Posted by: WikiLeaks June 12, 2011
ANA DC Convention Postponed
Login in to Rate this Post:     0       ?        
एएनए डिसी कन्भेन्सन स्थगित
 
 
 
एसोसिएसन अफ दि नेपलिज इन द अमेरिका (एएनए) अध्यक्ष सिमोन ढुंगाना, इन्डीपेंडेन्ट टास्क फोर्स (आईटिएफ) का चेयरम्यान छेवांग शेर्पा लामा र एएनए २९ औं कन्भेन्सन इलेक्सन कमिसनका चीफ कमिस्नर राजा उपाध्यायको गैर जिम्मेवारी र धाँदलीका कारण भर्जिनियाको वेस्टफिल्ड मेरिअट होटलमा गर्ने भनिएको एएनएको २९ औं कन्भेन्सन स्थगित हुन् पुगेको छ
 
 
 
हिजो जून १०, २०११ मा एएनएको २९ औं कन्भेन्सनबाट चयन हुनु पर्ने एक्ज्युक्युटिब बोर्डका अध्यक्ष, उपाध्यक्ष, महासचिब, कोषाधक्ष्य र इन्फर्मेसन डाइरेक्टरको निर्बाचनका लागी उम्मेदवारले आ-आफ्नो नाम दर्ता गर्ने दिन थियो तर त्रय ढुंगाना, शेर्पा लामा र उपाध्यायबाट धाँदली हुन् गई कुनै पनि उम्मेदवारलाई कुनै पनि पदका लागि नाम दर्ता गर्न दिइएन । हिजो दिनभर बिभिन्न पदका लागि उम्मेदवार हुन् चाहने र मनोनयन पत्र दाखिला गर्न चाहनेहरु इलेक्सन कमिसनका चिफ कमिस्नर राजा उपाध्याएको प्रतीक्षा गरि रहे तर उनले राति ८:३० बजे सर्ब पक्षिए बैठक बसी मनोनयन पत्र दाखिला गर्न दिने नदिने निर्णय सुनाउने र त्यहि अनुसार गर्ने भनेर सबैलाई झारा टरुवा जबाफ दिएर भुलाई रहे
 
 
 
राति ८:३० बजे बैठक बस्यो तर मनोनयन गर्न दिने निर्णय नगरी त्रय ढुंगाना, शेर्पा लामा र उपाध्याय बैठक स्थलको ब्याक डोरबाट फरार भए । उम्मेदवार हुन् चाहनेले उनीहरुलाई पछ्याई रहे र आज जून ११ तारिख बिहान सर्बपक्षिए बैठक बस्यो र सबैले चिफ कमिस्नर राजा उपाध्याएलाई सहयोग गर्ने, डिसी कन्भेन्सन भव्यताका साथ् सम्पन्न गर्न सर्बपक्षिए सहयोग जुटाउने र मेम्बर भेरिफिकेसन कमिटीले भेरिफाई गरेर एएनए एक्ज्युक्युटिब बोर्ड समक्ष जून ६, २०११ मा बुझाएको र एक्ज्युक्युटिब बोर्डले बुझी लिएको मार्च ३१, २०११ सम्म एएनएको सदस्यता लिएका २ सय ४४ लाईफ मेम्बरहरुबाटै निर्बाचन सम्पन्न गर्न आज जून ११, २०११ का दिन मनोनयन पत्र दाखिला गर्न दिने निधो भयो । यो निधो भएपछी एएनए स्पेसल कमिटिका सदस्य डाक्टर कुन्जरमणि शर्माले देहाएको इमेल सार्बजनिक गरि एएनए कन्भेन्सन सफल तुल्याउन आग्रह गरे:
 
 
Press Release
Date: June 11, 2011
Contact: Dr. Kunjar Sharma
 
A group of concerned former presidents, officers and life members of ANA met on June 10, 2011 and agreed on the following points.
We believe that under the able leadership of Mr. Raja Upadhyay, the chief election commissioner, the ANA election commission 2011 will conduct a free, democratic, transparent and fair election for the ANA officers, in accordance with the bylaws of ANA, without undue delay. The chief election Commissioner was appointed by the general body meeting of ANA and vested with independent and full authority to conduct the election for ANA‘s 2011-2013 term. We urge all to assist the chief election commissioner in completing his task. In order to identify eligible voters of ANA, a membership verification committee (MVC) with independent and full authority was also arranged by the general body of ANA. The MVC has apparently completed its task and a formal & final list is expected to follow for the use of the election commission. We congratulate the MVC for completing its work in a timely and principled manner.
We are all committed to attend the ANA convention in Washington DC in July 4th weekend, and actively participate in the convention in a spirit of solidarity and unity with all the ANA members and well wishers. We appreciate the good work being done by the convention organizing committee. We believe the dc convention would usher a new beginning for the ANA helping it to reestablish its image and vibrancy.
 
