Posted by: _____ May 31, 2011
जनता लुट्ने हरु
Login in to Rate this Post:     0       ?        

 
 

युनाइटेड विकास बैंकका तत्कालीन कार्यकारी अध्यक्ष र सञ्चालक पक्राउ


 
 
 
(0 votes, average 0 out of 5)
केपी ढुंगाना, काठमाडौं, जेठ १७- बचतकर्ताको रकम हिनामिना गरेको अभियोग लागेका युनाइटेड विकास बैंकका तत्कालीन कार्यकारी अध्यक्ष रविन्द्रबहादुर सिंह र सञ्चालक राधाकृष्ण अमात्य पक्राउ परेका छन्। सिंहमाथि २७ करोड ६२ लाख रकम हिनामिना गरेको अभियोग छ भने सञ्चालक अमात्यमाथि ६ करोड ७५ लाख रकम हिनामिना गरेको अभियोग छ।
 
बैंकिङ कसुर ऐन अर्न्तगत कारबाहीका लागि राष्ट्र बैंकले प्रहरीलाई आग्रह गरेपछि एक वर्षदेखी 'फरार' रहेका उनीहरुलाई केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी)ले मंगलबार बत्तिसपुतली र पिंगलास्थानमा रहेको उनीहरुकै घरबाट पक्राउ गरेको हो।

सिआइबीका डिएसपी भुपेन्द्र खत्रीका अनुसार राष्ट्र बैंकले सिंहमाथि संस्थाबाट पटकपटक गरी बिना प्रयोजन सिण्ड्री डेब्टर्स" शीर्षकममा लेखांकन गरी रु. १ करोड ४० लाख २३ हजार पेश्की लिएको, नियमविपरीत झिकिएको रकम मध्ये हिसाब मिलान गर्न कृत्रिम ऋणी खडा गरी रु. ५ करोड ८२ लाख ८० हजार कर्जा प्रवाह गरेको देखाएको लगायतका १० भन्दा बढी अभियोग लगाएको छ।

सञ्चालक अमात्यमाथि संस्थाको पुँजी वृद्धि प्रयोजनार्थ 'कल इन एडभान्स'बापत जम्मा रहेको व्याजसहितको ६ करोड ७५ लाख बैंकबाट जारी एकिकृत निर्देशन विपरीत संस्थाको बुक अफ एकाउन्टमा लेखांकन नै नगरी अनाधिकृत रुपमा रकम निकालेर खर्च गरेको अभियोग छ।

सिआइबीले पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान र कारबाही प्रकृयाका लागि महानगरिय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।


Read Full Discussion Thread for this article