Posted by: _____ June 29, 2011
कोइ छ माई का लाल ??
Login in to Rate this Post:     0       ?        

तेही त भक्ते जी, इन्हारू को बुद्द्धि कहिले आउने हो

ल एमाले क नेता हो तिमि हरु को नेता लै पुर्याउन जाने लै नै डाइभर ले समेत चुतेछां भारतमा, ल ताकत छ भने यो बजेट मा दार्चुला बाट नेपाल औना भारत को बाटो बाट औना नपर्ने गरि बाटो को लागि बजेट राख, एक वर्षमा नै बाटो खुल्ने गरि, भारातको डाइभरको कुटाई खादा सरम लाग्दैन?

एमाले नेतालाई पुर्‍याउन गएका अवस्थीमाथि भारतीय चालकको आक्रमण

 

 
 
  •  
(0 votes, average 0 out of 5)
विक्रम गिरी, महेन्द्रनगर, असार १५ - एमालेका केन्द्रीय नेतालाई जीप चढाउन गएका एक नेपाली युवालाई भारतमा कुटपिट गरिएको छ। एमाले केन्द्रीय सदस्यद्वय जगन्नाथ खतिवडा र उर्वादत्त पन्तलाई जीप चढाउन वुधबार भारतको धारचुला पुगेका दार्चुला खलंगाका लोकराज अवस्थीलाई भारतीय जीप चालकहरुले कुटपिट गरेका हुन्।
 
अवस्थी एमाले केन्द्रीय सदस्य पन्तका साला हुन्। उनलाई जीप चालक पुष्कर थलाल र राजु खिमालले कुटपिट गरेको अवस्थीका आफन्त श्यामराज अवस्थीले नागरिकलाई फोनमा बताए। 'टाउको र शरीर भरी घाउ छन्,' अवस्थीले भने, 'अहिले धारचुला अस्पतालमा उपचार भइरहेको छ।' अवस्था गम्भिर भएकाले चिकित्सकले थप उपचारकमा लागि हल्द्वानी लैजान रिफर गरेको उनले बताए। कुटपिटमा संलग्न जीप चालक थलाल र खिमाल विरुद्ध भारतीय प्रहरीमा उजुरी दिएको अवस्थीले बताए। 'घटनाबारे नेपाली प्रशासनलाई समेत जानकारी गराएका छौं,' अवस्थीले भने।
प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले घट्नाबारे सर्वदलीय वैठकमा कुरा राख्ने बताएका छन्। मदन भण्डारी फाउण्डेसनद्वारा दार्चुला सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा सहभागी भएर एमाले केन्द्रीय सदस्यद्वय भारतीय बाटो हुँदै महेन्द्रनगर फर्किदै थिए। ६ वर्षदेखि भारतको धारचुलादेखि महेन्द्रनगरसम्म भारतीय नम्बर प्लेटका जीपहरु सञ्चालनमा छन्। दैनिक एउटा जीप चलाउन पाइने नेपाल र भारतका प्रशासनिक अधिकारीहरुबीच समझौता छ। तर तीन-चार वटा जीप चलाउन खोज्दा दैनिक उनीहरुबीच यात्रु खोसाखोस हुने गर्छ। जीप चढ्ने सवै यात्रु नेपाली हुन्छन्। नेपालबाट यातायात सहज नहुँदा उनीहरु दैनिक भारतीय सवारी साधन प्रयोग गर्दै आएका छन्। वुधबार यसै क्रममा नेपाली यात्रु र जीप चालकबीच विवाद भएको हो।


source:http://www.nagariknews.com.np/
Read Full Discussion Thread for this article