Posted by: Janawar June 29, 2011
यो पनि समाचर: लोल्
Login in to Rate this Post:     0       ?        
 'लादेनसँग सुत्न सबैभन्दा मजा लाग्थ्यो ' अमेरिकी खोज पत्रकार जिन सेसनले नजवासँगको अन्तवार्तामा  तपाईले सधँ सम्झने क्षण कुन हो ? भनेर सोधिएको प्रश्नमा उनले भनिन्, 'लादेनसँग सुत्न सबैभन्दा मजा लाग्थ्यो  ।' न्जवा १७ वर्षकी हुँदा लादेनसँग विवाह भएको थियो  । अमेरिका आक्रमणको सन् २००९/११ बीचमा ओसामाले उनलाई तलाक दिएका थिए  । नजवाबाट उनका १० सन्तान छन्  ।अलकायदा नेता ओसामा बीन लादेनबारे भए/ नभएको घटना सार्वजनिक हुने क्रम अझै रोकिएको छैन  । पछिल्लो सार्वजनिक खबर छ- 'उनको सेक्स स्टाइल  । घोषित ६ वटा श्रीमतीमध्ये नजवा जेठी हुन्  । उनले भनिन्, 'जिहादबाट फर्केपछि लादेन कयौँ दिन सेक्समा बिताउँथे  ।'
 
http://www.nayapatrika.com/strange-world/7987-%E0%A4%95%E0%A4%AF%E0%A5%8C%E0%A4%82-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8-%E0%A4%B8%E0%A5%87%E0%A4%95%E0%A5%8D%E0%A4%B8-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A5%87-%E0%A4%B2%E0%A4%BE%E0%A4%A6%E0%A5%87%E0%A4%A8.html
 

स्कटल्यान्डको एक गाउँमा भयानक जनावर देखापरेको छ । जसले त्यहाँ निकै आतंक मच्चाइरहेको छ । यसअघि कहीँ पनि नदेखिएको यो जनावरले अहिलेसम्म थुप्रै मान्छे तथा घरपालुवा जनावरलाई आक्रमण गरिसकेको छ । स्थानीयवासी उक्त हिंस्रक जनावरको डरले साँझ परेपछि घरबाहिर निस्कँदैनन् । त्यतिमात्र नभई उनीहरूले त्रसित हँुदै रात बिताउँछन् । त्यो जनावर हेर्नमा ठूलो आकारको बिरालोजस्तो देखिन्छ । यसले अहिलेसम्म थुप्रै कुकर र मान्छेका दुई बच्चा खाइसकेको छ । स्थानीय क्याट्रिना वालेसका अनुसार उनलाई सो जनावरदेखि निकै डर लाग्छ । गाउँमा आतंक मच्चाउने हिस्रंक जनावरका कारण रात-दिन नै तनाबग्रस्त भएको छ । उनले आफ्ना बच्चालाई घरबाहिर हिँड्न रोक लगाएकी छन् । उनले एकरात उक्त जनावरलाई देखेको बताउँछिन् । 'एकरात मैले त्यो हिंस्रक जनावरलाई प्रत्यक्ष देखेँ । डरले थुरथुर भएँ । झट्ट हेर्दा मलाई त्यो जनावर ठूलोखालको कुकुरजस्तो लागेको थियो,' उनी भन्छिन्, 'मैले त्यसको फोटो पनि खिचेँ । तर, पछि हेर्दा अरू नै जनावर रहेछ ।' सोही इलाकामा बस्ने अर्का एक स्थानीयवासीले सो हिस्रंक जनावरले आफ्नो कुकुरलाई आक्रमण गरिसकेको बताएका छन् । उनले आफ्नो कुकुर भाग्यमानी भएकाले त्यसको पन्जाबाट उम्कन सफल भएको दाबी गरेका छन् । image

http://www.nayapatrika.com/strange-world/6946-%E0%A4%B9%E0%A4%BF%E0%A4%82%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A4%95-%E0%A4%9C%E0%A4%A8%E0%A4%BE%E0%A4%B5%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%AC%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%80-%E0%A4%86%E0%A4%A4%E0%A4%82%E0%A4%95%E0%A4%BF%E0%A4%A4.html

 

Read Full Discussion Thread for this article