Posted by: timi_mero_sathi May 30, 2011
शिर्सक आफै राख्नुस
Login in to Rate this Post:     0       ?        
फत्ते जी
जिबन साच्चिकै एक अविरल यात्रा हो , कहाँ पुगिन्छ थाहा  हुदैन तर हाम्रो प्रयास भनेको राम्रो बाटो  हिडी रहने, तेत्त्ति हो

G .T काजी

पढिदिनु राम्रो मनि दिनु भएकोमा धन्यवाद,


भाग ६

पढन जाने तिन दिन अगाडी आफुले कमाएको पैसाले उसले ठुलो भोज गर्यो, दुइ दिनको भोज, एकदिन नातागोताको लागि एकदिन साथी भाइको लागि

उसको दिदि लुरीको परिवार, पोखरा बाट ठुलो मामाको परिवार, सानोमामाको  परिवार सबै आएका  थिए पाटन सानिमा कहाँ भोज खान. साथि हरु पनि लगभग १०० जना जति थिए.

तेस्रो दिन उ इलाहाबादको लागि गयो भैरवबा तिर.

 ++++++++++++++++++++++++++++

 इलाहाबादम़ा पढ्दा  पनि बसन्त छुट्टिम़ा काठमान्डू  आउथ्यो, आउदा जादा गोरखपुरम़ा एक रात बस्न बिर्सदैना थ्यो

 गोरखपुर मठम़ा आफु बसेको पाटि, बाल्ने गरेको धुनी अझ कहिले कहिँ त उ आफुले माग्ने  जाने गरेको घरहरुको पनि एक चक्कर लगौथ्यो

 +++++++++++++++++++++++++++

 बसन्त डाक्टर बनेर पनि आयो, डाक्टर बनेको खुसियालीम़ा उसले ठुलो भोज गरेको थियो.  आको एक महिना भित्र जागिर पनि पायो. जागिर सुरु गरेको दुइ वर्ष भित्र MD  गर्नको लागि छ्त्रब्रित्ति पायो लन्डनम़ा .

हेमराज को बिबाह  भै सकेको थियो भने बसन्तले अझ सम्म बिबाह गरेको थिएन

 ++++++++++++++++++++++++++++

 लन्डन गको एक वर्षम़ा उसले खबर  पठायो काठमाडौँम़ा, उसले लन्डनम़ा एक जना गोरी केटि  संग बिबाह गर्दै छ दुइ महिना पछि, निमन्त्र्ना कार्ड पठाएको थियो, उसको र हुने वाला  दुलहीको फोटो समेत राखेर,  सबै नातेदार लाई. तर बिबाहको लागि आफ्नो पैसा खर्च गरेर लन्डन सम्म जाने हैसियेत थिएन कुनै नातेदार को

 ++++++++++++++++++++++++++++

 MD सकेर फर्केर आउदा, बसन्तले आफ्नी श्रीमती पनि ल्याएको थियो, उनीहरु अझै पाटन सानिमाकै बस्थे

फर्केको छ महिना पछि बशन्तले बस्ने क्वाटर पायो अस्पताल मा, उनीहरु तेही बस्न गए अर्को छ महिना भित्र एक छोरी भयो

छोरी जन्मेको दुइवर्ष पछी  के भो कुन्नि बसन्तको divorce  भयो गोरी संग, गोरी छोरी लिएर लन्डन फर्की, बसन्त फेरी एक्लै भो.

__________________________
लगभग दुइ वर्ष पछि बसन्तले अर्को बिबाह गर्यो
, धनि बाबु कि छोरी थि यो पालीको केटि.  उसले नया घर बनायो, घरम़ा सरे पनि.  तिन वर्ष सम्म बच्चा भएन, पछि केटि लाई फोक्सोको cancer  भयो तेस्को तिन वर्षम़ा केटिको मृतिउ भयो, बसन्त फेरी एक्लै

___________________

दुइ वर्ष पछि उसले फेरी अर्को केटि संग बिबाह गर्यो. पहिले बनाको घर लक्चिनको भएन भनेर त्यो बेचेर अर्को घर बनाउन  सुरु गर्यो

उ फेरी वर्तमान मा आइपुग्छ, उ अचम्म मान्छ  २० वर्ष मा उसले एती अनुभब गर्यो कि भनि साध्य छैन

गोरखपुरको माग्ने देखि आज अस्पताल को सिनिएर  डाक्टर सम्म भयो उ, उसको हात अनायास पिठिउ मा जान्छ किन हो कुन्नि कहिले कहिँ त्रिशुलले डामेको  ठाममा चस्किन्छ, हुन त उ आफै पनि डाक्टर हो

