैले होला, सबैजसो ध्यानकेन्द्रले युवालाई नै आकषिर्त गर्ने र उनीहरूका लागि प्रभावकारी हुने ध्यान साधनाका प्याकेज कार्यक्रम ल्याइरहेका छन् -हेर्नूस्, बक्स)।

त्यस्तै एउटा ध्यानकेन्द्र पुगेकी एभरेस्ट कलेजमा स्नातक तहमा अध्यनरत शिल्पा श्रेष्ठ, १९, लाई सुनौँ। उनलाई पढाइको बोझ, पारविारकि तथा सामाजिक दबाब हुन्थ्यो। यसले उनमा चिड्चिडाहट मात्र बढेको थिएन, रसि त उनको नाकको टुप्पामै बसेको थियो रे ! एकाग्रता थिएन, मन कहिले अतीतमा त कहिले भविष्यमा पुग्थ्यो। रसिाहा स्वभावका कारण साथीहरू पनि उनीबाट टाढिन थाले। एक्लोपनले उनलाई सताउन थाल्यो। नकारात्मक सोच हाबी हुँदै गयो। आखिर उनको लथालिंग मन स्याहार्ने पनि कसले ? यस्तो बेलामा उचित मार्गदर्शनका लागि आफूले सल्लाह लिनुपर्ने व्यक्तिहरूसँग पुस्तान्तरण भएको कारणले उति सहज नभएको उनले महसुस गरनि्। यसरी उनी निराशाको खाडलमा जाकिने क्रम सुरु के भएको थियो, त्यही बखत आफ्ना एक नातेदारमार्फत ध्यान साधनाबारे थाहा पाइन्। युवालाई नै लक्षित गरेर तयार गरिएको एक साताको ध्यान साधनामा प्रवेश गरसिकेपछि उनको जीवनले अर्कै मोड लियो। पहिलेका जति पनि नकारात्मक सोच र आवेशमा क्रमश: नियन्त्रण आयो। उनलाई ध्यान साधनाकै कारणले आफ्नो शरीरभित्र रहेका विकार निक्लिएर शरीरमा स्फूर्ति आएको महसुस पनि भयो। एकाग्रता बढ्दै गएकाले अध्ययनमा पनि रुचि जाग्दै गयो। आफूमा एक किसिमको 'स्ट्रेन्थ्ा' बढेको पनि उनको अनुभव छ।

केही समयअघि अमेरिवाका अनुसन्धानकर्ताको ध्यान युवाको त्यो जमातमा गयो, जहाँ उनीहरू लागूपदार्थतिर बढी आकषिर्त हुने गर्छन्। प्राय: युवा दुई कुरा खोज्छन्, एउटा रतिरागात्मक सम्बन्ध र अर्को मनको शान्ति। रतिरागात्मक सम्बन्धले २४ सै घन्टा आनन्द दिन सक्दैन। यो क्षणिक हुन्छ। यसैले युवा त्यसभन्दा दिगो आनन्दको स्रोतका रूपमा लागूपदार्थतिर आकषिर्त हुन थाल्छन्। अनुसन्धानकर्ताहरूले लागूपदार्थ सेवन गरेपछि मस्तिष्कले डोपामाइन नामको रसायन उत्पादन गर्ने पत्ता लगाए। शरीरमै रहेको डोपामाइन रगतमा मिसिएपछि आनन्द आउने भएकाले युवा लागूपदार्थतिर आकषिर्त भएको उनीहरूले निष्कर्ष निकाले। रतिराग र लागूपदार्थले पनि आनन्द दिन छाडेपछि युवाको जाने ठाउँ कहाँ हो ? सन्त गुरुहरूले मात्र होइन, अहिले चिकित्सकहरूले पनि आफ्नो 'प्रेसक्रिप्सन'मा यस्ता दुव्र्यसनीलाई ध्यान साधनामा पठाउन सिफारसि गर्न थालेका छन्।

