Posted by: jhilke kancho April 30, 2011
खोइ त मेरो नयाँ जुत्ता??
Login in to Rate this Post:     3       ?         Liked by
 
नयाँ जुत्ता

पात्र हरु:

बिश्णे: छोरो 

हर्के: बाबु 

माइली: आमा


एकटक घोरियर हेरी 
आफ्नो फुस्रो खुट्टा
छोरो सोध्छ  
आमा! खोइ त मेरो नयाँ जुत्ता?
उध्रेको फरिया सिलाउदै 
आमा भन्छे 
भरे बा आउँदा 
लेराइदिन्छंन तेरा नयाँ जुत्ता 
 
फाटेको टोपी, उध्रेको दौरा 
साँझ बाबु आयी पिंडीमा बस्छ
हात को नाम्लो बार्दलिमा सिउरी
बिश्णेकी आमा! खाजा लेरा भन्छ 
बिहान भुटेका ठाट्ना बोकी 
माइली बाहिर पिंडीमा आउछे 
भरे पकाउने अन्न का दाना छैन 
कसो गरेर छाक टार्ने,बुढालाई सोध्छे 
 
नाँगो खुट्टा उफ्रिदै 
बिश्णे घर आउछ 
खोइ त मेरो नयाँ जुत्ता, बा?
भनी हर्के लाई सोध्छ
छोरो को फुस्रो नाँगो खुट्टा हेरी 
हर्के एक टकले घोरिरन्छ 
बा! खोइ भन्या मेरो नयाँ जुत्ता?
बिश्णे सधैं सोधिरन्छ।। 
  
 
Read Full Discussion Thread for this article