Posted by: _____ April 15, 2011
वीरेन्द्रलाई पहिल्यै मार्न प्रधानसेनापति खटिएका थिए
Login in to Rate this Post:     0       ?        

वीरेन्द्रलाई पहिल्यै मार्न प्रधानसेनापति खटिएका थिए

चन्द्रकान्त ँउदास

इतिहास अनुसार नेपालका राजाहरूमा मानदेवले आफ्नै बुबाको हत्या गरेका थिए । त्यसपछि राजा पृथ्वीनारायण शाहको पनि हत्या भएको थियो । तर, पृथ्वीनारायणको हत्या शत्रुबाट नभई बाघले गरेको थियो । पर्ूवमा लिम्बुवान कब्जा गरेर आएका पृथ्वीनारायणले सैनिकहरूलाई नारायणी नदी ज“घार तराएर गलेर लखतरान परि चितवनको देवघाटस्थित ढुङ्गामा सुतेका थिए । त्यसैबेला बाघको आक्रमणमा परि उनको निधन भएको कुरा योगी नरहरिनाथले उल्लेख गरेका छन् । पछि उनका हाडखोर काठमाडौं ल्याएर बागमतिमा दाहसंस्कार गरिएको कुराले पनि यसको पुष्टि गर्छ । तर उनको अस्वाभाविक मृत्युको कुरालाई पनि नेपालको इतिहासबाट मेटाउने प्रयास गरिएको छ ।

राजा महेन्द्रको हत्या विदेशी अर्थात् भारतीय जासुसहहरूले गरेको देखिन्छ । एकथरि इतिहासकारहरूका अनुसार त्यसबेला राजा महेन्द्र माओत्सेतुङको निम्तोमा चीन भ्रमणमा जाने तयार भैरहेको थियो । चीन जानुअघि उनी केही दिन आराम गर्न तथा शिकार खेल्न चितवन गएका थिए । त्यसैबेला हृदयघात भएर उनको मृत्यु भएको पहिलो हल्ला भारतीय दुताबासले फैलाएको थियो, जसरी नारायहिटी दरबारहत्याकाण्डमा दीपेन्द्रको संलग्नतालाई भारतीय सञ्चारमाध्यमले नै र्सवप्रथम प्रचार गरेका हुन् । यसरी राजा महेन्द्रको हत्या गर्नुका पछाडि चीनस“ग उनले बढाइरहेको कुटनीतिक तथा सैन्य सम्बन्ध नै रहेको विज्ञहरू उल्लेख गर्छन् । तत्कालीन नेपाल सरकारले बाध्यतामा परेर भारतीय दुताबासले महेन्द्रको मृत्युलाई जसरी प्रचार गर्‍यो, त्यसैलाई सही मानिएको जानकारहरूको विश्लेषण पाइन्छ ।

राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भनेर प्रस्ताव राख्नासाथ भारतले विरोध गरेको थियो । २०३६ सालमा नेपाली सेनाका तत्कालीन सेनापति गुणशमशेर राणालाई प्रयोग गरेर वीरेन्द्रलाई मार्ने योजना पनि भारतले नै बनाएको थियो भन्ने कुरा विभिन्न सञ्चारमाध्यमहरूमा चर्चामा आइसकेको छ । चिनिया“ जासुसले यो खवर राजा वीरेन्द्रलाई दिएपछि गुणशमशेरलाई पोखरास्थित फुलबारी ब्यारेकमा लगेर थुनिएको थियो । फेरि चिनिया“हरूले नै राजा वीरेन्द्रलाई भारतस“ग मिल्न सुझाव दिएका थिए । अनि चीनकै आग्रहमा वीरेन्द्रले गुणशमशेरलाई चीनका लागि नेपाली राजदूत बनाएर पठाएका थिए ।

