Posted by: Jhilka April 18, 2011
NRN Thieves Welcome Bharate / Nepalese Protest
Login in to Rate this Post:     0       ?        
इन्टरनेशनल प्रोटोकोल सोटोकल त हैन, सोफामा विराजमान भएर फेसबुकका लागि फोटु खिचाउन उन्मत्त सज्जनगणले र खिच्ने कारिगरले पनि हाम्रो देशको  राजदुतको हैसियत उँहालाई पनि सोफामा राख्ने शिष्टाचार देखाएको भए के बित्दो थियो होला र? थाहा पाएकै कुरो हो,पछि वाट बरु फोटोशप प्रयोग गरेर आतुर, काकाकुल र फोटो उन्मत्त सज्जनले आफुलाई जँहा बिछ्याउन मनपर्छ त्यही पसारे पनि भो|

देशमा भ्रस्टचारमा हाहाकार मच्चाएका मन्त्रि आउँदा एन आर एन भन्ने संस्थाले किन भेट्न गयो त्यो पनि खुलासा गर्न पर्यो र के कुराकानी भयो 
सबैलाई जानकारी गराउन पर्छ| नत्र भने एन आर एन को रुमलिएको छबी अझ धुमुलिएर जानेछ| पाइने भयो तेसभे दोहोरी नागरिकता भरत मोहन वाट?  
दोहरो बोली र घुमाउरो भाका हुनेहरुले दुई हातमा लड्डु लिन मन्त्रीका दर्शन गरेका हुन्| किन चाहियो दोहरो नागरिकता यार?  चाइने कुरो पो माग्नपर्छ| नेपालका दुइमुखे चौमुखे नेताहरु जो पनि अम्रिका पुगेर जे को पनि आस्वासन दिंदा हुन्| खै ल सुनम त नेपालमा एनआरएनले घर बनाएर आफै बस्नु र विदेशीलाई भाडामा दिनु बाहेक कतिवटा फ्याक्ट्री खोलेर कतिजनालाई रोजगारी दिएको छ? जिरो|  

नेपालमा कानुनले तोकेको भरि जग्गा खरिद गर्न, लगानी गर्न र आवत जावत र बस्नका लागि नेपालका पुर्ब राहदानी वाहक र उनीहरुका छोरा छोरी संतालाई  बिना रोकतोक संधैलाई भिसा दिए पुग्ने हो|  के को तात्तो न छारो दौडेर स्वार्थ मन्त्रिलाई भेट्न जानपरने? बिदेशमा बसेर शिक्षा, जाँगर, अनुभव र नाउँ कमाएका भन्नेहरुले समेत यो हैसियत राखे पछि देश भित्रकाहरुले काम लिन वाध्य भएर चाप्लुसीमा वाच्न परेको बुझिदिन पर्छ|  
  
Read Full Discussion Thread for this article