Posted by: _____ June 2, 2011
लाज नाभाका हरु
Login in to Rate this Post:     1       ?         Liked by
दोषी संग त कुरा छोडौ, निर्दोषी संगै  घुस खाइदिने शोम हरु

अनी इनै का छोरा छोरी हरु साझा मा अरुलाई गाली गर्न आउने होला

काठमाडौ, जेष्ठ १९ - सरकारले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका एक-एक जना एसपीलाई बिहीबार निलम्बित गरेको छ । घुस खाएको अभियोगमा नवलपरासीका प्रहरी उपरीक्षक कृष्णप्रसाद गौतम तथा राष्ट्रिय अनुसन्धानका उपरीक्षक कल्याण मल्ललाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।

ज्यान मारेको अभियोगमा एक जना निर्दोष व्यक्तिलाई १० दिन थुनामा राखेर ४ लाख रुपैयाँ घुस असुल गरेर छाडेको अभियोग प्रमाणित भएपछि दुवै जना सुरक्षा अधिकारीहरुलाई कारवाही गरिएको छ ।

गृह मन्त्रालयका सह सचिव शंकर प्रसाद कोइरालाको नेतृत्वमा गठन भएको छानविन टोलीले दिएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया बढाइएको हो । चैत्र १२ गते नवलपरासीको सुननैल जंगलमा भएको एक हत्या प्रकरणमा प्रहरीले स्थानीय जग्गा व्यवसायी काशीराज पाण्डेलाई थुनामा राखेको थियो । उक्त घटनामा पाण्डेको संलग्नता नदेखिएपनि हिरासतमा राखेर ४ लाख रकम घुस पाएपछि छाडिएको थियो ।

अनुसन्धानका उपरीक्षक मल्लले रकम बुझेर आफूले २ लाख राखेको,एसपी गौतमलाई डेढ लाख दिएको र दलाललाई ५० हजार दिएको अनुसन्धानबाट खुलेको छ ।

 





Read Full Discussion Thread for this article