नेपालमा रहेका ध्यानकेन्द्रहरूमा पुग्ने अधिकांश युवामध्ये धुम्रपान, मद्यपान र लागूपदार्थका दुव्र्यसनीहरूको लामै लर्को भेटिन्छ। यस्ता केन्द्रहरूमा साधना गरेर फर्किएका अधिकांश युवा लतबाट त मुक्त भएका छन् नै, उनीहरूको जीवनशैलीमा देखिएको परविर्तनको प्रभाव अरूमा पनि पर्ने गरेको छ। जस्तो कि, काठमाडौँ, कपनकी सुस्मिता खनाल, २१, लाई नै एउटा उदाहरणका रूपमा लिन सकिन्छ। प्लस टुमा उच्च अंक ल्याएकी उनी चिकित्सक बन्न चाहन्थिन् तर नियतिले उनलाई अन्यत्रै डोर्‍यायो। उनले चुरोटबाट सुरु गरेको दुव्र्यसनको शृंखला लागूऔषध डाइजोपाम हुँदै टिडिजेसिक इन्जेक्सनसम्म पुग्यो। धनाढ्य परिवारकी उनी घरबाट निकालिइन्। नगरवधुका रूपमा दिनहुँ पुरुषहरूसँग अभिसाररत हुँदा एचआईभी/एड्सले उनलाई कतिखेर छोयो, पत्तै पाइनन्। सोचेभन्दा बिलकुलै फरक भयो उनको जीवन। हृदयमा हुन्डरी चल्नु त उनको नियति नै बनिसकेको थियो। विष सेवन गरेर आत्महत्या गर्ने मुडमा पुगिसकेकी खनाललाई एक जना दिदी पर्नेले ध्यानकेन्द्रको बाटो देखाएपछि मन नलागी नलागी 'मर्नुभन्दा बहुलाउनु जाति' भन्दै उनी ध्यानकेन्द्र पुगिन्। ध्यान साधनाको दुई दिनसम्म त उनको मन त्यहाँ केन्दि्रत हुन सकेन। उनीसँग कलेज बंक गरेको अनुभव थियो नै । ध्यानशिविर पनि बंक गर्ने सोच पनि उनमा नआएको होइन । तर, खोइ किन हो त्यो विचार तत्कालै डिलिट भयो रे ! तर, तेस्रो दिनपछि ध्यानको नशाले यस्तरी छोयो कि त्यसपछि उनको जीवन नै रूपान्तरति भयो। क्रमश: सबै कुलत उनले छोडिन्। आत्मविश्वास जागृत भयो र उनी अहिले स्वयंसेविकाका रूपमा ध्यानकेन्द्रमा अहोरात्र खट्छिन्। आफूजस्तै दुव्र्यसनीलाई उसको जीवन सपार्न ध्यानकेन्द्रसम्म डोर्‍याएर ल्याउँछिन्। "सेक्स र ड्रग्समा जुन आनन्द थियो, त्यसभन्दा अनौठो र ननस्टप आनन्द त मैले ध्यान गर्न थालेपछि पाउन थालेँ," खनाल भन्छिन्, "मेरो शरीरभित्रको हार्डवेयरमा रहेको काम नलाग्ने सफ्टवेयर पूरै डिलिट भएर नयाँ सफ्टवेयर राखेजस्तै भयो।"

कुनै बेला थियो, जतिबेला ध्यान साधना भनेको विशुद्घ परमात्मा प्राप्तिको मार्ग मानिन्थ्यो, जसले ज्ञान चाहन्थ्यो ऊ ध्यानको मार्गमा लाग्थ्यो। स्वयं गौतम बुद्घदेखि शिवपुरी बाबासम्मले गृह परत्ियाग गरी आत्मज्ञानको मार्गमा हिँडे, हिँडिरहे। तर, सन् '८० को दशकपछि चन्द्रमोहन जैनले ध्यान साधनालाई केवल अध्यात्म वा परमात्माको खोजीको विषयमा मात्र सीमित गरेनन्। संसारमा जिउनका लागि र जीवनमा मस्ती प्राप्त गर्नका लागि दैनिक जीवनसँग चन्द्रमोहनले ध्यानलाई जोडे। उनले शरीरमा रहेका पाँचवटा इन्दि्रयको अनुभूति गर्न, संसारदेखि नभागी आफू नै जाग्न मात्र प्रेरति गरेनन्, ध्यानलाई रहस्यको गर्भमै लुकाएर राख्ने विगतको परम्परा भत्काउँदै यसलाई सहज उपलब्ध हुने साधनाका रूपमा विकास गरे। यति मात्र होइन, युवालाई ध्यानमा आकषिर्त गर्न निष्क्रिय होइन, सक्रिय ध्यानतिर उनले आकृष्ट गराए। मुल्ला नसिरुद्घनिका चुटकिला सुनाउँदै, संगीतमा नचाउँदै, रुवाउँदै, कुरा बुझाउँदै साथीको जस्तो व्यवहार गर्दै ध्यान सिकाउन थालेपछि युवाको ठूलो पंक्ति चन्द्रमोहनको ध्यानतिर आकषिर्त भयो। पछि उनै चन्द्रमोहनलाई उनका शिष्यहरूले प्रेमपूर्वक आचार्य रजनीश हुँदै वा भगवान् रजनीशसम्मको पुकार्न थाले र उनी ओशो भनेर चिनिए। उनले तयार गरेको त्यही विधिलाई पछिल्लो समय अन्य ध्यान गुरुहरूले पनि अंगीकार गरे। युवालाई आकषिर्त गर्नैका लागि ध्यानका नयाँ प्रयोग आवश्यक पनि थिए, सायद।

