Posted by: ramubro April 18, 2011
रुप बेच्ने सानु
Login in to Rate this Post:     1       ?         Liked by
 
 

   आफ्नै  रूप किन  बेच्न थाल्यौ  सानु

 पैसामै आफ्नो ज्यान किन फाल्यौ सानु 

 

दु:ख गरे  जिन्दगीमा नहुने  के पो  छ र

 झट्टै धनी हुने  रहर किन फाल्यौ  पाल्यौ सानु

 

प्वाल  परेको डुंगामा किन खुट्टा हाल्यौ  सानु 

आँफैलाई बेचेर किन गरीबिलाई टाल्यौ  सानु

 

 गरीबिलाइ   होइन अब कालले पो जित्ने भो

 सजिलो छ काम भन्दै  किन पाइला चाल्यौ सानु

 

 धनको  आगोमा किन आफैलाई बाल्यौ सानु 

अमुल्य यो जिबन किन त्यसै फाल्यौ  सानु  .  

For more poems visit this link; rameshwarpoudel.blogspot.com

Read Full Discussion Thread for this article