Posted by: Padante Khate muraj June 15, 2011
जम्माजम्मी कारण यति मात्र हो।
Login in to Rate this Post:     0       ?        

लौ बर्बाद! बंगलादेशमा देशको नाम राख्‍ने केटाहरुलाई नेपाल पो फर्काउने रे


शुक्रबार बंगलादेशको साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीमा ग्याङफाइट गरेर देशको नाम राख्‍ने केटाहरुको बारेमा समाचारहरु त सुन्नुभएकै होला। दुःखको कुरा, ती उपद्र्याहा केटाहरुलाई त नेपाल फर्काउन पो दबाब बढ्दै रहेछ। घटनामा घाइते भएका विद्यार्थीहरुका अभिभावकहरुले ती आक्रमणकारी केटाहरुलाई युनिभर्सिटीबाट रेस्टिकेट गरी नेपाल फर्काउन परराष्ट्र मन्त्रालयमा दबाब दिँदैछन्।

लौ बर्बाद हुने भएन त अब! त्यसै त मुन्द्रेसुन्द्रे, वाइसीएल, युथ फोर्स, तरुण दलका गुन्डाहरुबाट आतंकित छ नेपाल। अब विदेशमा समेत नडराई पुरुषार्थ देखाउनेहरु स्वदेशमा आउने भएसि कतिको ढाड चिलाउने होला, कतिको नाक भाँच्चिने होला, कतिको हातखुट्टा सोझिने होला !


शुक्रबार राति भएको नेपालीमाथि नेपालीको आक्रमणमा कूल १५ जना विद्यार्थी घाइते भएका थिए। ती घाइते विद्यार्थीका अभिभावकहरुले हिजो परराष्ट्र सचिव मदन भट्टराईलाई भेटी उपद्र्याहा केटाहरुलाई नेपाल फर्काएर आफ्ना छोराछोरीको सुरक्षा गर्न दबाब दिएका थिए।

कलेजले उनीहरुलाई रेस्टिकेट गरे नि उनीहरु बंगलादेश मै रहेसम्म आफ्ना छोराछोरीको ज्यानमा खतरा हुने उनीहरुले तर्क गरेका थिए। हाम्रा सन्तान पढ्न गएका, त्यहाँ ज्यानमाराहरुको डरले लुकेर बस्नुपर्‍यो भने के पढ्छन् उनीहरुले भनी अभिभावकहरुले प्रश्न राखेका थिए।

ती अभिभावकहरुले आक्रमणमा संलग्न भनी आफ्ना छोराछोरीहरुले दिएको नाम परराष्ट्र सचिवलाई बुझाएका छन्। उनीहरुले दिएको सूचिमा अस्ति शुक्रबार आक्रमण गर्नेहरु भनी यी विद्यार्थीहरुको नाम रहेको छ-

के उनीहरुलाई नेपाल फर्काइन्छ त ? परराष्ट्र सचिव मदन भट्टराईका अनुसार बंगलादेशस्थित नेपाली दूतावासलाई घटनाबारे बुझ्न र आवश्यक कारबाही गर्न निर्देशन दिइसकिएको छ। दूतावासका अधिकारीहरुले घटनास्थलमा नै गई अनुसन्धान गर्ने र त्यसको प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाउनेछ। त्यही प्रतिवेदनका आधारमा यहाँबाट थप कारबाही अघि बढाउनेछ।

शुक्रबार भएको आक्रमणमा संलग्न कोही पनि अझै पक्राउ परेका छैनन्। बंगलादेशको चित्तगावंस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी। विज्ञान र प्रविधिमा उच्च शिक्षा हासिल गर्न गएका केटाहरुमध्ये हतियारधारी नेपाली विद्यार्थीहरुको एक समूहले आक्रमण गर्दा सिकिस्त घाइते भएका तीन मध्ये दुई जना डिस्चार्ज भइसकेका छन्। पेटमा छुरा हानेर कोठा भित्र थुनिएका दीपक गिरी अनि टाउकोमा गम्भीर चोट परेका जगलाल जैसवाल डिस्चार्ज भएका हन्। तीन तलामाथिबाट फ्याँकिएका सैलुजानन्द भुरेलको भने अझै अस्पतालमा उपचार भइरहेको छ।

यत्रो कान्ड मच्चिनुको पछाडि कारण भने सामान्य थियो। कलेज एसाइन्मेन्ट बुझाउने क्रममा राजु शेरचन नामका एक विद्यार्थीले लाइन मिचेर अगाडि पुगेका रहेछन्। त्यस क्रममा ओमप्रकाश पण्डितसँग भनाभन भएछ। जम्माजम्मी कारण यति मात्र हो।

अब ती केटाहरुलाई नेपाल फर्काइएको विरोधमा विमानस्थलदेखि नै उपद्रो सुरु गर्लान् भन्ने पो डर भो त हौ हामीलाई त।
Read Full Discussion Thread for this article