Posted by: Sabindai July 13, 2011
नेपाल जलश्रोत को धनी देश् किन ?
Login in to Rate this Post:     1       ?         Liked by

नेपाल जलश्रोत को धनी देश् किन यस्तो ?

ऊर्जा मन्त्री गोकर्ण विष्टले सरकारले आगामी दुई महिनाभित्र चार हजार मेगावाट बराबरको विद्युत् उत्पादन हुने गरी नयाँ आयोजना सुरु गर्न लागेको बताउनुभएको छ ।
 
नेपाल उद्योग परिसङ्घले सोमबार राजधानीमा आयोजना गरेको 'नेपालमा ऊर्जा सङ्कटः समाधानको खोज' विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले पूर्व-पश्चिम र उत्तर-दक्षिण ट्रान्समिसन लाइन विस्तार गर्न लागेको जानकारी दिनुभयो । उहाँले निकट भविष्यमै ट्रान्समिसन लाइन निर्माणको काम सुरु हुनेछ भन्नुभयो ।

आगामी बजेटमार्फत विद्युत् र ऊर्जाका सवालमा नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उहाँले साना र ठूला आयोजना भनेर अल्मलिनुभन्दा आर्थिक समृद्धि र निर्याततर्फ जानुपर्ने अहिलेको आवश्यकता भएको औंल्याउनुभयो ।

त्यस अवसरमा नेपाल उद्योग परिसङ्घ ऊर्जा परिषद् संयोजक गुरुप्रसाद न्यौपानेले 'नेपालमा ऊर्जा सङ्कटः समाधानको खोज' विषयमा कार्यपत्र प्रस्तुत गर्दै सरकार र निजी क्षेत्रबीच विश्वासको सङ्कट, सुरक्षाको प्रभावकारी व्यवस्था नहुनु, उच्च भोल्टेज ट्रान्समिसन लाइन र आधारशीलाको निर्माण अभावलगायतका समस्याले गर्दा विद्युत् उत्पादनका सवालमा उल्लेख्य कार्य हुन नसकेको बताउनुभयो ।

जति गरे पनि किन हो येस्तो हालत हाम्रो? के नमीलेको होला?   
 

Last edited: 13-Jul-11 10:17 AM
Last edited: 13-Jul-11 10:17 AM
Read Full Discussion Thread for this article