Posted by: prabhat41 April 17, 2011
नया बर्ष
Login in to Rate this Post:     0       ?        

नया बर्ष
--------
भित्ते पात्रो नै ,अईना बनेको छ ,
तोडिएका कसम हरु ,
जानी न जानी भएका भूलहरू ,
आफ्नो अक्ष्यमता ,
तिम्रो लाचारीपना ,
सबैको दस्ताबेज ,
ठिंग भित्तामा उभिरहेको ,
नकचरो नै भन्नु पर्छ ,
आफु पनि नाङ्गो उभिएको छ |
अरुलाई पनि नंगाउँन उद्दत छ |

नया बर्ष !!,नया सिराबाट चल्ने बाचा गर्दै ,
एक हुल हिजडाले कसम खाए ,
जड्याहा ले सपथ लियो ,
सिंहदरबार छिरेका नब सामन्त हरु ,
फेरी संबिधान बनाउने बाचा गर्दैछन ,
जनता रत्नपार्क मा बदाम खादैछ ,
रानीपोखरीको माछा हेर्दैछ ,
घोडेजात्रा ,गाइजात्रा ,
येस्पाली आफ्नै जात्रा मनाउनु पर्ला जस्तो छ |
नया बर्ष !!
भित्तासम्म आयो ,
पुरानो बर्ष ,
भित्ता बाटै गयो |

 

Read Full Discussion Thread for this article