Posted by: canadanepal August 7, 2011
सार्वजनिक स्थलमा धुमपान निषेध
Login in to Rate this Post:     0       ?        

CanadaNepal.net

सार्वजनिक स्थलमा धुमपान निषेध – सरकारले आजदेखि सार्वजनिकस्थानमा धुमपान गर्नेलाई जरिवाना गर्ने भएको छ ।संसदबाट सुर्ती नियन्त्रण तथा नियमन ऐन पारित भएपछि सरकारले आजदेखि देशभर सार्वजनिक स्थलमा धुमपान निषेध गरेको हो ।
शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण, गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय, सरकारी भवन, सार्वजनिक यातायातका साधन, उद्योग तथा कलकारखाना, होटल, रेष्टुरेण्ट, मिनी मार्केट, हाटबजार, पसल र धार्मिक स्थलजस्ता सार्वजनिक स्थलमा धुमपान रोकिएको हो । सार्वजनिक स्थानमा धुमपान गरेको भेटिएमा १ सय रुपैंया जरिवाना गरिने भएको छ ।
सरकारले अनुगमनका लागि स्वास्थ्य मन्त्रालयमार्फत अनुगमन निरीक्षकसमेत खटाउने भएको छ । आगामी १८ कात्तिकदेखि चुरोट कम्पनीहरुले चुरोटको बट्टामा ७५ प्रतिशत हानीकारक चित्रसहितको तस्विरसमेत राख्नुपर्नेछ । गर्भवतीमहिलालाई पनि सुर्तीजन्य पदार्थ खरिदमा रोक लगाइएको छ ।
त्यस्तै, पानपसल र खुला स्थानमा चुरोट विक्री वितरण गर्न पाइने छैन । विक्री गर्दा नखोलिएको बट्टा १८ बर्षमाथिका व्यक्तिलाई मात्र वेच्न सकिनेछ । स्वास्थ्य मन्त्रालयले ऐन कार्यान्वयन गराउनका लागि गृह, बाणिज्य, शिक्ष् लगायतका मन्त्रालयसंग छलफल थालेको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला।
Click Here For Video

 
Last edited: 07-Aug-11 08:41 PM
Last edited: 08-Aug-11 09:07 AM
Read Full Discussion Thread for this article