Posted by: subrath July 29, 2011
बेफुर्सदे जिन्दगी
Login in to Rate this Post:     3       ?         Liked by

तासका पत्तीहरु मिलाउदै
येताका कुरा उता केलाउदै
भैएछ बेफुर्सदे जिन्दगी
एक्का, दुवा, तिर्की
यसो मिलायो
रङका आशमा
चिडी, भोटे, ईटा, पाना
पल्टायो
बेला बेला दहरको चिट्ठा पर्छ
बाश्शा हान्यो विपक्षीको रङ जल्छ
बेफुसदे जिन्दगीले
मजा साथ तास खेलायो
खेल्दै खेलाउने रहरमा
वाल्यकाल यसै विलायो
व्यथै ठूलो हुन हतार गरिएछ
हातमा दुवा तिर्कीका तास पो घेरिएछ।

Read Full Discussion Thread for this article