Posted by: matyangra June 10, 2011
एउटा भेट बिछोड हुन....
Login in to Rate this Post:     1       ?         Liked by
 राहुल भाइ- कथालाई निक्कै केलाएर हेरिदिनु भएकोमा धन्यवाद...
तिमी मेरो साथी, geology tiger , birkhe maila , perfectionist..- प्रतिकृयाको लागि धन्यवाद
साथै पढेर मलाई हौसला दिनुहुने सवैलाई धन्यादका साथ दोश्रो भाग पस्कदैछु....

श्रींखला -२

उसको कोठा सँधै जस्तै आज पनि चिटिक्क परेकै थियो ।उसले पनि त प्याक गरीसकी होली नि त म जस्तै .... ,मैले दिएको " लीभिंग माइक्रोसफ्ट टु चेन्ज द वर्ल्ड " उसको झोलाको अघिल्लो खण्डमा थीयो ।प्लेन मा पढ्ने भनेर राखेकी होली ... व्यर्थैमा मलाई सम्झिने छे प्लेनमा ।किन यात्रा भरी विरही बन्न चाहन्छे उ ? मुभि हेरेर समय काटेकै राम्रो हो नी  !! 
मैले उसलाई भन्न सकिन । सामान्यतय उ भन्दा ज्यादा जिद्दि छे । म उसलाई सम्झाउन सक्दिन ।
"जुस खान्छौ ?" 
उसको खाटको एउटा कुनामा बस्न लाग्दा उसले मलाई प्रश्न राखी !! 
"कुन जुस ?" मैले कुराकानीलाई हलुका बनाउने प्रयास गरेँ !!
" मेरो फ्रिजमा ओरेन्ज जुस मात्रै छ !!त्यो पनि सकिन लागेको छ ...भोली सकिन भने वाहिरको फोहोर फ्याल्ने ठाउँमा फ्यालदिन्छु " उसले सिधा उत्तर फर्काई !!
" त्यसो भए त म खान्न !!" मैले टाउको हल्लाएँ । 
" साँच्चै नखाने नै हो त ?" उसले नजिकै आएर मलाई चुमी । अनि फेरी टाढा भइ । म उसलाई टाढा भएको हेर्न चाहन्न । उ सँधै मेरो मुटुको यति नजिक होस् कि मेरो आँखाले पनि उसलाई नदेखोस् मात्र मुटुले देखोस् अनी मैले उसको स्पन्दन महसुस गर्न सकुँ मेरो चाहना तर यथार्थ फरक हुन्छ । अवको करिव छ सात घण्टा पछि स्काइपका च्याटरुम बाहेक उसको र मेरो नजर जुध्ने सम्भावना शून्य प्राय छ । 
उसले मलाई आफ्नो विहा मा बोलाउनु भनेकी छे तर म सक्दिन होला उसलाई बोलाउन अनि शायद उ पनि चाहन्न होला त्यसमा आउन ..
 मैले आँखा अर्को तोर घुमाएँ । त्यो कोठामा उसको प्रार्थना गर्ने सानो कपडा हुने गर्थ्यो । उसले प्याक गरीसकी जस्तो छ। 
"आज तिमीले प्रार्थना गर्नु पर्दैन ?"
"मैले गरिसकेँ एघार बजे देखी पछी जति खेर गर्दा पनि हुन्थ्यो !"
उसको भनाइ अनुसार पाँच चोटी गर्नु पर्ने भए पनि उ तिन चोटी मात्र प्रार्थना गर्थी । उ टाउको लुकाउन रुचाउन्नथी । सामान्यतय टाउको लुकाउनु उनीहरुको समुदायमा अपरिहार्य मानिन्थ्यो तर उसको भनाइमा उ त्यो गर्नुको औचित्य देख्दिनथी । उसको घरमा पनि त्यो कुरालाई लिएर एक दुइ चोटी वादविवाद भएको उसले मलाई सुनाएकी थीई  । त्यसपछि मैले उसको धर्ममा चासो लिइन ।घरमा चासो लिइन । हामी सामान्यतय एक अर्काको परिवारको बारेमा खासै गफ गर्दैनथ्यौँ तर कहिलेकाहिँ कुरा उक्किन्थे त्यस समयमा हामी लुकाउन बल गर्दैनथ्यौँ । हामी एक अर्कामा जति छर्लंग हुन्थ्यौँ उति रमाउँथ्यौ मानौँ आफू भित्रकै कुनै गहिरो यथार्थ खोतलेजस्तो !!!!
............................. ......................... ....................... .......................... ...................... .............................
"त्यसो भए तिमीहरु साँच्चै बुद्दिस्ट हैनौ त ?"
मैले आश्चर्य मान्दै उसलाई सोधेँ ।
"तिमी साँच्चै भुगोलमा कमजोर छौ !!" उसले म तिर हेर्दै मलाई गिज्याई । 
"म मात्र किन आधा युनिभर्सिटीलाई थाहा छैन होला तिमी कुन धर्म मान्छौ भनेर !!"
मैले आफ्नो रोष प्रकट गरेँ 
"मलाई खासै फरक पर्दैन !! " उसले वाहिर हेरी । उसका चश्ना भित्रका गहिरा आँखा अझ गहिरा भए । वाहिर आकाश धुम्मिएको थीयो । धेरै दिन देखी घाम लागेको छैन । आकाशले पनि केहि लुकाएको छ , आकाश पनि गम्भीर छ । उ जस्तै ....
"सरि !!!"