"अहिले युवामा विक्षिप्तता बढ्दै गएकाले पनि एकैपटक निष्क्रिय ध्यानमा जान गाह्रो हुन्छ, यसैले युवालाई होसपूर्वक र विवेकशील भएर बाँच्न प्रेरति गर्नका लागि पनि उनीहरूलाई झिजो लाग्न नदिने गरी ध्यान साधनामा आकृष्ट गराउनु पर्छ," ओशोधारा संघ, नेपालका ओशो मेत्रेय भन्छन्, "ध्यान नगर्नु भनेको अँध्यारो जीवन बाँच्नु हो, धेरै युवा छामछुम गरेर जीवनलाई जसोतसो धकेलिरहेका छन्, उनीहरू प्रज्ञाको खोजीमा भौँताररिहेका छन्, हाम्रो काम भनेको त्यस्ता युवालाई बाटो देखाउने हो।"

नेपालमा रहेका ध्यानकेन्द्रका गुरुहरूका अनुसार आफ्ना केन्द्रमा आउने अधिकांश तन्नेरीहरू कोही प्रेमवियोगमा त कोही पढाइमा असफलतापछिका तनावका कारण आउँछन्। अझ केही त विदेशी दूताबासले राहदानी नदिएकाले बाहिरनि नपाएको पिरलोले पनि तनावग्रस्त भएर पनि ध्यानकेन्द्रसम्म पुग्छन्। लागूपदार्थको दुव्र्यसनबाट मुक्तिको खोजीमा आउनेदेखि लिएर आत्मज्ञानको बाटोमा हिँड्नका लागि स्वत:स्फूर्त ध्यानकेन्द्रको खोजीमा आउनेहरूको पनि कमी छैन। चुरोटका अम्मलीदेखि मद्यपानका व्यसनीसम्म, टाउको दुख्ने बिरामीदेखि निन्द्रामा बर्बराउनेसम्मका युवाको झुन्ड ध्यानकेन्द्रहरूमा देखिन्छ।

युवापुस्ता स्वभावैले महत्त्वाकांक्षी हुन्छ। जब आफ्नो महत्त्वाकांक्षामा ठेस लाग्छ, तब उनीहरूले बाटो बिराउने खतरा पनि उत्तिकै हुन्छ। यस्तो स्थितिमा कि उनीहरू अपराधकर्ममा लाग्छन् कि त लागूपदार्थ दुव्र्यसनमा। संगत राम्रो पाएका युवा भने ध्यानकेन्द्र धाउँछन्। यसबाहेक बाहिरबाट पाएको आनन्द क्षणिक र कृत्रिम हुने भएकाले पनि स्थायी आनन्दको खोजी गर्नका लागि पनि युवा ध्यानकेन्द्र धाउँछन्। स्वास्थ्य समस्याको निराकरण, व्यक्तित्व विकास, 'माइन्ड म्यानेजमेन्ट'का लागि आउने युवाको संख्या पनि उत्तिकै छ।

"नियमित ध्यान साधना गरे माद चढ्छ, मदिराको नशा क्षणिक हुन्छ, यो दीर्घकालीन हुन्छ, त्यसैले यस्तो नशा हो, जुन लागिसकेपछि कहिले उत्रिँदैन," आर्ट अफ लिभिङ्, नेपालका प्रशिक्षक पवन नेपाल भन्छन्, "तर, युवाको मन वर्तमानमा अडिनै खोज्दैन्, यो कि त विगतमा कि त भविष्यमा जान्छ। कमै मात्र वर्तमान क्षणमा आउँछ, यही कारणले तन्नेरीहरू तनावमा रहन्छन् र उनीहरू स्थायी शान्ति र आनन्दको खोजीमा भौँतारँिदै आउँछन्।"

अहंकारका कारण पनि युवा बरालिन्छन्। उनीहरूलाई सहज हुन नदिने विषालु तत्त्व नै अहंकार हो। यसले उनीहरूलाई प्राकृतिक बन्न पनि दिँदैन। यसबाहेक आत्मविश्वास र अरूले केही भन्ने हो कि भन्ने कृत्रिम डरले पनि उनीहरूलाई अरूसँग बोल्न नसक्ने बनाउँछ, जसले उनीहरूलाई निराशा र कुण्ठाले छोप्छ। विकृतिको सुरुवात हुने एउटा कारण यो पनि हो। युवाले शान्ति र आनन्दका लागि लागूपदार्थको खोजी गर्दैनन्। खोज्ने अर्को ठाउँ नपाएर उनीहरू यस मार्गमा हिँड्न बाध्य हुन्छन्। समाज र घरपरविारले आफ्ना छोराछोरीलाई यो नगर, त्यो नगर भन्ने परपिाटी छ तर त्यसो भए के गर्ने भन्ने उपाय सुझाउन नसक्दा उनीहरू आफैँ बाटो बनाएर अघि बढ्न थाल्छन्, जो गलत पनि हुनसक्छ। यसरी बाटो बिराउन थालेपछि केही युवा मात्र ध्यानको सत्मार्ग समात्न सफल हुन्छन्। ब्रह्मकुमारी राजयोग केन्द्र, नेपालकी निर्देशक ब्रह्मकुमारी राज दिदी भन्छिन्, "युवा समाजको सशक्त शक्ति हुन्, आशाका किरण हुन्। त्यसैले उनीहरूलाई समयमै आध्यात्मिक ज्ञान र ध्यान साधनाको प्रशिक्षण दिन सक्यौँ भने उनीहरूमा जुन अथाह क्षमता छ, त्यसको पूर्ण सदुपयोग हुनेछ।"

