Posted by: Tori Ko Tel August 5, 2011
Maryland District Court Stops ANA Elections
Login in to Rate this Post:     0       ?        
http://www.mydcnepal.com/news_nepali.php?nid=48439

डिसीनेपाल डटकम संवाददाता - अमेरिकाको नेपाली संस्था "एशोसीएसन अफ नेप्लिज ईन अमेरिका (ANA)" मा चरम बिवाद उत्पन्न भई परदेशमा पनि नेपालीले नेपालीलाई "मुद्धा" हालेका छन् । यहि अगस्ट ६ तारिखका दिन हुन गईरहेको संस्थाको नयाँ कार्यसमितिको चुनाव रोक्का गरिपाऊँ भनी एक पक्षले अमेरिकी अदालतमा दर्ता गरेको "मुद्धा" उपर हिजो अदालतले दिएको आदेश बमोजिम ANA को चुनाब रोकिएको छ । निर्वाचन समितिका डा. सुदिप श्रेष्ठ, अन्तरिम कार्यसमितिका अध्यक्ष छेबांग शेर्पा लामा, अध्यक्ष पदका उमेदवार धिरेन गुरुङ र निवर्तमान अध्यक्ष सिमोन ढुंगाना ४ जनालाई बिपक्षी बनाई म्यारिल्याण्ड राज्यको जिल्ला अदालतमा दर्ता गरिएको "मुद्धा" उपर अदालतले छानबिन गरि आवश्यक प्रमाण/कागजातहरू र Attorney (वोकिल) लिएर अदालतमा ऊपस्थित हुनु भन्दै विपक्षीहरूलाई १० दिनको म्याद दिएको छ ।

ANA को नयाँ कार्यसमितिको चुनाब त रोकियो रोकियो । अब १० दिन पछि, अदालतमा दुवै पक्षका वोकिलहरू बीच पटक पटक "बहश" हुनेछ । अदालतमा बहश हुँदै जाँदा संस्थाको बोस्टन शम्भेलनको घाटा रकम बयासी हजार डलरको जिम्मेवार को थियो ? भन्ने बारेमा पनि बहश हुँदै गयो भने सम्मेलनका आयोजकहरू (सारा नेपाली) अमेरिकाको कानुनको घेरामा तानीने छन् । नेपाली संस्थाको अध्यक्ष पदको हानथापले गर्दा अमेरिकामा बस्ने नेपालीहरू बेकारमा जेल जानुपर्ने अवस्था नआउला भन्न सकिन्न । किनभने अमेरिकाको कानुन एकदमै कडा छ (अमेरिकामा कानुनले राष्ट्रपतीलाई पनि छोडदैन) । कानुनले दोषी साबित गरेमा, हत्कडी लगाएर थानामा थुनेर ग्रीनकार्ड भएकालाई देश निकाला (Deport) गरेर नेपाल लखेटीदिन्छ र नागरिकता लीईसकेकालाई चाहिँ अमेरिका कै जेलमा हालीदिन्छ।

अमेरिकाका नेपालीहरूले एक आपसमा यस्तो समस्या खडा गरेको बारेमा, डिसीनेपाल डटकमले अमेरिकाका लागी नेपाली राजदुत डा. शंकर प्रसाद शर्माको धारणा माग्दा राजदुत डा. शर्माले भन्नुभयो:-
"परदेशमा नेपालीहरू एक आपसमा मुद्धा हालाहाल किन गर्ने ? दुवै पक्षले छलफल गरेर (Negotiation गरेर) मिल्नुपर्छ, समस्या-समाधानको लागी मैले देखेको उपाय: डिसीको अमेरिका नेपाल सोशाईटी (ANS) को चुनाबमा खेम भट्टचन र बिष्णु कुमारी थापा मिले जस्तै ANA मा पनि त्यहि तरिकाले मिले भैहाल्यो" भन्नुभयो ।
Read Full Discussion Thread for this article