Posted by: Smriti44 June 9, 2011
बर्षा
Login in to Rate this Post:     3       ?         Liked by
बर्षा
मलाई पखाल
मलाई शुद्द बनाऊ ।
क्षितिजमा इन्द्रेणी झै
मलाई सजाऊ।
बर्षा तिमी एकछिन
झमझम बर्षीर्देऊ ।
बर्षीएको क्षणको त्यो
मधुर संगीत सुनाऊ । 
दुई हात फिजाएर
म पनि तिम्रो
मुहानतिर हेर्नेछु ।
हेर,तिमी बर्षेको 
खुशीयालीमा ।
रुखका पातहरु
नाचिरहेका !
हेर, किसानले
पूजा गरेर
स्वागत गरेका !
आधिबेहरी,चट्याङको
साहारा नलीई
एक्लै आऊ ।
किनकी, किनकी
चट्याङको गर्जनमा,
चम्केका बिजुलिका
झिल्काहरुमा,
म तिमीलाई
नियाल्न सक्दिन ।
र अस्तब्यस्त हुन्छु ।
डराउछु ।
प्यासीहरुले बर्षा
आजलाई रोक्क
नभनुन्जेल आऊ ।
सबैका दु:ख
बुझेर आऊ ।
त्यसपछिको
उघ्रिएको निलो
अनी सफा आकाश
पनि मलाई
प्यारो लाग्छ ।

          create date : Thursday,June 09 2011
Read Full Discussion Thread for this article