पशुपतिनाथको मन्दिरमा हिन्दुबाहेकका धर्मावलम्बीहरूलाई प्रवेश निषेध छ तर कुनै पनि ध्यानकेन्द्रमा धर्म, जाति र राष्ट्रियताको कुनै बन्धन छैन। यसले पनि पशुपतिनाथको मन्दिरले भन्दा युवालाई ध्यानकेन्द्रहरूले आकषिर्त गररिहेको बुझ्न कठिन छैन। अर्को कुरा वाणी वा बुद्घ िविलासका लागि अथवा कुनै दार्शनिक चर्चा परचिर्चाका लागि मात्र ध्यानमा युवाको आकर्षण बढेको होइन। न त जीवन र जगत्को जिम्मेवारीबाट पलायनका लागि नै उनीहरू ध्यानमा आकषिर्त भएका हुन्। अहंभावको बन्धनबाट मुक्त हुन र सर्वमंगलको भावनाबाट परपिूर्ण हुन अनि सिर्जनात्मक जीवन बिताउन सक्ने कलामा निपुण हुन पनि उनीहरूलाई सहयोग गररिहेको छ ध्यानले।

ध्यान शारीरकि समस्याको निदान मात्र होइन, उच्च आध्यात्मिक साधना पनि हो। ध्यान राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधन पनि ठान्छन् ध्यानकेन्द्र धाउनेहरू। अन्तरमनको गहिराइसम्म पुगेर चित्तलाई ग्रन्थिविमुक्त पार्ने कला सिक्ने लालसा पनि युवालाई ध्यानकेन्द्रसम्म तान्ने कारक हो। मनोक्रान्ति म्याटि्रक्सका प्रमुख स्वामी विकासानन्द भन्छन्, "एकपटक ध्यानको चस्का लागेपछि सेक्स र लागू पदार्थबाट मात्र आनन्द आउँछ भन्ने भ्रमबाट ऊ मुक्त हुन्छ।" उनका भनाइमा, मान्छेको सबै समस्याको मूल जड भनेको मन भएकाले त्यसलाई शान्त गर्ने ओखती नै ध्यान हो। त्यही भएर होला, युवा ध्यानकेन्द्रमा आउन ढिलो गर्छन् तर आइसकेपछि विरलै र्फकन्छन्।

"युवा आफ्नो निराशा र असफलताको मूल कारण जान्न र आफूभित्र दबेर रहेको आँट जागृत गर्ने उपायको खोजी गर्दै ध्यानकेन्द्रमा आउँछन्," जीवन विज्ञानका स्वामी रमेशको अनुभव छ। उनका अनुसार युवालाई शरीर र मन स्वस्थ राख्न सहयोग गर्दै चाहेजस्तो लक्ष्यमा पुग्न मद्दत गर्छ जीवन विज्ञानले।

उडेर चन्द्रमा छुन सक्नेसम्मको क्षमता भएका भनिएका तन्नेरीहरू पढाइको बोझ, पुस्तान्तरण, दौडधुप र प्रतिस्पर्धात्मक जीवन पद्धतिका कारण समस्या तथा तनावमा रुमल्लिएका छन्। युवासँग दु:खैदु:खको यस्तो पोको छ, जो उनीहरू निर्धक्क भएर फुकाउन पनि सक्दैनन्, न लुकाउन नै सक्छन्। यस्तो स्थितिमा सत्कर्म सोचका साथ शान्त जीवन जिउनका लागि तिनलाई ध्यानले आकृष्ट गररिहेको छ। मनको बह फुकाउने साथीजस्तो बनेको छ ध्यानकेन्द्र। सामाजिक बोझ र तनावका कारण बेहोसीमा पुगेका युवालाई ध्यानले आनन्द र होसपूर्वक जीवन बाँच्न प्रेरति गर्छ भने त्यो आफैँमा सकारात्मक हो। आखिर बेहोसीपछि होसमा आउँदा कसका लागि दामी हुँदैन र ?

source: http://www.ekantipur.com/nepal/article/?id=2659

Read Full Discussion Thread for this article