Posted by: _ July 31, 2011
बूढानिलकण्ठ स्कूल बचाउ: असफल प्रिन्सिपल नारायणप्रसाद शर्मा
Login in to Rate this Post:     0       ?        
यो सप्पै कुरो त के हो मलाइ थाहा छैन, तर अहिले बुढानिलकण्ठ स्कुल पहिले जस्तो पक्कै छैन.

असफल प्रिन्सिपल नारायणप्रसाद शर्मा  

प्राज्ञिक क्षमता भएका यसै विद्यालयका पूर्व अध्यक्ष सुरेसराज शर्माले मुख र मुठी बोकेर यही स्कूलको अनुभवलाई आधार बनाई पूर्वाधार बिनाको काठमाडौँ विश्वविद्यालयको उपकुलपति भएर आज सो संस्थाको गौरव र प्रतिष्ठा कायम गराएका छन् । तर वि.सं. २०५२ देखि आजसम्म अरवौंको भौतिक पूर्वाधार भएको यस स्कुलमा प्रिन्सिपल भएका नारायण प्रसाद शर्माले स्कूलको गौरव र प्रतिष्ठा बढाउन नसकेको मात्र होइन बदनाम समेत गराएका छन् । 2_ बौद्धिकताको अभावका कारण प्रिन्सिपल शर्माले आफ्नो करिब दुई दशकको लामो कार्यकालमा कहिल्यै पनि विद्यालय विकास सम्बन्धी प्रस्ताव तयार गर्न र सम्बद्ध पक्ष (Stakeholder) का बीचमा छलफल गराउन सकेनन् । 

माइसंसारबाट साभार 
www.mysansar.com/archives/2011/08/id/20437
Read Full Discussion Thread for this article