राजा वीरेन्द्रलाई मार्न भारतले २०४२ सालमा पनि षड्यन्त्र रचेको चर्चा सञ्चारमाध्यमहरूमा धेरै पटक आइसकेको छ । राजदरबार र सिंहदरबारमा त्यसबेला भएको बमकाण्डको भित्री आसय त्यही रहेको बुझिन्छ । तर भारतीय जासुसहरूकै कमजोरीले उक्त अभियान सफल भएको थिएन । त्यस्तै नेपालले चीनबाट २०४५ सालमा एन्टिएअर क्राफ्ट गन ल्याएपछि वीरेन्द्रलाई जसरी पनि सिध्याउन भारतीयहरू लागेको सैनिक स्रोतले उल्लेख गर्दै भन्यो( 'भुटानबाट भाडाका नेपाली ल्याइयो । २०४६ सालको आन्दोलनमा ती भाडाका भुटानीलाई वीरेन्द्रको हत्या गर्न खटाइएको थियो । तर, पा“च सयभन्दा बेसी भुटानीको हत्या नेपाली सेनाले गर्‍यो । जबकी २०४६ सालको आन्दोलनमा ४३ जना नेपालीको मात्रै मृत्यु भएको प्रमाणित भयो । दरबारमार्गमा मेरका पा“चसय भन्दाबेसी नेपाली अनुहारहरू को थिए भनेर स्वतः पुष्टि हुन्छ ।'

भारतको सबैभन्दा डरलाग्दो षड्यन्त्र अहिले देखिन थालेको छ, किनकी अहिलेको सरकार राष्ट्रवादी भएको र यसलाई काम गर्न नदिने भारतको चाहना रहेको प्रष्ट छ । अहिले तर्राईमा भइरहेका बम बिस्फोटहरूका घटना यसकै उदाहरण हुन् । एक नेताको भनाईमा पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री ज्योति बसुस“ग नझुकेकैले गर्दा मदन भण्डारीको हत्या भयो । अहिले भारतस“ग झुक्न नचाहने नेताहरूको जीवन पनि सुरक्षाको दृष्टिले खतरनाक रहेको प्रष्ट हुन्छ । राजा महेन्द्रदेखि मदन भण्डारीलाई समेत सिध्याउने रणनीति रहेको भारतले नेपालका सबै देशभक्त नेताहरूलाई 'टार्गेट'मा राखेको हुन सक्ने कुरा अनुमान मात्र अवश्य नहोला †

विवेक शाहको पुस्तक मैले देखेको राजदरबारले पनि धेरै कुरा खोलेको छ । उनले अमेरिकालाई बचाएर लेखे पनि दरबारहत्याकाण्डमा भारतको संलग्नता प्रष्ट खुलाएका छन् । जानकारहरूका अनुसार शाह अमेरिकी लवीका थिए र दरबारहत्याकाण्डमा भारत र अमेरिकाको संयुक्त हात थियो । नेपाललाई जातीय संघीयतामा लगि चीनविरुद्धको अभियानका लागि भारत र अमेरिकालाई राजा वीरेन्द्रको हत्या गर्नैपर्ने थियो । पहिलाको खम्पा ब्रि्रोहमा पनि राजा वीरेन्द्रले अमेरिका र भारतको संयुक्त अभियानलाई पूरा हुन दिएका थिएनन् । क्रमशः

माओवादीको रूपान्तरण एजेण्डामा अरू दलहरू आए चुनावबाटै क्रान्ति सम्भव छ

- कृष्णप्रसाद आचार्य, उद्योगपति, व्यवसायी तथा समाजसेवी

वास्तवमा जनयुद्ध एउटा गतिमा अगाडि बढिरहेको थियो । सिंगो देश जनयुद्धमा लागेर जागेको अवस्था थियो । म त एउटा क्रान्तिप्रतिको शुभचिन्तक मात्र थिए“ । जनयुद्धको प्रभावमा परेर देशभरका जाली(फटाहाहरू सहर केन्द्रित भएका समाचारहरू सुन्दा सा“च्चिकै माओवादीले चीनमा माओले अपनाएकै रणनीति जनयुद्धमा अपनाएछ भन्ने मनमा तरङ्ग पैदा हुन्थे । र, आफू पनि क्रान्तिमैं होमिएको अनुभूति गर्न पुग्थे“ । म र्समर्थकमा त क्रान्तिप्रति त्यस्तो सोच र हौसला थियो भने झन् बन्दुक बोकेर मैदानमा लडिरहेका जनसेनाले ब्यारेकहरू कब्जा गर्दा कस्तो अनुभूति गर्थे होलान् भन्ने लाग्थ्यो ।