मलाई लाग्यो म अली कडा भएको छु उ सँग । उसको र मेरो कति नै दिन भएको छ र भेट भएको हफ्ता दिन भन्दा पनि कम ! अरु सँग उ खासै घुलमिल भएको देखेको छैन । क्लासमा उसको र मेरो बसाइ सामान्यतय अघि पछी नै हुने गर्छ । तर कहिलेकाहिँ उ झुकेर अघी बसेको म सँग गफ गर्छे । म झकाएको बेला उ कोट्याउँछे । धेरै जसो गम्भिर नै भए पनि उ म सँग कहिले काहिँ जिस्कीदिन्छे । शायद उ म भित्र एउटा वालक देख्छे , तोते बोली बोल्ने जसले बोलेपछि उ मख्ख पर्छे। तर अहिले साँच्ची नै मेरो जवाफ रुखो थियो ।
"इट्स ओके , तर मलाई तिम्रो देशमा हिमालय छ , गौतम बुद्द जन्मेको देश हो तर पनि धेरै मान्छे हिन्दु छन् भन्ने थाहा छ , तिमीलाई म मुस्लिम हो भन्ने थाहा नभएर के भयो त , मलाई तिम्रो बारेमा धेरै थाहा छ ....!!!!" उ अर्ध मुस्कान हाँसी । म चुप भएँ , मलाई यसको उत्तर के दिने थाहा छैन , म सँग मौनता वाहेक केहि छैन अहिले उसलाइ दिन लाई हुन त उ धेरै हाँस्दिन तर उसले आफ्नो अर्ध मुस्कानले नै मलाई पराजीत गरेकी छे अहिले ... 
"तर तिम्रा साथीहरु जस्तो तिमी टाउको किन छोप्दैनौ ?" अनायसै मैले प्रश्न राखेँ , मैले मिडलइस्ट तिरका साथीहरुले टाउको छोपेको देखेको छु ।
" मैले भने नी म आफ्नो आत्मालाई मान्छु , धर्म भन्दा ...." उ एक छिन चुप भई । उसलाई आफ्नो उत्तर प्रति आफैलाई चित्त नबुझेजस्तो ....
"तिम्रो फिलोसोफी हिन्दु फिलोसोफी जस्तो छ ..."
म मुस्काए...
"ठ्याक्कै त होइन तर अलि अलि , टाउको छोप्नु सँगै धेरै कुरा हरु जोडीएर आउँछन् जस्तो केटाको आँखामा आँखा जुधाएर नहेर्नु , मलाई थाहा छ , म यो गर्न सक्दिन त्यहि भएर म टाउको पनि छोप्दिन..."
उसले सरल तरिकाले आफुलाई परिभाषित गरी ।
"अनी पुजा ??"
"गर्छु ....त्यो त म आफु शुद्द हुन लाई हो !!!"
"मलाई थाहा थीएन , साँच्चै थाहा थीएन तिमीहरुको देश बुद्दिस्ट हैन भनेर ...."
" यसमा तिम्रो केहि गल्ति छैन , इन्जिनियर हरुलाई नम्वर बाहेक अरु केहि थाहा हुन्न , न भूगोल , न धर्म "
उसले फेरी मेरो पेशामा व्यंग्य गरी !!
"तिमी वकिल हौ भन्नेमा मलाई पक्का विश्वास छ ..."
मैले पनि यसपाली उसलाई यसपाली उत्तर फर्काएँ । 
"बाइ द वे , केटी मान्छे सँग गफ गर्ने टपिक्स हैन यो..."
फेरी उसले मलाई जिस्क्याई...
"के हो त केटी मान्छे सित गफ गर्ने टपिक्स...?" मैले कुरालाई अझ गहिरो बनाउन चाहेँ । मलाई उ खुलेको मन पर्छ । अघिको धुम्म आकाशमा घाम लागेजस्तो लाग्छ ।
"फरक पर्छ , मान्छे अनुसारले..."
"कस्तो वस्तुगत उत्तर.."
"प्रश्न पनि  वस्तुगत नै थियो...।"
"ओके तिमीलाई कुन टपिक्स मन पर्छ...?"
"हाहाहाह....पत्ता लाउने जिम्मा तिम्रो....!!" यसपाली पहिलो चोटी उ खुलेर हाँसी..
छेउको टेबलको मान्छे चुरोट खान बाहिर निस्केर होला । चिसो सिरेटो एक्कासी कलेजको रेस्टुरेण्ट मा छिर्यो ।यहाँको सिरेटो ज्यानमारा लाग्छ मलाई , नेपालको सिरेटो आफुलाई पसिना सुकाउनलाई आए जस्तो आमाले हम्किदिएको पंखा जस्तो तर यहाँको सिधा मुटु छेडेर निस्किन्छ ।
 उसले ढोका तिर हेरी ....
"यो टेम्परेचर सित फ्यामिलियर छैनौ हो ?"
" म हिमालयको देश बाट हैन नि त ..."
" म पनि पुगेको छैन ..." म खीस्स हाँसे । 
"कुन होस्टलमा हो तिम्रो बसाई ?" 
"क्रिस्टोफर ... तिम्रो ??"
"मेरो पनि त त्यसैमा हो नि ...." मैले उसलाई पुलुक्क हेरेँ । कहिलेकाहिँ संयोगहरु असाध्यै मिठा हुन्छन् । शायद त्यो मेरो जीवनको मिठो संयोग मध्येको एक थियो होला...।मलाई एक्कै चोटी कोठा नम्वर सोध्न गाह्रो लाग्यो । उसले भन्छे कि भनेर पर्खिहेरेँ तर अहँ उसले भनिन ....मलाई विश्वास छ केहि दिनमा मलाई पक्कै पनि उसको कोठा को नम्वर थाहा हुनेछ ....
 
Read Full Discussion Thread for this article