Posted by: The Real Patriot April 18, 2011
भरत मोहन अधिकारि को पिपली लाइफ
Login in to Rate this Post:     0       ?        
काठमाडौं, वैशाख ६ (नागरिक) - सरकारले पूर्णकालीन ऊर्जामन्त्रीले पद वहाली नगर्दै विद्युत प्राधिकरणको सञ्चालक समिति विघटन गरेको छ। गत साता अमेरिका उड्नु अघि उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले प्राधिकरणको सञ्चालक समिति भंग गर्दै सञ्चालक समितिमा रहेका चार जनालाई हटाएर आफ्नो नाता पर्ने सुजित आचार्यलाई मात्र ल्याएका छन्।  ऊर्जामन्त्री घोषित गोकर्ण विष्ट उपचाररत छन्। अधिकारीको चाहनामा सञ्चालक समितिका सदस्य बनाइएका आचार्य हाइड्रोपावर उद्यमी हुन्।सञ्चालक समितिमा सरकारले नियुक्ति गरेका सदस्यहरु आनन्द बतास, मुकेशराज काफ्ले र लेखमानसिंह भण्डारीलाई हटाइएको छ। साढे दुई महिनादेखि प्राधिकरण सञ्चालक समितिको बैठक बस्न सकेको छैन।
Read Full Discussion Thread for this article