रक्सि को अर्को पेग थप्दै    फेरी अतित मा डुब्छ. उसको सोभाब  स्वाभिमानी थियो सानै देखि, सकेसम्म कसै लै दुखः नदिने. स्कुल मा पढ्दा  उ सबै होमेवोर्क गर्थ्यो तेसकारण उसलाई अरुलाई भन्दा बढी कपि चाहिन्थ्यो ममा ले नाकिन्दिने त होइन तर उ आफ्नो दाजु र मामाका छोरा भन्दा उसको लागि बढी कपि किन्न चाहदैन थ्यो. एक दिन उ स्कुल बाट फर्किदा बाटो मा एक जना अधबैसे मान्छे भित्ता मा केहि तास्दै  थ्यो,  के रेछ  भनेर हेरेको त जनगराना को पोस्टर रेछ, एक पट्टि रास्त्रिये जनगरानामा सहभागी हुनुहोस  भन्ने नारा थ्यो तेस्मा, अर्को पट्टि खाली, साएद सबै पोस्टरमा  अर्को पट्टि खाली हुन्छ क्यारे.  त्यो मान्छे संग दुइ टिन bundle  तेस्ता पोस्टर थिए, उसलाई त्यो पोस्टर पाए काटेर कपी बनाउन हुन्छ भन्ने लाग्यो. खाली पट्टि त लेख्न  मिलि हाल्छ भनेर सोच्यो उसले 

 

ये दाई त्यो एक बन्डल पोस्टर मलाई दिनुस न

 

के काम यो तिमि हरु स्कुले  बच्चा हरु लाई? टास्न   पठाको हाकिम हरुले

होइन दाई म संग कपि किन्ने पैसा छैन यो पोस्टर लाई काटेर कपि बनाउछु र खाली पट्टि लेक्छु

मेरा छोरा हरु पनि एती बुध्हिमान भएता कति खुसि हुन्थे म भन्दै त्यो मान्छे ले एक बन्डल पोस्टर दिएर पठायो

 

एउटा पोस्टर को चार पाना बन्ने रेछ, कपि को size  मा काट्दा. तर फेरी पाना हरु जोड्ने कसरि अहिले को जस्तो स्ताप्लेर कहाँ हुन्थ्यो र तेसबेला

तेस्को लागि पनि उसले एउटा जुक्ति निकाल्यो, माइजु संग सियो  धागो मागेर कपि को एक पट्टि लुगा सिएको जस्तो गरेर सियो, बस, काइदाको कपि तयार. यो ९ क्लासको कुरा हो साएद.

१० क्लासमा उसले एउटा अर्को जुक्ति गर्यो कापीको लागि, एस एल सी  दिन पर्ने थ्यो उसलाई धेरै कपि चाहिन्थ्यो

त्यो बेला सिमेन्ट अहिले जस्तो जूट को बोरामा औदैना थ्यो, खैरो कागजको बोरामा आउथ्यो, कागजको बोरा धेरै कागजको पत्र हरु मिलाएर बनाएको हुन्थ्यो, उसको स्कुल भन्दा केहि पर कृषिको सरकारी घर बन्दै थ्यो त्यहा तेही कागजको बोराको सिमेन्ट प्रयोग हुन्थ्यो

 

  स्कुल बाट फर्किदा नाबिग्रेका बोरा हरु लिएर फर्किन्थ्यो, घरमा लेराएर सिमेन्टको धुलो झाद्कालेर  फाली सकेपछि बोराको पत्र हरुलाई काट्थ्यो, कपिको size  मा अनी एकापट्टी सियोले सिएर कापी बनौथ्यो, एस्तो कापीको त दुवै पट्टि लेखना मिल्ने, एकदिन तेस्तै कापीमा हिसाब गरेर हिसाबको मास्टर लाई जाच्न देको त,

"एस्तो सिमेन्टको बोरामा लेखेको म जाच्दीन" भनेर कापी फलिदेको पनि याद छ उसलाई, तर उ कहिले बिचलित भएन

 

कागज बेचेर उसले समाज सेवा पनि गर्न भ्याएको  छ तेसबेला.

ठुला मामाका छोरा हरु र उसको दाई स्कुल बाट घर फर्कन्थे तर उ चाही बाटोमा पर्ने किताब पसल बाट किताब मागेर पढ्थ्यो.   एक घण्टा किताब पढेपछि मात्रै उ घर जान्थ्यो, किताब पसले साएद ४०-५० वर्षको हुदो हो, उसको साथी जस्तो भै सकेको थ्यो .

किताब पसल बाट  उसको मामा जादा  बीचमा एउटा सानो घर पर्थ्यो  त्यहाँ एकजना थकालनी बुडी बस्थिन, दुइ छोरा, इंडियामा लाहुरे रे, छोरी ब्या गरेर दिसकेको, श्रीमानको पाच वर्ष अघि मृतेउ भाको, ति थकालनी बुडी दिन भर घर को पिडिमा बस्थिन,

उ स्कुल जादा जहिले पनि तिनलाई "खाना खानु भो आमै"? भनेर सोध्थ्यो 

तिनी "खाए बाबु" भनेर जबाफ दिन्थिन जहिले पनि

एक दिन उसले स्कुल जादा ति थकालनी लाई देखेन, बेलुका स्कुल बाट फर्किदा पनि देखेन, कतै गकी होलिन भनेर उसले तेती वास्ता गरेन

भोलि पल्ट पनि बिहान तिनलाई नदेखे   पछि बेलुका फर्कने बेलामा उ तिनको घर भित्र पस्यो, बिचारी सुकुलमा एकै डल्लो भएर सुति रकी रेछिं

के भो आमै ?

