Posted by: sudystha August 15, 2011
ANA बिगारेर NRN मा घुस्यो यिनीहरु
Login in to Rate this Post:     0       ?        
This is what I got from a mass email:

घटोलाको खानी ए एन ए

२९ बर्ष अघि आफ्ना पारिवारिक भेटघातका निम्ति केहि धनाढ्यया  विद्वानहरूबाट  बनेको ए एन ए २९ वर्षपछि जम्मा जम्मी २०० जति आफ्ना पारिवारिक सदस्य , नातागोता र भाई भातिजमा सिमित छ | तर पनि ति विद्वान डा.साबहरू भन्छन ए एन ए ले अमेरिका र क्यानाडाका २ लाख भन्दा बढ़ी नेपालीहरूलाई प्रतिनिधित्व गर्छ | हजमोला भन्दा कडा पाचंक चाहिन्छ यो कुरा पचाउन | तर पनि यथार्थ यो हो कि ए एन ए को वार्षिक सम्मलेनमा ५ देखि १० हज़ार नेपालीहरू भेला हुन्छन र ए एन ए का विभिन्न कार्यक्रममा सयौं डालर खर्च गर्छन | २९ वर्षदेखि त्यों पैसा कहाँ गयो, भगवान् जाने | हुंदा हुंदा २०१० को बोस्टन कन्भेन्सनमा ८४ हज़ार घटोला भएको खबर सार्बजानिक भै सकेको छ |८४ हज़ार घटोला हुनुको धेरै श्रोतहरू  मध्य एक श्रोत बोस्टन सम्मलेनको सभापतिले ए एन ए का संस्थापक विद्वान डा साबहरू , उनीहरूका परिवार , नाता गोता, भाई भातिज , इस्ट मित्रहरूको सम्मानमा दिनहु अमेरिकाको महँगो ५ तारे होटलमा भी आई पि रात्रि भोजको आयोजन गरेका थिए| साधारण नेपाली जो घंटाको ५ डालर कमाऊ छन उनीहरूले ए एन ए का सबै कार्यक्रममा पैसा तिरेका थिए | तर ति धनाढ्य डा साबहरू , उनीहरूका परिवारजन , इस्टमित्रहरूका लागी सम्पूर्ण कार्यक्रम र सेवा निशुल्क थियो |

यो त भयो बोस्टन सम्मलेनमा सार्बजानिक भएको आर्थिक घटोलाको एक श्रोत | ए एन ए स्थापना कालदेखि अहिलेसम्म भएका लाखौंको लेखाजोखा काही छैन | २०० भन्दा बढ़ी लाइफ मेम्बरहरूले तिरेको सदस्य शुल्क कहा गयो ? विभिन्न श्रोतबाट आएको डोनेसनको मोटो रकम कहा गयो ? विगतमा भएको सम्मलेनहरूबाट संकलित रकम कहा गयो ? २०११ को ए एन ए सम्मलेन विषम परिस्थितिमा लगभग १५०० देखि २००० को उपस्थितिमा सम्पन्न हुंदा त १०, ००० डालर नाफा हुन्छ भने विगतमा दस हज़ारको संख्यामा सम्पन्न भएको ए एन ए को सम्मलेनको हिसाब कहिल्यै सार्बजानिक भएन भने बोस्टनमा त ८४,००० घाटा देखाइयो  | त्यस्तै ए एन ए मा घटोलाको अर्को श्रोत हो हात्तीको देखाउने दांत ए एन ए छात्रबृत्ति कोष |

Fairmont State Collage  का प्रोफेस्सर डा तुलशी जोशीको एकछत्र  रजाई भएको ए एन ए छात्रबृत्ति कोषबाट कति बिद्यार्थीहरूले कहा कहा कति छात्रबृत्ति पायो यसको लेखा जोखा FBI ले पनि लाउन सक्दैन | जब ए एन ए नेतृत्वमा नया अनुहार आउन थाले तब  डा साबहरूको सबै काला करतूत र गैरकानूनी पोल खुलने डरले यी डा साबहरूले निर्वाचन नै नगराई आफूले आफूलाई ए एन ए पदाधिकारी घोषित गरे | डा तुलशी जोशीले त  ए एन ए हामी २०० जनाको मात्रै हो अरू कसैलाई पनि ए एन ए को चुनावमा न त उठने नै अधिकार छ न त भोट हाल्ने नै अधिकार छ भन्ने किसिमले प्रेस विज्ञप्ति नै जारी गरिदिए | डा तुलशी जोशीको भनाईलाई यसरी पनि बुझ्न सकिन्छ : ए एन ए छात्रबृत्ति कोष मेरो हो, त्यसमा आँखा गाड़ने अधिकार अरू कसैलाई पनि छैन | मरता क्या नहीं करता भने झै जब सम्पूर्ण नेपालीहरूले उनीहरूको गैर कानूनी प्रकियालाई चुनौती दिए, पैसाको मातले डा साबहरू कूदे अदालत तीर | अमेरिकी अदालती फैसाला भविष्यको गर्भमा छ | ए एन ए र छात्रबृत्तिको नाऊमा घटोला गर्ने यी डा साबहरूलाई जनताको अदालतले अवश्य पनि नंग्यौने छ |
Read Full Discussion Thread for this article