Posted by: sukla April 20, 2011
oho !!! kati dherai sampatti ????
Login in to Rate this Post:     0       ?        
प्राप्त जानकारीअनुसार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को मात्रै ३० करोड रुपैयाँको सम्पत्ति देखिएको अनुसन्धानले पुष्टि गरेको छ। जुन सम्पत्तिमा छोरा प्रकाश दाहालका नाममा कपन, मातातीर्थ, पोखरा, चितवनलगायतका ठाउँमा रहेको जग्गा समावेश छैन। व्यापारी अजय सुमार्गीका नाममा नयाँबानेश्वर चोकमा अवस्थित निर्माणाधीन १८ तले 'मुक्ति टावर' पनि समावेश छैन। यसैगरी, माओवादी पार्टीभित्र दोस्रो धनी व्यक्तिका रूपमा हिसिला यमी देखिएकी छन्। उनको सम्पत्ति सात करोड रुपैयाँ बराबरको भएको फेला परेको छ। नेपाल वायुसेवा निगमका सुगतरत्न कंसाकार नियुक्ति हुनु अगाडिकै सम्पत्ति हो त्यो। कंसाकारले बुझाएको पाँच करोड रुपैयाँ यमीले कहाँ लगानी गरिन् भन्ने कुरा हालसम्मको अनुसन्धानले पत्ता लगाउन सकेको छैन। तेस्रो धनी नेताका रूपमा राम कार्की देखिएका छन्। भारत सरकारको सहसचिवमा कार्यरत उनकी श्रीमतीको मात्रै पाँच करोड भारु भन्दा बढी सम्पत्ति फेला परेको छ। यसैगरी, चौथो धनी नेताका रूपमा पम्फा भुसाल देखिएकी छन्। उनको चार करोड रुपैयाँ बराबरको सम्पत्ति फेला परेको छ। जुन सम्पत्ति उनी मन्त्री हुनुभन्दा पहिले नै आर्जन भइसकेको देखिएको छ। भौतिक योजना तथा निर्माणमन्त्री बनाइएका टोपबहादुर रायमाझीले निजी विद्यालय एवं घरजग्गामा चार करोड रुपैयाँभन्दा बढी लगानी गरेको देखिएको छ भने अग्नि सापकोटा र रामबहादुर थापा 'बादल' ले काठमाडौं, चितवन र पोखरामा घरजग्गामा संयुक्त रूपमा चार करोड रुपैयाँ लगानी गरेको भेटिएको छ। यसैगरी, हितमान शाक्यको बैंक ब्यालेन्स मात्रै ८० लाख रुपैयाँ रहेको बताइएको छ भने दीनानाथ शर्माले एक निजी टेलिभिजनमा ५० लाख लगानी गरेको भेटिएको छ। सबैभन्दा कमजोर आर्थिक स्थिति भएको भनिएकी उमा भुजेलको पनि एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति भेटिएको छ। जनार्दन शर्मा, शालिकराम जमरकट्टेल, गणेशमान पुन, चन्द्रबहादुर थापालगायत एक सयभन्दा बढी वाईसीएल नेताहरूले १० करोडभन्दा बढी आर्जन गरेको भेटिएको छ। तर जति अनुसन्धान गर्दा पनि हालसम्म उक्त निकायले मोहन वैद्य 'किरण'को र नेत्रविक्रम चन्द व्यक्तिगत सम्पत्ति कति पनि फेला पार्नसकेको छैन।
 source: weeklynepal
Read Full Discussion Thread for this article