Posted by: _____ May 12, 2011
पासपोर्ट काण्डमा मुछिएका ‘साहित्यकार’को रामकहानी
Login in to Rate this Post:     0       ?        

२९ वैशाख, काठमाडौं । साहित्यकारको खोल ओढेका एकजना कर्मचारी अहिले नाकमुख देखाउन लाज हुने गरी लुकेर बस्न बाध्य छन् ।

रातो पासपोर्ट काण्डको लहरोले पहरो थर्किन थालेपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख षडानन्द ढकाल उर्फ नियात्राकार प्रतिक ढकाल केही दिनदेखि फरार छन् । अख्तियारले दायर गरेको मुद्दामा उनै साहित्यकारलाई ५० हजार जरिवाना र २ बर्ष कैदको माग दावी गरिएको छ ।

पक्राउ परेका बीपी यादव र गायत्री शाहले पोल लगाएपछि अख्तियार ढकालको पछि लाग्यो । जेलको चिसो छिँडी र अहिलेसम्मका ईज्जत खरानी हुने डरले ढकाल लुकीछिपी हिंड्न बाध्य छन् । कर्मचारी भन्दा बढी साहित्यिक क्षेत्रमा परिचित खडानन्दलाई ‘प्रतीक ढकाल’को नामले बढी चिनिन्छन् ।

अहिले बदनामी कमाउनुअघि ढकालको चुरीफुरी निकै थियो । नयाँ वर्षको शुरुवातकै दिन एउटा पत्रिकामा उनलाई बधाई र शुभकामना दिंदै ठूला अक्षरमा विज्ञापन पनि छापिएको थियो । जसमा एमाले नेता केपी शर्मा ओलीले उनलाई सम्मान गर्दै गरेको तस्वीर छापिएको थियो । उनले लेखेका नियात्रा कीर्तिमानी कायम राखेको भन्दै वाहीवाही पनि भयो । सबैले उनको गुनगान गाए । लेखेरै बाच्न सक्ने भनेर उनको प्रशंसा गर्ने धेरै प्रकट भए । कीर्तिमानी लेखकको दर्जामा दरिए ।

तर तिनै कीर्तिमानी लेखक प्रतीक उर्फ षडानन्द अहिले पतित भएका छन् । षडानन्दको सरकारी जागिर त गुमिसक्यो, उनको साहित्यीक छविमा पनि नमेटिने दाग लागेको छ ।

साहित्यकार ?

विक्रम संवत २०१६ साल जेठ १३ गते भुटानको दागापेलामा षडानन्द ढकालको जन्म भएको थियो । वाल्यावस्थामा गोठालो जाने, माछा मार्ने, डण्डीवियो खल्ने ढकाल २०१९ सालमा ४ वर्षको उमेरमा भुटानबाट नेपाल आएका हुन् । पुरानो घर झापा भएका उनी अहिले भक्तपुरको मनोहरवस्तीमा बस्छन् । उनले कविताबाट साहित्य यात्रा सुरु गरेका थिए । २०३९ सालमा उनले सानुलाई शोककाव्य नामक कविता संग्रह सार्वजनिक गरे । कविताबाट शुरु भएको पाईला नियात्रासम्म आईपुग्यो । नियात्रा लेखनपछि उनको चर्चा झन् बढ्यो । साझा प्रकाशनले हालै गरेको पुस्तक प्रदर्शनीमा ‘हिमालपारि पुगेपछि’ नियात्रा कृति नेपाली र अङ्ग्रेजी संस्करण गरेर १७६३ प्रति बिक्री भयो । साझा प्रकाशनको इतिहासमा लगातार ६ वर्षको रेकर्ड कायम राख्दै ढकालको कृति सर्वाधिक बिक्रीको अग्रस्थानमा पुगेको बताइयो । साझाका अनुसार बिक्री भएका पन्ध्रौं स्थानसम्मका पुस्तकहरुमध्ये प्रतीक ढकालका नियात्रा कृतिहरु क्रमशः प्रथम देखि छैटौं स्थानसम्म थिए । आफ्ना कृतिको प्रचार गर्न उनी हर उपाय अपनाउने गर्छन् । साना बालबालिकादेखि वृद्धवृद्धाहरूले पनि आफ्ना कृति पढ्ने उनको दावी छ । तर उनलाई नजिकबाट चिन्नेहरु भन्छन-’सरकारी जागिरको दुरुपयोग गर्दै सरकारी पैसामै देशभर घुमेर किताव लेखेका थिए ।’

आफूलाई सधैं इमान्दारी र राष्ट्रसेवक मान्ने षडानन्द उर्फ प्रतीक ढकाल अहिले नराम्ररी पासपोर्ट काण्डमा मुछिएका छन् । साहित्यिक खोल ओढेर सरकारी सेवामा भित्रभित्रै अनैतिक कृयाकलाप गर्दाको परिणाम उनी अहिले भोग्दैछन् । उनी षडानन्द सरकारी र प्रतीक चाहिं साहित्यिक मान्छे भनेर षडानन्दको ईज्जत गएपनि प्रतीकलाई केही नहुने तर्क गर्न पछि पर्दैनन् । आफ्नो पुस्तक आफैँले किनेर चर्चित बन्ने कोशिश गरेको भन्ने आरोप लागेको षडानन्द तत्कालिन गृहमन्त्री वामदेब गौतमका पि्रय पात्र हुन् ।

बामदेवको अंग्रेजी सम्बन्धी सबै काम उनले नै गरेका थिए । सरकारी जागिर खाएर किताब लेखनकै लागि विभिन्न जिल्ला भ्रमण गरे प्रतीकले । चर्चामा आउनकै लागि पत्रकारहरुलाई पटक-पटक भोज खुवाउने प्रतीकले कहाँबाट पैसा कमाउने रैछन भन्ने कुराको पत्तो बल्ल लागेको छ ।

 

Read Full Discussion Thread for this article