Posted by: torpay August 3, 2011
Lila
Login in to Rate this Post:     0       ?        

 प्रहरीले यौनक्रियाकलाप गरिरहेको अवस्थामा बुधबार साँझ इटहरीका विभिन्न होटल तथा रेस्टुरेन्टबाट एक भारतीय नागरिकसहित दसजनालाई पक्राउ गरेको छ । प्रहरीले बसपार्क र पश्चिम लाइनमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरूमा छापा मारेको हो । 

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार इटहरीको पश्चिम लाइनमा सञ्चालित न्यु फ्युजन होटल तथा रेस्टुरेन्टबाट यौनक्रियाकलाप गरिरहेको अवस्थामा चारजनालाई पक्राउ गरिएको छ । त्यस्तै पश्चिम लाइनकै सिंगापुर होटल तथा रेस्टुरेन्टबाट एक भारतीय नागरिकसहित दुईजना, हिमसागर होटल तथा रेस्टुरेन्टबाट दुईजना र बसपार्कका स-साना छाप्रो होटलबाट दुईजना पक्राउ गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । 


Read Full Discussion Thread for this article