Posted by: _____ August 3, 2011
कसरी बन्यो जैसीदेवल?
Login in to Rate this Post:     0       ?        
कसरी बन्यो जैसीदेवल?    
प्रा। दिनेशराज पन्त    
   
   
    
   
जैसी देवलको इतिहास गोरखापत्रसँग पनि जोडिएको छ । जैसीदेवल सबैले देखेका छन् । काठमाडौँ मरूटोलबाट केही पर गएपछि जैसीदेल आउँछ । अग्लो हुनाले पनि त्यो प्रसिद्ध छ । यस्तो अग्लो देवल देखेपछि यो कहिले बन्यो, कसले बनायो भनेर जिज्ञासा उठ्नु स्वभाविक छ । काठमाडौँ खाल्डोमा जताततै मन्दिरै मन्दिर भएकाले काठमाडौँ खाल्डोलाई विदेशीहरूले मन्दिरैमन्दिरको देश भनेर पनि भन्ने गरेको पाइन्छ । तिनै मन्दिरमध्येको यस जैसीदेवलको निर्माणसँग रोचक ढङ्गको इतिहास जोडिएको हुनाले त्यस विषयमा केही लेखिन्छ । काठमाडौँका प्रताप मल्ल प्रसिद्ध राजा हुन् । उनले आफ्नो समयमा आफ्नो राज्यका भाइभारदार तथा वरिपरिका राज्यका राजाहरूलाई दबाएर शासन गरेका थिए । यसको साथै लेखपढमा पनि उनको गति भएकोले उनी प्रसिद्ध थिए । उनी आफूलाई कवीन्द्र ९कविहरूमा श्रेष्ठ० भनी लेखाउँथे । यस्ता प्रभावशाली राजा प्रताप मल्लको ५१ वर्षको उमेरमा वि।सं। १७३१ मा मृत्यु भयो । आफूपछि आफ्नी  मनपरेकी रानीपट्टिका छोरा महीपतेन्द्र मल्ललाई राजा बनाउनू भनी प्रताप मल्लले तोकेका थिए । प्रताप मल्लकै जीवनकालमा उनका केही छोराहरू मरिसकेका थिए । प्रताप मल्लको देहावसान हुँदा उनका बाँचेका छोराहरूमध्ये सबभन्दा जेठा नृपेन्द्र मल्ल थिए । त्यसबेला नृपेन्द्र मललको उमेर १२ वर्षको थियो । त्यसबेला पाटनमा प्रताप मल्लका काका सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्ल राजा थिए । प्रताप मल्लको मृत्युपछि दाजुहरू छँदाछँदै भाइ महीपतेन्द्र मल्ल राजा हुन सक्तैनन् भन्ने अभियानमा श्रीनिवास मल्ल लागे । यता प्रताप मल्लले राजामा तोकेर गएका महीपतेन्द्र मल्लको पक्ष पनि कमजोर थिएन र दुवै पक्षको सङ्घर्षमा प्रताप मल्लको मृत्युपछिकोे तीन महिना काठमाडौँको गद्दी खाली रह्यो । अन्त्यमा श्रीनिवास मल्लको बल पुग्यो र नृपेन्द्र मल्ल काठमाडौँका राजा बनाइए । वि।सं। १७३७ मा १८ वर्षको उमेरमा नृपेन्द्र मल्लको मृत्यु भयो । त्यसपछि नृपेन्द्र मल्लका भाइ पार्थिवेन्द्र मल्ल काठमाडौँको गद्दीमा राखिए । मैथिलकन्या ऋद्धिलक्ष्मी पार्थिवेन्द्र मल्लकी महारानी थिइन् । नृपेन्द्र मल्लको समयमा र पार्थिवेन्द्र मल्लको शासनकालको ३ वर्ष सम्म चिकुटि ९देवीदास० चौतारा ९मुख्यमन्त्री० थिए । साना राजा भएकाले र प्रताप मल्लको पालादेखिका शक्तिशाली भारदार भएकाले चौतारा चिकुटि त्यसबेला निकै शक्तिशाली थिए । उनको एकछत्र प्रभाव अरू भारादारहरूलाई क्रमशः मन नपर्दै गएको थियो र आफूलाई खतरा हुने सम्भावना देखि वि।