Posted by: lopchanlama April 24, 2011
तिम्रो तस्बिर तिम्रो तस्बिर तिम्रो तस्बिर
Login in to Rate this Post:     0       ?        

उत्सर्ग- जिझिबिषा

किनार लगाएँ

मन्द-मन्द मुस्कुराएको तिम्रो तस्विर

क्यानबासबाट हटाएँ

धुजाँ-धुजाँ बनाएँ

कापेन यी हातहरु

रोएन मेरो रातहरु

किनकी

खाली क्यानबासमा

ल्याप्चे  लगाई

मेरी उनिलाई सजाएँ

 

टकिला -भोड्का सटमा

झुम्ने भईछौं

दुई बित्त टालो  शरीरमा बिरिएर

कोरोना-हेइनेकिन

चुम्ने भईछौं

अहँ

उजागरित भएन बाँस्ना

मोहित भएन आँखा

बस एक घुट्को

आत्मग्ल्यनी

Read Full Discussion Thread for this article