Posted by: Tori Ko Tel August 3, 2011
Dhruba Ghimire for ANA Senior Vice President
Login in to Rate this Post:     1       ?         Liked by
आदरणिय ध्रुव जी

नमस्कार!

तपाईंले साझामा अएर, जन समुदायको बिच्मा आफ्नो उम्मेद्बारी को बारे कुरा  गर्नु सराहनिय  हो । म अमेरिकामा बस्ने एउटा साधारण नेपालि हुन जस्को इन्बक्स मा ANA चुनावको बारे धेरै ईमेल आई रछन । पठाउनेहरु  कसैलाई चिने को छु र कसैलाई लाई चिनेको छुइन । कस्लाई भोट दिउ र कस्लाई नदिउ भन्ने बिचार गर्दै छु ।

तपाईं को बक्तब्य पढेर मलाई दुइटा प्रश्न सोध्न मन लाग्यो:

(1) तपाईंले माथिका हरफ हरुमा भन्नु भयो : "जती पनि NORTH AMERICA मा रहेका नेपाली समाज हरुमा कर्यगत एकता गरी अझै अगाडि बढाउने"

यो कुरा सुन्दा राम्रो लाग्यो र यस बारेमा अलि बिस्तृत जानकारी भए हुन्त्यो । जस्तै के ठोस कदम हरु चाल्ने बिचार गर्नु भएको छ तपाईंले यो कर्यगत एकता बढाउन ? बिगतमा अरु नेपालि सँगठन हरु सँग एकता गास्न मा तपाईं को के कस्तो अनुभव छ ? कृपया झर्को नमनी खुलस्त पर्दिनु होला

(2) "नेपाल र अमेरिका बिच को ब्यापारिक सम्बन्धलाई अझ सुद्रिढ गर्न सहयोग गर्ने"

बिचार फेरी पनि राम्रो लाग्यो । कसरी सुद्रिढ गर्न केहि ठोस कदम्हरु र उदाहरन हरु कृपया यहाँ पेश गर्दिनु अनुरोध गर्द छु ।

तपाइ को उत्तर को आशा मा,

TKT

Read Full Discussion Thread for this article