Posted by: timi_mero_sathi April 17, 2011
ल हेर्नुस नेपालीको रगत चुस्ने ...NEPALI VAMPIRES!!!!
Login in to Rate this Post:     0       ?        


एक अर्ब ठगीमा शंकर गु्रप

काठमाडौं। नक्कली भ्याट बिल छापेर राजस्व छली गर्नेलाई नक्कली नोटको कारोबारी सरह कारवाही गर्न दबाब बढिरहेका बेला केही राजस्वमारा व्यापारीहरु भने खुल्लेआम हिंडिरहेका छन्। नक्कली भ्याट बिल र राजस्व छली प्रकरणमा एक नम्बरमा रहेको शंकर गु्रपले नक्कली भ्याट बिल प्रयोग गरी ८३ करोड ७४ लाख रुपैयाँ राजस्व मारेको प्रमाण लेखासमितिमा पुगेको समाचार प्रकाशमा आएको छ। शंकर गु्रपका बिभिन्न ३७ कम्पनीमार्फत् कारोबार भइरहेको र करीव एक अर्ब राजस्व छली गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। निर्माण सामग्री, सेन्थेटिक, टेक्सटाइल्स, खाद्यान्न, अटोमोबाइल्स सर्भिस एण्ड टे्रड लगायतका सात प्रकारका कारोबार गरिरहेको शंकर गुप्रले नक्कली भ्याट बिल छापेर राजस्व छली गरेको विवरण अर्थबाट लेखामा पुगेको हो। करीव ६ मिलियन अमेरिकी डलर अर्थात् २७०० करोड रुपैयाँ कारोबार गर्ने र १० हजार मानिसलाई रोजगारी दिने यो समूहले राजस्व छल्नका लागि नक्कली भ्याट बिलको सहारा लिएको हो। जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक, जगदम्बा स्पिनिङ, अम्बे सिमेन्ट लगायतका कम्पनी यही समूहबाट संचालित छन्।
Read Full Discussion Thread for this article