Posted by: _____ August 1, 2011
HEROES of NEPAL
Login in to Rate this Post:     1       ?         Liked by



उज्यालो छर्दै दम्पती





कतिपय मान्छेहरू सेवानिवृत्त जीवनलाई मोजमस्ती र घुमफिरमा बिताउँछन्। तर, उदयपुरका ठूनीलाल चौधरीको हकमा भने यो कुरा लागू हुँदैन। शिक्षकको जागिरबाट निवृत्तिपछि पनि उनले निरन्तर रूपमा शिक्षामा योगदान पुर्‍याइरहेका छन्। यतिसम्म कि उनले आफ्नो पेन्सनसमेत शैक्षिक कार्यमा खर्च गररिहेका छन्।

उमेरले ६० नाघेका चौधरीको शिक्षाप्रतिको समर्पणलाई उनकी श्रीमती भिखनीदेवीले पनि सघाइरहेकी छन्। चौधरी भन्छन्, "यसले हामीलाई आनन्द दिइरहेको छ। समाजसेवाजस्तो पूण्य संसारमा केही छैन।"

चौधरीको शिक्षाप्रेम अहिले सुरु भएको होइन। सदरमुकाम गाईघाटभन्दा करबि २० किलोमिटर पूर्वमा रहेको हडिया गाविसमा पहिलोपटक विसं २०१८ मा विद्यालय सुरु गर्ने योजना बन्यो। तर, विद्यालय सुरु गर्नका लागि जग्गा र आवश्यक पूर्वाधारको कमी देखियो। त्यसैबेला ठूनीलालले बुबाले आफूलाई दिएकोमध्ये १० कट्ठा जग्गा जनता प्रावि हडियाका लागि नि:शुल्क उपलब्ध गराए। चौधरी ०२० सालबाटै शिक्षण पेसामा लागेका हुन्। शिक्षण पेसामा लागेर जिल्लाका विभिन्न विद्यालयमा पुगे पनि उनले आफ्नो गाउँको विद्यालयको विकासमा निरन्तर ध्यान दिइरहे। विद्यालय उच्च मावि हुने बेलामा पनि उनले थप जग्गा दिए। अहिलेसम्म उनले विद्यालयलाई १ बिघा ५ कट्ठा जग्गा उपलब्ध गराइसकेका छन्। "धनसम्पत्ति भन्ने कुरो मान्छे बाँचुन्जेलसम्म हुने हो, मरेर गएपछि त्यो के काम लाग्छ?" चौधरी भन्छन्, "शिक्षाले नै मान्छेलाई सफल बनाउँछ।"

शिक्षाले व्यक्तिको मात्र होइन, समाजकै विकास गर्छ भन्ने विश्वास राख्ने चौधरीको योगदानबाट गाउँलेहरू पनि दंग छन्। "ठूनीलाल नभएका भए सायद यो गाउँमा अहिलेसम्म पनि विद्यालय नै बन्ने थिएन," स्थानीय शिवप्रसाद भट्टराई भन्छन्, "उनी शिक्षासेवाका उदाहरण नै बनेका छन्।" चौधरी समुदायको बहुलता रहेको यस क्षेत्रमा बसोबास गर्नेहरूको मुख्य पेसा कृषि रहेको छ। "विद्यालय बनेका कारण गरबि किसानका छोराछोरीले पढ्न पाएका छन्, जसमा ठूनीलालको योगदान महत्त्वपूर्ण छ," भट्टराई भन्छन्।

चौधरीले विद्यालयका लागि जग्गा मात्र उपलब्ध गराएका छैनन्, विद्यालयमै पुस्तकालय भवन पनि बनाइदिएका छन्। आफ्नो जागिरका क्रममा सञ्चित रकमबाट ०६४ सालमा तीन लाख रुपियाँको लागतमा दुईकोठे भवनसमेत बनाएर उनले पुस्तकालय बनाउन योगदान गरे। सो पुस्तकालयको नाम 'ठूनीलाल भिखनीदेवी पुस्तकालय' राखिएको छ। चाैधरीले आफ्नो शिक्षण पेसाबाट निवृत्त भएको दिन १ वैशाख ०६८ मा दुई लाख रुपियाँ रकमको कोष खडा गरेर विद्यार्थीका लागि पुरस्कारको समेत स्थापना गरेका छन्। विद्यालयबाट एसएलसी परीक्षामा उत्कृष्ट हुने एक विद्यार्थीलाई वाषिर्क रूपमा सो पुरस्कार वितरण गरनिे छ। चौधरी भन्छन्, "मैले सकेसम्म बाँकी जीवन पनि शिक्षामा खर्चने योजना बनाएको छु। परिवारबाट पनि मलाई प्रेरणा मिलेको छ।"
Last edited: 01-Aug-11 09:55 AM
Last edited: 01-Aug-11 09:57 AM
Read Full Discussion Thread for this article