कुनै(कुनैबेला भने म शसंकित पनि नभएको होइन । केही पत्रपत्रिकाहरू माओवादीको हेडक्वार्टर भनेकै निर्मल निवास हो भनेर लेख्थे । यहा“सम्मकी एमालेका निकैजसो वरिष्ठ नेताहरू माओवादी दरबारपरस्त रहेको भन्दै र्सार्वजनिक मञ्चहरूमा भाषण गर्दै हि“ड्थे । मैले कतिपय यस्ता वामपन्थी साथीहरू पनि भटेको थिए“, जो प्रचण्ड भनेकै ज्ञानेन्द्र हुन् भन्थे भने कोही(कोही पद्मरत्न तुलाधर होलान् भन्थे ।

यस्ता कुराहरूको आधिकारिक खण्ड माओवादी पार्टर्ीी मुखपत्रहरूबाट नआउ“दा कताकता नमज्जा लाग्थ्यो । प्रचण्ड भनेका पद्मरत्न हुन् कि पुष्पकमल भन्ने मलाई राम्रो जानकारी थियो । वास्तवमा यो तत्कालीन सरकार पक्षीय सञ्चारमाध्यहरूको गोयवल्स शैलीको प्रचार थियो ।

चुनवाङ बैठकअघिसम्म पार्टर्ीीेतृत्वमा एक किसिमको उतारचढावले उग्रता लिइरहेको थियो । युद्ध मैदानमा खटिएका जनसेनालाई त्यसबारे थाहा हुने कुरै भएन किनकी पार्टर्ीीे गोप्यताको हद् उच्च थियो । म द्वन्द्व भइरहेका स्थानहरूमा गएको थिइन“ । तै पनि सहरमा संगठनको विस्तार गरिरहेका पार्टर्ीी साथीहरूबाट धेरै कुरा थाहा पाउ“थे । म यहा“ चुनवाङ बैठकको अघि पार्टर्ीीत्र बढिरहेको उतारचढावमा बारेमा कुरा गर्दैथिए“ । राजा वीरेन्द्र नै राजा हु“दाको कुरा हो । एक मित्रले के भन्नुभयो भने पार्टर्ीीत्र अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा.बाबुरामबीच अन्तरसंर्घष्ा चुलिएर यो हदसम्म पुगेको छ कि धेरै नेताहरू विभाजित मानशिकतामा छन् । प्रचण्डजी र बैद्यजीहरू बाबुरामजीलाई भारतपन्थीको कित्तामा राखेर कार्वाही गर्ने तहसम्म ओर्लिसकेका छन् । उता बाबुरामजीहरू प्रचण्डजीलाई सिधै दरबारियाको आरोप लगाइरहनुभएको छ । एउटा आमूल परिवर्तनको लक्ष लिएर सामाजिक परिवर्तनका लागि सशस्त्र युद्धमा होमिएको र जनताको उर्ललो साथ पाइरहेको क्रान्तिकारी पार्टर्ीीे नेतृत्व तहमै आरोप(प्रत्यारोपको हद यहा“सम्म आइपुगेको सुन्दा कति नरमाइलो लाग्थ्यो म भनेर म शब्दमा व्यक्त गर्न सक्तिन । अत्यासलाग्दो निरासाले सताउ“थ्यो । क्रान्तिको पतन हुन्छ कि भनेर चिन्ता लाग्थ्यो । जनयुद्धमा जीवन वलिदान दिइरहेका योद्धाहरूको रगतको मूल्य के होला भन्ने अनुभव हुन्थ्यो ।

