Posted by: matyangra June 26, 2011
एउटा भेट बिछोड हुन....
Login in to Rate this Post:     2       ?         Liked by
 Chanakya niti , Obama and bhakte dai thanx for the comments...And I would like to apologize too for the delay of next part...I know I m not going as fast as u r expecting me to ....but I hope u ll forgive me for this delay.........here goes my fourth part....

श्रींखला-४



"तिमी अव गएर राजधानी मै होइन त बस्ने.."
मैले स्विकारोक्तिमा टाउको हल्लाएँ । कम्तिमा अहिले चैत छ असोज सम्म मेरो काम छैन । म राजधानीकै कुनै गल्लिमा हल्लिने छू । त्यसपछि कतै फिल्ड जान सक्छू वा देशको कुनै कुनामा हुन सक्छु । उसलाई मेरो देशको स्थिति बुझाउन गाह्रो छ जसरी मलाई पनि उसको देशको स्थिति बुझ्न गाह्रो छ । म उसलाई भन्न चाहन्छु अब हामीले एक अर्कालाई बिस्तारै बिस्तारै बिर्सिन खोजेकै बिसेक हुन्छ । जति टाढा भएर हामी एक अर्कालाई सम्झिन खोज्नेछौँ उति हाम्रो माया माया नभएर जीवनमा लागेको एउटा गहिरो चोट हुनेछ । खिल बनी बिझ्नेछ बिस्तारै बिस्तारै ...।तर अहँ सक्दिन....आफ्ना शब्दहरु रोकेँ मैले।।।
"अनि तिमी?"
"म पनि जाकार्तामैँ हुन्छु...हुन पनि जाकार्ताको धुवाँ धुलो अनि अत्यासलाग्दो भिँडमा मलाई हराउन सजिलो छ..."
" म सँग त भीँड पनि छैन आफ्नो..."
"भीँड कसैको आफ्नो हुँदैन , भिँड केवल भीँड हो तिमी मिसिन चाहन्छौ वा छुट्टै भएर पनि हराउन चाहन्छौ त्यो तिम्रो विषय हो त्यो तिम्रो रहर हो..."
मैले उसलाई हेरेँ । कहिलेकाहिँ म उसका कुराहरु बुझ्दिन। उसका गहिरा कुरा हरु । समुन्द्रका मोति जस्ता अमुल्य वाक्यहरु । मैले एक एक गरेर सम्झनाको माला बनाएको छु उसका वाक्यहरुबाट ...मुटुको कुनै कुनाको बाकसमा यी अमुल्य वाक्यहरु कसैले थाहा नपाउने गरी साँचिनेछन् ।
"हामी किन यस्ता बकम्फुसे गफ गर्दैछौँ...."
"तिमी के गर्न चाहन्छौ त?"
मैले उसलाई फेरी अँगालोमा बेर्दै भनेँ ..
"हामी सँग समय छैन घडी हेर त."
मैले घडी हेरेँ । ओहो तिन बजिसकेछ ....किन घडी यति चाडो दौडिदैँछ आज । विवश म समय रोक्न सक्दिन ।
"मलाई थाहा छ..." उसले पनि घडी नियाल्दै भनी ।