सं। १७४० मा चिकुटि भागी पाटन गए । पाटनमा चार दिनसम्म बसी त्यहाँबाट त्रिशूलीपारि गोरखाको बुधसिं भन्नेगाउँमा गई चिकुटि बसे । यसपछि पाटनका राजा श्रीनिवास मल्लले काठमाडौँ आई लक्ष्मीनारायण जोशी, बावत, जयकृष्ण र जयकृष्णका छोरा श्रीकण्ठुसमेत चार जनाको मन्त्रिपरिषद् बनाउन लगाए । यी चार जनामध्ये सबभन्दा चलाख लक्ष्मीनारायण जोशी थिए । यसको चार वर्षपछि वि।सं। १७४४ मा पार्थिवेन्द्र मल्लको अकस्मात् मृत्यु भयो । खानामा विष मिलाई पार्थिवेन्द्र मल्ल र पार्थिवेन्द्र मल्लकी आमाहरूलाई सिद्धयाउने दाउले यो काम भएको थियो । बिरामी भए तापनि पार्थिवेन्द्र मल्लकी आमाचाहिँ बाँचिन् । विष खुवाउने काममा लक्ष्मीनारायण जोशीको हात थियो । पार्थिवेन्द्र मल्लको मृत्यु भएपछि हाम्रो राजालाई मार्ने को हो भनी काठमाडौँका ँदुनियाँ’ ९जनता० हनुमान ढोका दरबार घेर्न पुगे । कुरा खुलेमा आफ्नो नाश हुने स्थिति देखेका लक्ष्मीनारायण जोशीले आफ्नो उन्नति र शत्रुको नाश गर्ने कुरामा यसलाई प्रयोग गर्ने विचार गरे र यो विष प्रयोग मन्त्री वंशीधरको सहायताले चिकुटिले गरेका हुन् भन्ने हल्ला मच्चाए । त्यसबेला चिकुटि पशुपतिमा बसेका थिए । राजाउपर विषप्रयोगको आरोप लगाई सपरिवार चिकुटि र उनका अनुयायी खसहरू समातेर ल्याइए । बाटामा उत्तेचित भीडले चिकुटिलाई बेसरी कुट्यो । मन्त्री वंशीधर थुनिए । पछि राजद्रोहको अभियोग लगाई वंशीधर, सपरिवार चिकुटि र उनका अनुयायी खसहरू मारिए । यसपछि पार्थिवेन्द्र मल्लका छोरा भूपालेन्द्र मल्ल गद्दीमा राखिए । यसबेला भूपातेन्द्र मल्ल आठ वर्षका थिए । चौतारा ९मुख्यमन्त्री० पदमा लक्ष्मीनारायण जोशीको नियुक्ति भयो ।  राजा बालक, राजमाता ऋद्धिलक्ष्मी अनुकूल भएकी र आफ्ना शत्रुहरूलाई सिद्धयाउन समर्थ भएकाले लक्ष्मीनारायण जोशीको प्रभाव बढ्दै गयो । काठमाडौँमा आफ्नो प्रभाव जमाइसकेपछि पाटन र भक्तपुरमा पनि बारम्बार हस्तक्षेप गर्ने काममा लक्ष्मीनारायण लागे । पार्थिवेन्द्र मल्ल मारिएपछि शक्तिशाली भएका लक्ष्मीनारायण जोशीले धर्मकर्म पनि निकै गरे । यसै प्रसङ्गमा वि।सं। १७४५ वैशाखमा हुगलटोलमा ठूलो अग्लो मन्दिर बनाई लक्ष्मीनारायण जोशीले योगेश्वर महादेवको स्थापना गरे । मन्दिरको प्रतिष्ठा गर्दा लक्ष्मीनारायण जोशीले निकै खर्च गरे । भक्तपुरका राजा जितामित्र मल्ल पनि त्यस समारोहमा आएका थिए । जोशीले बनाएको हुनाले पछि यो जैसीदेवलको नामले प्रसिद्ध हुन थाल्यो । पछि त्यहाँको शिवलिङ्ग कालक्रमले बिग्रिई त्यसै रहेकोमा वि।सं। १९५८ मा श्री ३ देवशमशेरले त्यहाँ शिवलिङ्गको स्थापना गरिदिए र त्यसमा आफ्नो नाम जोडी त्यसको देवयोगेश्वर नाम राखे । वि।सं। १९५८ अधिक आषाढ शुक्ल प्रतिपदा र वि।सं। २०१४ भाद्र २४ गतेको गोरखापत्रमा यो कुरा लेखिएको छ । यसरी जैसीदेवलको इतिहास गोरखापत्रसँग पनि जोडिन आएको छ ।á   

http://www.gorkhapatra.org.np/detail.php?article_id=52482&cat_id=22


Read Full Discussion Thread for this article