एकपटक एकजना मित्रले बाबुरामजीलाई पार्टर्ीीे नेतृत्वमात्र होइन साधारण सदस्यबाट पनि निस्कासन गरेर पार्टर्ीी श्रम शिविरमा पठायो भन्ने सुने“ । अर्को एक साथीबाट गोपाल किरा“तीले बाबुरामजीलाई भौतिक सफाया गर्नुपर्छ भन्ने माग पार्टर्ीीेडक्वार्टरमा राखेको भन्ने पनि सुने“ । यस्ता खवरहरूले मलाई साह्रै चिन्तित पार्थे । हुन म व्यवसायिक व्यक्ति भएर पनि होला, पार्टर्ीीग शुभचिन्तक र सहयोगीको सम्बन्धमात्र थियो । म आफ्नो काममा पनि उत्तिकै व्यस्त हुन्थे“ । यो व्यवसायिक व्यस्तता अहिले पनि जारी छ । एउटा कलिलो उमेरबाट मैले कम्युनिष्ट व्यवस्थामा मात्रै समाजका सबै समान हुन्छन् भन्ने सुनेर कम्युनिष्ट पार्टर्ीी प्रवेश गरेको थियो । विस्तारै आफू आवद्ध पार्टर्ीी सत्ता स्वार्थमा मात्र केन्द्रित रहेको पाएपछि अन्तिममा वर्गीय समानताको आशा माओवादीबाट मात्रै सम्भव भन्ने बुझेर सहयोगी र शुभचिन्तकको हैसियतमा सम्बन्ध गा“सिरहेको थिए“ । जुन दिनदेखि मेरो आत्मिय सम्बन्ध माओवादीप्रति बढिरहेको थियो, स“गस“गै जनयुद्धको उचाइ पनि बढिरहेका थियो । क्रान्ति जसरी पनि माओवादीले सम्पन्न गरेरै छाड्नेछ भन्ने मेरो विश्लेषण थियो । र, पार्टर्ीीे पकड देशब्यापी बनिरहेको अवस्था थियो । त्यस्तो अवस्थामा पार्टर्ीीत्र भीषण द्वन्द्व चलिरहेको छ भन्ने सुन्दा निराशाले हदै नाघ्थ्यो ।

मैले यी हि“जोका निराशाहरूलाई माओवादी नेताहरूको आजको सैद्धान्तिक अडान र राजनीतिक लक्ष्यप्रति देखिएको उदाशिनतास“ग दा“जेको मात्रै हो । अहिले पनि झण्डै(झण्डै चुनवाङ बैठकअघिको अवस्थामा नेतृत्व पुगेको हो कि भन्ने शंका हुन थालेको छ । चुनवाङ बैठकले जसरी माओवादी नेतृत्वमा रहेका प्रमुख नेताहरू प्रचण्ड, डा.बाबुराम र किरणजीबीच एकता गराइदिएको थियो त्यही अवस्थामा पार्टर्ीीझै अगाडि बढ्ने हो भने जनवादी क्रान्तिका लागि उचित मौका यही समय हो । संविधानसभाको निर्वाचनमा जसरी भर्खर जंगलबाट फर्केको अर्थात् खुलारूपमा संगठन विस्तार गर्न थोरैमात्र समय पाएको अवस्था थियो, जनताले आत्मीय विश्वासले माओवादीलाई मत दिएर देशको ठूलो पार्टर्ीीनाइदिए । झन् सबै नेताहरू हातेमालो गरेर एकपल्ट संगठन विस्तारका लागि नेपाल भ्रमण गर्ने हो भने सत्तामा जान माओवादीलाई कुनै वाह्य होस् वा आन्तरिक कुनै पनि पनि शक्तिले सक्नेछैन । सशस्त्र क्रान्तिबाट उठान भएको जनयुद्धले निर्वाचनबाटै पनि सत्ता कब्जा गर्नसक्छ र दर्ुइतिहाई मत अवश्य पाउनेछ । तर, यसका लागि नेताहरूबीचको घोचपेच होइन आत्मीय एकताको अनिवार्यता छ ।

Read Full Discussion Thread for this article