Posted by: manusya August 15, 2011
ANA बिगारेर NRN मा घुस्यो यिनीहरु
Login in to Rate this Post:     0       ?        
This is what I got in mass email. These are the people who are running NRN. 
एउटा जाबो ANA लै त सम्हाल्न सक्दैन देश बनाउन हिडेकाहरु को ताल  

के प्रल्लाद केसी एएनए बोस्टन सम्मेलनको बेला प्रयोग भएको सुविधा सम्पन्न होटलको खर्चको उत्तरदायी हुन ?

१. होटलसंग भएको सम्झौता पत्रमा प्रल्लाद केसीले अनाधिकारिक रुपमा हस्ताक्षर गरेका छन l अनाधिकारिक यस अर्थमा की होटलसंगको सम्झौतामा उनले एएनएको अध्यक्ष भनेर हस्ताक्षर गरेका छन l बोस्टन सम्मेलनको आर्थिक अवस्थाको खोजिबाट उम्काउन यसलाई गोप्य रुपमा सच्याएर हरि शर्माले उनलाई अनुसन्धानको दायराबाट बाहिर राखेको देखिन्छ l

२. बोस्टन सम्मेलमा भएको घाटाको आधा हिस्सा होटल खर्चले ओगटेको छ जसका संयोजक प्रल्लाद केसी थिए l के प्रल्लाद केसीले सुविधा सम्पन्न होटलको महँगो कोठा भाडा सित्तैमा ( सम्मेलनको खर्चमा पर्नेगरी ) उपलब्ध गराउन रोक्ने प्रयास गर्न सक्दैन थिए ? यस सम्मेलनमा आयोजकका तर्फबाट धेरैलाई सित्तैमा कोठा उपलब्ध गराइएको छ जस अन्तर्गत सित्तैमा बस्नेमा प्रल्लाद केसी र तुलसी जोशी पनि थिए l

३. स्मरण रहोस एएनए डि.सी. सम्मेलनमा सित्तैमा होटल कोठा वापतको खर्च शुन्य थियो भने यस अन्तर्गत बोस्टन सम्मेलमा ६० हजार डलर जति खर्च भएको छ l प्रल्लाद केसी र तुलसी जोशीको कोठा वापत ५५३ डलर रहेको छ l

बोस्टन सम्मेल आयोजकहरुका संयोजक मध्येका एक संयोजक र होटलसंग भएको सम्झौता पत्रमा एएनएको अध्यक्ष भनेर हस्ताक्षर गर्ने प्रल्लाद केसी के बोस्टन सम्मेलनको आर्थिक अवस्थाको उत्तरदायी हुन् ? प्रल्लाद केसी कहिल्यै एएनएका अध्यक्ष थिए ? के प्रल्लाद केसीले एएनएको अध्यक्ष भनेर प्रतिनिधित्व गर्नु छल होइन ? के प्रल्लाद केसी र तुलसी जोशी एएनएका कुनै पनि कार्यकारी पदमा अटाउन सक्लान ? प्रल्लाद केसी के कारणले एएनएको आगामी अध्यक्ष बन्न चाहन्छन ? सित्तैको कोठाको बक्यौता तिर्न वा एएनएको अध्यक्ष भनेर गरेको हस्ताक्षरलाइ जोगाउन ? यसवारे तपाइँहरु नै सोच्नुस l

अर्कोपल्ट:
१.राजा उपाध्यायले मनगणन्ते घोषणा गरेका निर्विरोध पदाधिकारी मध्येका अधिकांश व्यक्तिहरु कहिल्यै एएनएका आधिकारिक आजीवन सदस्य थिएनन -

 
२. किन एएनएका ४ जना पूर्व अध्यक्षहरु प्रल्लाद केसीले नेतृत्व गरेको ५ जनाको समुहलाई सहयोग गरिरहेका छन ? फेरी ३ जना अरुहरुले ४ जना पूर्व अध्यक्षहरुलाइ पछाडी रहेर सहयोग गर्नु परेको रहस्य के हो ?

 
३.कुन्जर र प्रल्लादले राजाबाट पदक कसरि पाए ? कुन्जरले कोबाट र कसरी क्यानडालागि अवैतनिक वाणिज्यदुत पाए ? तपाइलाई पत्यार नै लाग्दैन त्यतिवेला सम्म...........

 
 
Read Full Discussion Thread for this article