बैठकमा त्रय ढुंगाना, शेर्पा लामा र उपाध्याएले सकारात्मक जबाफ दिएर चुनाव प्रक्रिया अगाढी बढाउने आश्वाशन पाए पछी उत्साहित भएका एएनएका लाईफ मेम्बरहरु आज दिनभर मनोनयन दाखिलाका लागि कूर्दा कुर्दै राजा उपाध्यायबाट निर्बाचन सम्बन्धि कुनै प्रक्रिया अगाढी बढाईएन् र दिउसो मध्यान्तरसम्म सम्पर्कमा रहेका उपाध्याय मध्यान्तरपछि सम्पर्क बिहिन भएको खबर भर्जिनियाबाट उम्मेदवार हुन् चाहने एएनएका एक जना लाईफ मेम्बरले बताएका छन
 
 
 
स्मरण रहोस, सिमोन ढुंगाना बहाल रहेको एएनए एक्ज्युक्युटिब बोर्डले मे १, २०११ मा मेम्बर भेरिफिकेसन कमिटि नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष बशन्त श्रेष्ठको अध्यक्षतामा गठन गरि मार्च ३१, २०११ सम्म एएनएको सदस्यता नबिकरण गरेका सदस्यहरुको भेरीफिकेसन गर्न र तिनीहरुको नामावली सहितको रिपोर्ट एएनए बोर्ड समक्ष पेश गर्न निर्देशित गर्यो । जस मुताबिक कमिटीले अस्ति जून ६, २०११ मा एएनएका २ सय ४४ जना मात्रै लाईफ मेम्बरहरु एएनएको बैधानिक सदस्य रहेको रिपोर्ट बोर्ड समक्ष बुझायो र रिपोर्ट सार्बजनीक भयो । रिपोर्ट तयार पार्न एएनए अध्यक्ष सिमोन ढुंगानाले हरि कुमार शर्मालाई आपनो तर्फबाट, आइटीएफका छेवांग शेर्पाले बशन्त श्रेष्ठ र एक बहादुर क्षेत्रीलाई र एडहक कमिटीका तर्फबाट अनिल पाठक मेम्बर भेरीफिकेसन कमिटीमा ल्याईएका थिए । 'सत्य डग्दैन झुटो टिक्दैन' भन्ने नेपाली उखानलाई सायद उनीहरु जसजसका भएपनि बास्तबिकता र सहि निर्णय गर्नबाट चुकेनन्, उनीहरुले जे देखे, जे भेटे त्यहि कुरो उजागर गरे र सत्य रिपोर्ट बुझाए र सार्बजनिक गरे । उनीहरुको काम गराईबाट एएनएलाई एकताबद्द गरि कन्भेन्सन सफल गराउन क्रियाशील भएको र जो सुकै पदमा आओस प्रक्रिया सम्मत आओस भन्ने उद्देश्यले प्रेरित भएको देखिन्छ तर सार्बजनिक पदमा आफ्नै मान्छे आउनु पर्छ नभए यहि बोर्ड अर्को दुई बर्ष निरन्तर हुनेछ भन्ने शेर्पा लामाको धम्कीपूर्ण इमेल प्रकाशमा आउने नै थिएन
 
 
 
एएनएका लाईफ मेम्बरहरुमात्रै यो बर्ष २०११ को इलेक्सन र कन्भेन्सनका आधिकारिक व्यक्ति हुन्, २ सय ४४ उक्त सदस्य बाहेक एएनएमा बिध्यमान सबै गैर सदस्यहरु भाडाका टट्टू हुन्, चाहे बाँकी लाईफ मेम्बर हुन् वा जनरल मेम्बेर हुन्, चाहे पूर्ब अध्यक्षहरु हुन, चाहे बर्तमान बोर्डका कार्यबाहक उपाध्यक्ष डिल्ली पौडेल, महासचिब र कोषाध्यक्ष धिरेन गुरुङ हुन् वा इन्फर्मेसन डाईरेक्टर कुमार देउजा हुन्, चाहे रुप न रंगका बोर्ड सदस्यहरु हुन्, आपनै कार्यकालमा हुन् गैरहेको एएनएको सदस्यता नबिकरण नगर्ने र एएनएलाई बुझाउनु पर्ने शुल्क नबुझाएर एएनएलाई आर्थिक घाटा पार्ने सबै भाडाका टट्टू हुन्
 
 
 
