Posted by: _____ June 12, 2011
सोच मा दरिद्रता कि बाध्यता ?
Login in to Rate this Post:     0       ?        
२२ लाख मा आफ्नै देश मा पसल खोलेर मजा संग बस्न सकिन्छ, अब बाबु  आमाले २२ लाख कमौना सक्ने संग अरु पनि पैसा होला तर बुध्ही बिग्रे पछि तेस्तै हो

तेती मात्र होइन पैसा भएको बाबु आमाले जबर्जस्ति डाक्टर पढ्न पठाएपनि छोरा छोरी को तल तेस्तै हो,
आरु लै गाली गर्नु सट्टा धेरै नेपाली हरुले ऐना मा आफ्नो अनुहार हेर्न जरुरि छ 
ल पढ्नुस तल

बंगलादेशमा नेपालको नाम राखे केटाहरुले !

हामी नेपाली वीर छौँ तर, बुद्धू छौँ, हामी बुद्धू छौँ र त हामी वीर छौँ… भनेर कवि भूपि शेरचनले उहिल्यै भनेका थिए। स्वर्गमा बसेर नेपाली खबर हेर्न पाउने हुँदो हो त आफ्नो कुरा अझै पनि सही साबित भइरहेको देखेर उनी दुःखी हुन्थे होलान्। नेपालीहरुको बुद्धू वीरतालाई भर्खरै बंगलादेशमा पढ्न गइरहेका केटाहरुले साबित गरिदिएछन्। एकआपसमा काटाकाट गरेर उनीहरुले नेपालको नाम राखेछन्।

घटना शुक्रबार रातिको रहेछ। बंगलादेशको चित्तगावंस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी। विज्ञान र प्रविधिमा उच्च शिक्षा हासिल गर्न गएका केटाहरु। हतियारधारी नेपाली विद्यार्थीहरुको एक समूहले अर्को समूहलाई आक्रमण गरेछन्। काटाकाटमा १५ जना घाइते भएछन्। ती मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेछ।

यत्रो घटना हुनुपछाडिको कारण चाहिँ के रहेछ त ? कारण पनि उही ‘बुद्धू छौँ र त वीर छौँ’ लाई पुष्टि गर्ने खालको छ। एउटा सामान्य कारण- लाइन मिचेको।

चार दिनअघि प्राक्टिकल एसाइन्मेन्ट बुझाउने क्रममा राजु शेरचन नामका एक विद्यार्थीले लाइन मिचेर अगाडि पुगेका रहेछन्। त्यस क्रममा ओमप्रकाश पण्डितसँग भनाभन भएछ। कुरो यत्ति मै सकिए त हुन्थ्यो नि।

किन सकिनु र ! नेपालीको नाम जो राख्‍नु थियो विदेशमा। शेरचन र उनका साथीहरुले हतियारसहित शुक्रबार राति युनिभर्सिटीको होस्टलमा आक्रमण गरेछन्। दीपक गिरीको पेटमा छुरा रोपिएछ, सैलुजानन्द भुरेललाई तीन तलामाथिबाट फ्याँकिदिएछन्। दुवैको त्यहाँको सरकारी अस्पतालको आइसीयुमा उपचार भइरहेको छ।

एमबीबीएस अर्थात् भविष्यका डाक्साबहरु जगलाल जैसवाल, पुष्प भुसाल, सौभाग्य शाह, सञ्जय यादव, मोहम्मद इमरान, दीपेश उप्रेति र शेखर यादव घाइते भएका छन्।

उनीहरुले आक्रमणकारीका रुपमा राजेन्द्र ढुंगाना, शम्भु सेन तुम्बाफो, रत्‍न शाही, दीनेशराज दहित, सुसाबिन राई, दुर्गा गुरुङ र घनश्याम राईको नाम पोलेका छन्। यी सब त्यही युनिभर्सिटीमा पढिरहेका विद्यार्थी हुन्।

विदेशी भूमिमा यति महान काम गर्ने भविष्यका डाक्साबहरुलाई नेपालमा सम्मानको कुनै कार्यक्रम छ कि छैन ? उनीहरुलाई पढ्न त्यहाँ पठाउने बाबुआमाहरु अहिले दंग परिरहेका होलान् कि नहोलान् त ?

source: http://www.mysansar.com/archives/2011/06/id/19511#more-19511

Read Full Discussion Thread for this article