उ उठी अनी आफ्नो ढाड एकैछिन तन्काई । यो उसको नियमित प्रकृया मध्येको एक हो । म अभ्यस्त छु... छेवैको प्याक गरीसकेको झोलाबाट आफ्नो पेन रिलिफ बाम निकाली अनि म तिर तेर्स्याई । उसले मलाई भनीरहनु पर्दैन उसको ढाड दुखेको छ भनेर ... मलाई जस्तै उसलाई पनि धेरै बेर बस्न हुन्न । उ सक्दिन , उसको पनि ढाड दुख्छ मेरो जस्तै ... 
मैले आफ्नो हातले उसको ढाड मा थोरै पेन रिलीफ बाम लगाएर सुम्सुम्यए...कुनै स्पर्शहरु चिरस्पर्शी हुन्छन । जस्तो मेरो हातले अहिले कसैको ढाड होइन कसैको मुटु छोएको छ । 
........................... ............................. ........................ ......................... ........................... ......................
"तिमीलाई मेरो निम्तो छ , पर्सी म दुइचारवटा हाम्रो खाना बनाउँदै छु..हुन त कुनै परिकार पनि राम्रो बनाउदिन तर पनि म प्रयास गर्ने छु..."
उसले मलाई निम्तो गरी । धेरै पछि उसले मलाई आफ्नो कोठामा निम्तो गरी... ।मैले ग्र्याजुएसन नाइट पछी उ सँग माफी मागेको थिएँ । उसले हाँसेर म तिर हेर्दै भनेकी थीई..
"कहिलेकाहिँ मान्छे होशमा हुँदा शव्दहरु लुकाउँछ... मलाई नशाको सवैभन्दा मन पर्ने पाटो त्यहि हो..."
मैले हाँस्ने वा आफ्ना वाक्यहरुलाई अरु तिर मोड्ने छुट्याउन सकेको थीइन त्यति बेला...हो साँचै नशामा मान्छे साँचो हुन्छ ।
"को को आउँदैछन् ?"
"अरु सँग तिमीलाई के को सरोकार ..तिमी भ्याउँछौ भ्याउँदैनौ भन न...!!!"
"बेलुका हैन त ?:"
उसले टाउको हल्लाई...
"हुन्छ म आउँछु..." 
मैले एकछिन सोचे जस्तो गरेर जवाफ फर्काएँ ।म किन पो आउँदिन भन्थेँ र...।
............................. ................................. .......................... .............................. ............................ ........
"तिमीले मलाई मात्र एक्लै बोलाएकी ?"
मैले अचम्म मान्दै उसलाई हेर्दै प्रश्न राखेँ ।
"तिमी आए पछी किन हो किन सवै कलेजनै म सँग भए जस्तो लाग्छ..."
उसले आँखा झीम्क्याउँदै मलाई जिस्क्याई । मेरी गम्भिर साथी आजकल कहिलेकाहिँ म सँग जीस्किने भएकी छ...छेवैमा भएको कोक को बोटल र डोरिटोस् उसले म तिर तेर्स्याई....
"सरी म सँग पिउने नाम मा यहि कोक मात्रै छ...तर चिप्स मैले मेक्सिकन पनि ल्याएकी छु....तिमीलाई सवैभन्दा मन पर्ने केटीको देश..."
" हो पछाडी बाट त झन ज्यानमारा नै देखिन्छे मोरी..."
म पनि जिस्किदिएँ । मलाई थाहा छ उ सुन्न चाहन्छे होइन त्यो केटी भन्दा त तिमी नै राम्री देखिन्छौ तर मैले आफ्ना शव्दहरु साँचेको छु । म सँग आँट छैन उसलाई भन्ने...
"अनि तिमीले मलाई आफ्नो देशको खाना खान बोलाएकी हैन...अब मैले यो कोक र मेक्सिकन चिप्स मै चित्त बुझाउने ?"
मैले उसलाई जिस्क्याएँ । 
"पर्ख एकैछिन समय लाग्छ.।"
उसले मलाई भनी । 
"अनि कति पिउँछौ यो कोक पनि...तिम्रो नाम त कोकी हुनु पर्ने..."
उ मुसुक्क हाँसी...
"तिमीलाई थाहा छ ... मेरो मिल्ने साथीहरुले मलाई कहिल्यै पनि नाम ले बोलाउँदैनन् सवैको आफ्नै नाम छ. मलाई बोलाउने आज तिमीले त्यसमा एउटा अर्को नाम थपिदियौ.।।।"
"तिमीलाई अरु नाम ले बोलाएको मन पर्छ त?"
उसले टाउको हल्लाई...
"ल आज देखी मेरो तर्फ बाट तिम्रो नाम...कोकी..."
" अल्छि लागे इन्टरनेट खोलेर बसे पनि हुन्छ ।"
उ म सँग छे कसरी पो अल्छि लागोस् मलाई ।
"मैलै सघाउनु पर्ने छ भने भन.."
मैले आफु सँग नभएको जाँगर देखाउँदै भनेँ। सामान्यतय भान्छा छिर्ने बित्तिकै मेरो जाँगर सेलाउँछ । तर शायद यहि होला माया भनेको । माया सँगै परिवर्तन जोडीएर आउँछ। म परिवर्तन हुँदैछु ।
"पर्दैन...यति दिन भो संगत गरेको तिमी कति अल्छि छौ भनेर मलाई पनि थाहा छ..."
कसरी थाहा भो उसलाई मलाई खाना बनाउन मन पर्दैन भनेर..पक्कै पनि कोही मेरा नेपाली साथीले उसलाई सुनाएको हुनुपर्छ । केहि कुरा अडिदैन उनीहरु घाँटीमा किलकिलो नभएका केटाहरु केटी जस्तै , यस्तो कुरा पनि भन्ने कुरा हो र ? मन मनै रिस उठ्यो ।
"कसले भन्यो भन त ?"
"वकिल हुँ मलाई धेरै कुरा कसरी खोतल्ने थाहा छ.."
"कहिले काहिँ वकिल हरु बुझी बुझि बुझ पचाउँछन् !"
मैले उ तिर नियाल्दै भनेँ...
"कहिलेकाहिँ वकिल हरुलाई थाहा भए पनि अरुकै मुखबाट सुन्ने रहर हुन्छ..."
उसले मिठो जवाफ फर्काई...
म उसको नजिकै गएँ...अनि उसको कानमा साउति मार्दै भनेँ....
"तिमी के सुन्न चाहन्छौ?"
उसको मुटुको ढुकढुकी बढेको मैले छेवैबाट सुने.. हो अहिले उ मेरो असाध्यै नजिक छे। उसले आफ्नो मुटुको ढुकढूकी लाई औसतमा झार्न खोज्दै जवाफ फर्काई....
"जे तिमी भन्न चाहन्छौ..."
मैले धेरै बेर उसको आँखा नियाँले...आफूलाई ति आँखामा खोजीहेरेँ । हो उसको आँखामा अहिले म मात्र देखिएको छु । म वाहेक केहि अट्ने ठाउँ छैन त्यो आँखामा । 
"तिम्रो मुटुको ढुकढुकी बढेको मैले महसुस गर्न सक्छू..."
मैले बिस्तारै उसको हात समात्दै भनेँ....। उसले अर्को हातले ग्याँस निभाई.... अनि म तिर आग्रहि आँखाले हेरीरही... उ म बाट अझ धेरै सुन्न चाहन्छे म नरोकीउँ भन्ने उसको चाहना छ...।
"मलाई त्यो मेक्सिकन केटी भन्दा पनि तिमी मन पर्छ..."


क्रमश:



 
Read Full Discussion Thread for this article