Posted by: Smooth April 23, 2011
Criminal investigationagainst Anuja, thehonesty girl
Login in to Rate this Post:     0       ?        

अनुजाबारे अन्योल

 
हर्ष सुब्बा
धरान, वैशाख ९ -
सार्वजनिक बसमा छुटेको रकम फिर्ता दिएको विषयमा अनुजा बानियाँको सर्वत्र प्रशंसा भयो । तर शुक्रबार दिनभर प्रश्न व्याप्त भयो- 'पैसा पाउने व्यक्ति खोइ त ?'

भोजपुर भुल्के घर भई धरान बस्ने २१ वषर्ीया अनुजाका अनुसार उनले काठमाडौं सीतापाइलाका पुरुषोत्तम पोखरेललाई ९१ लाख रुपैयाँ र हीराको हार भएको झोला बुझाएकी थिइन् ।

ती व्यक्ति कहाँ छन् त ? 'सम्पर्क गरेको नम्बरसमेत डिलिट भएछ,' अनुजा भन्छिन् । प्रहरी, प्रशासन र सञ्चारकर्मीबाट यसमा चासो भएपछि उनले आफूले काठमाडौंमा सम्पर्क गरेका र आफूलाई फोन आएका नम्बर पत्ता लगाइदिन प्रहरीलाई आग्रह गरेकी छन् । ती नम्बरका आधारमा पैसा बुझ्ने व्यक्ति पत्ता लगाई छानबिन गर्नसमेत उनले अनुरोध गरेकी छन् ।

उनले पैसा बुझाएको भन्ने समाचारका तयारीका सिलसिलामा पुरुषोत्तमका परिवारका सदस्य भन्दै कान्तिपुरलाई सम्पर्क गरेका -छोरी) सुधा, -छोरा) अनिल र

-मीतछोरी) अनिता कार्की भने पुनः सम्पर्कमा छैनन् । उनले पुरुषोत्तमलाई सार्वजनिक हुन आग्रह गरेकी छन् । 'धेरैले धेरैथरी सोचेकाले फिर्ता पाउने व्यक्ति -पुरुषोत्तम) लाई सार्वजनिक हुन आग्रह गर्छु,' उनले शुक्रबार कान्तिपुरसँग भनिन्, 'राम्रो काम गर्दा उल्टै मेरो बदनाम हुन थाल्यो ।'

धरानमा सँगै बस्ने अनुजाका दाजु -ठूलो बुबाका छोरा) कुमार बानियाँले भने बहिनीले पैसा भेट्टाएको र फिर्ता दिएको कुरामा त्यति पत्यार नलागेको प्रतिक्रिया दिएका छन् । अनुजाले पैसा भेट्टाएको भनेको समयमा हलेसी घुम्न गएका कुमारले भने, 'म बाहिर घुम्न गए पनि घरमा छोरो थियो । त्यति ठूलो रकमसहितको झोला भेट्टएिको भए उसले पनि थाहा पाउनुपर्ने हो ।' उनले अनुजा डेढ महिनादेखि आफूसँगै बस्दै आएकी बताए ।

 चैत २६ गते इटहरीबाट धरानको सार्वजनिक

बसमा आफूले उक्त सम्पत्तिसहितको झोला फेला पारेको र २८ गते पोखरेललाई फोन गरेर सम्पत्ति फिर्ता दिएको दाबी अनुजाले गर्दै आएकी छन् । यससम्बन्धी समाचार सार्वजनिक भएपछि उनलाई राष्ट्रपतिले समेत टेलिफोन गरी बधाई दिएका थिए । घटनापछि उनी इटहरीस्थित दिदी-भिनाजुकहाँ बस्दै आएकी छन् ।

भिनाजु चक्र बिष्टले पैसा बुझाएको समाचार आइसकेपछि मात्र आफूले अनुजाको यो घटनाबारे थाहा पाएको बताए । 'फोन डायलका आधारमा यसको सत्यतथ्य बुझ्न प्रहरीलाई अनुरोध गर्छौं,' उनले भने ।

पैसा फेला पारी बुझाएको समाचार पुरुषोत्तमका मीतछोरी भन्दै धरानकै अनिता कार्की नामक युवतीले दिएकी थिइन् । पुरुषोत्तमकै छोरा बताउने अनिल पोखरेलले समेत इटहरीबाट टेलिफोन गरी यसबारे थप पुस्ट्याइँ गरेका थिए । 'तर उनीहरू कोही सम्पर्कमा छैनन्,' बिष्टले भने ।



http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=241173




(Note:  Multiple people are involved in this case, it may have some elements of truth)
Last edited: 23-Apr-11 05:40 PM
Read Full Discussion Thread for this article