को ह?

मा बसन्त आमै, तपाई दुइ दिन भो बाहिर देखिनु भएन तेसैले हेर्न अको

के गर्नु बाबु दुइ दिन देखि जरो आको आकै  , खाना  बनाउन त सक्या छैन, कसरि बाहिर निस्कनु ?

"बाबु मलाई औसधि पसलमा गएर जरो निको हुनी औसधि ल्याइदेउन" 

"हुन्छ आमै अहिले जान्छु"  भनेर उ निस्क्यो

तर उ संग पैसा थिएन, तेस्तो बिरामी संग कसरि पैसा माग्ने, फेरी छ कि छैन

जसरि भएपनि औसधि लेरौछु भनेर औसधि पसल तिर लाग्यो

औसधि पसले ले उसको मामा लाई चिनेको थियो

ये दाई एक जना बुडी आमा लाई दुइ दिन देखि जरो आको आकै  छ रे, के भाको होला?,के  औसधि दियो भने निको होला?

दुइ दिन देखि जरो आको  छ रे ?

"बैसाख जेठको महिना हिजो आज टाईफाइड   फैल्या छ, ल यो antibiotic  खाना दिनु १४ दिन, निको हुन्छ"

पैसा कति ?

११  रुपिया पचहत्तर पैसा

अहिले पैसा छैन पछी दे हुन्छ?

"तिमि चिन्तामणिको भान्जा होइन, पछी दे हुन्छ बिर्सन चाई  न बिर्सनु नि"

"का बिर्सन्छु म, एक हप्ता मा दिउला पैसा"

तेती भनेर उ औसधि लिएर थकालनीका गयो, पानी तताई दियो, औसधि दियो 

थकालनी संग  खाजा बिस्कुट रेछा तिन पकेट

भगवानले बाबुको सधै भलो गरुन भनेर तिनले  आशिस दिईन, उ घर फर्क्यो

औसधिको पैसा उसले न मामा संग माग्यो न थकालनी संग

त्यो बेला अहिले जस्तो प्लास्टिकको झोलाको चलन थिएन, पसलमा समान किन्न गयो भने, कागज को झोलामा दिन्थ्यो पसलेले, उसले सिमेन्टको बोराको कागजको झोला बनायो, २० वोटा सिमेन्टको बोराको १२०  वोटा झोला बनायो  उसले, दुइ  दिन लगाएर,

पसलमा  एउटा झोलाको १० पैसा दिन्थ्यो, तेसरी उसले  औसधिको पैसा चुकाएको थ्यो

"कति पुरानो कुराको सम्झना आको मलाई आज"

 उ घडी हेर्छ, रातको एघार बजेको छ, भोलि ठेकेदार लाई घरको पैसा चुक्ता गर्नु छ, भएको  पैसा श्रीमतीले खर्च गरि हाली, अलि  अलि  होइन एकलाख, कहाँ बाट ल्याउने भोलि, रक्सि एक पेग थपेर उ शारदा बसेको कोठामा जान्छ

 

"तेत्रो पैसा खर्च गर्दा मलाई एक बचन सोध्न पर्दैन" उसले रिसाउदै  भन्छ  

"कति कराई राको यो जड्या"

"तेत्रो पैसा जथाभाबी खर्च अझ उल्टो मलाई जड्या भन्ने? कस्तो दुष्ट आइमाई त"

शारदा  टेबेल टेनिसको ब्याट हातमा लिएर आफु तिर आएको उसले चाल पाउछ,

शारदाको हात उ तिर  बढिरहेको छ

****************************

रातको दुइ  बजेको हुदो हो

पाटन सानिमाको घरमा कसै ले जोड जोडले धोका ढकढकौछा

को ह बाहिर?, सानिमाको जेठो छोरा बिउझेर झ्याल बाट तल तिर हेर्दै सोधछन

ये,  हामि बालाजु बाट डा. बसन्तको खबर लेर आको

के खबर?

डा. साहब हिजो राति बेस्करी रक्सि खाएर सुत्न जानु भा रेछा, राति कुन बेला हो पलंग बाट लड्नु भएछ

पलंग बाट लड्दा भइमा टाउको ठोक्केछ , श्रीमती अर्को कोठामा सुत्न भा रेछ, बार्ह बजेतिर उठेर हेर्न जादा त मृतेउ भै सकेको रैछ 

 अब उहाको नजिकको  भनेको तपाई हरु नै हो, उहाकी  श्रीमती रोएर बेहोस् हुन भा छ, लास उठाउन लाई मद्दत माग्न आको

 


Read Full Discussion Thread for this article