आपनै संस्थाको सदस्यता नलिनेहरु सबै सिमोन ढुंगाना, छेवांग शेर्पा लामा र राजा उपाध्यायका रैतीहरु रहेछन रैतिहरु नभए एएनए इलेक्सनमा आफ्ना कोहि उम्मेदवार हुन् पनि नपाउने र भोटर हुन् पनि नपाउने भए पछी एएनए अफिसरहरुको निर्बाचनका लागि मनोनयन दाखिला गर्ने अन्तिम दिनमा घोटाला वा धाँदली गर्दा अर्को २ बर्षे कार्यकाल पनि एएनएमा लुटेर चलाउन पाईन्छ भन्ने गलत मानसिकताले त्रय एएनए लुटेराहरुले लाईफ मेम्बरहरुलाई चुनावमा सहभागी हुन् दिएनन
 
 
 
एएनएको २९ कन्भेन्सनमा उपस्थित हुनु भनेको अमेरिका र क्यानाडामा बसोबास गर्ने सारा नेपालीहरुको साझा संस्थालाई नै बलात्कार गर्न सक्ने, एएनएको बाई-लजलाई च्यात्न सक्ने, आफैले बनाएको नियम आफैले खारेज गर्न सक्ने, दुनियाको अगाडी खाएको कसमलाई धोति लगाउन सक्ने, जानाजान संस्थाको मर्ममाथि प्रहार गर्न सक्ने र प्रजातान्त्रिक प्रक्रियालाई च्यात्चुत पार्न सक्ने नियत भएका त्रय ढुंगाना, शेर्पा लामा र उपाध्यायका रैती बन्न जानु हो भन्ने परेको छ अहिले भन्दै एएनएलाई बिश्वास गर्ने, प्रजातान्त्रिक प्रणालीमा बिश्वास गर्ने र एएनएको माया गर्ने लाईफ मेम्बरहरु (सिमोन ढुंगाना बाहेक) ले २९ औं कन्भेन्सन बहिस्कार गर्ने भएका छन असल र बैधानिक सदस्यहरु कन्भेन्सनमा उपस्थित नहुने भए पछी अबैधानिक र भाडाका टट्टूहरुको हूलमा त्यो पनि नेपाली नेपाली बीच झडप हुन् सक्ने सम्भावनालाई मनन गरी नेपालीहरुको उपस्थिति नहुने सम्भावना कन्भेन्सन आयोजकले देखेर २९ औं कन्भेन्सन स्थगित हुन् सक्ने आयोजक समितिका सदस्यहरुले नै आज दिनभर कन्भेन्सन स्थगित गर्न नेतृत्वलाई दबाब दिएको कुरो प्रकाशमा आएको छ । सम्भवत: एक दुई दिनमै यस सम्बन्धि निर्णय बाहिर आउने कुरो अहिले भर्जिनियामा चर्चा गरिदै छ
 
 
 
सम्भबत: न्युइंग्ल्याण्डबाट एएनए अध्यक्ष, आईटिएफ चेयरम्यान र एएनए इलेक्सन कमिटिका चिफ कमिस्नर बिरुद्द एएनएको बाई-लज बिपरित इलेक्सनको अन्तिम घडीमा धाँदली गरेर एएनए कब्जा गरेको र एएनएको गैरकानूनी कन्भेन्सन गर्न लागिएको बारे लाईफ मेम्बरहरुबाट न्याय खोज्न डिसी डीए वा कोर्ट जानु पर्ने तर्क गरिदैछ एएनए लाईफ मेम्बरहरुबाटै निर्बाचन तत्काल गरिएन भने जूलाई १ देखि सिमोन ढुंगाना समेत एएनका गैरकानूनी अध्यक्ष हुनेछन । त्यतिमात्र होइन, एएनए सिंगो संस्था समेत त्यसपछि अस्तित्वहिन हुनेछ । लाईफ मेम्बरहरु बाट मात्र नया एक्ज्युक्युटिब बोर्ड बने, त्यो सिंगो ढुंगाना बिरोधि टिम हुने र बोस्टन कन्भेन्सनको ८४ हजार घोटाला सम्बन्धि बिसीएफअईसिको रिपोर्ट कार्यान्वयन हुन् गई ढुंगाना फन्दामा पारिने डरले ढुंगानाकै बिशेस आग्रहमा शेर्पा लामा र उपाध्यायले एएनए कब्जा गरेको आशंका गरिदैछ । यी नै बिबिध आशंका र कन्भेन्सनमा नेपाली-नेपाली बीच झडपको सम्भावनादेखी कन्भेन्सन स्थगित गर्न खोजिएको बताईदै छ
Read Full Discussion Thread for this article