Posted by: HomLal June 3, 2011
Family ISSUe
Login in to Rate this Post:     0       ?        
 मित्र,
धर्म शास्त्र अनुसार बाउ-आमाको ऋण चुक्ता गर्न अति कठिन हुन्छ रे । मान्छेको जीवनमा उतार-चढाव सारो-गारो त परि नै रहन्छ । सुझाव मागेको हुनाले एउटा फरक कोणबाट पनि यो कुरालाई नियाल्न सजिलो होस भन्ने हेतुले केही हरफहरु यहाँ सार्दैछु, जसले मेरो मन छोएका छन। यसलाई अन्यथा नलिनु होला । 

भगवान बुद्धले बताउनु भएको ३८ उत्तम मंगल मध्ये केही यहाँ छन।

माता-पितु-उपट्ठानं, पुत्तदारस्स सङ्गहो ।

अनाकुला च कम्मन्ता, एतं मङ्गलमुत्तमं ।।

माता-पिताको सेवा गर्नु, पुत्र-स्त्रीको पालन-पोषण गर्नु र मनलाई आकुल-ब्याकुल नगर्ने (निष्पाप) ब्यवसाय गर्नु – यो उत्तम मंगल हो।


फुट्ठस्स लोक धम्मेहि, चित्तं यस्स न कम्पति ।

असोकं विरजं खेमं, एतं मङ्गलमुत्तमं ।।

लोक धर्म (लाभ-हानी, यश-अपयश, निन्दा-प्रशंसा, सुख-दुख) को स्पर्शले चित्त नकांप्नु, नि:शोक, निर्मल र निर्भय रहनु – यो उत्तम मंगल हो। 

Read Full Discussion Thread for this article